चुनाव

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बिँडै हो वल ती खुडा र खुकुरी कुन्दो छ बन्दूकमा ।
त्यस्तै भोटदिने रहन्छ वलमा सर्वोच्च नेतृत्वमा ।।
कस्ले गर्दछ व्यर्थ मान उसको कामै चलायो गयो ।
हामी चैँ अबुझै बनी हरघडी उफ्रेर के काम भो ।।

गोरूका वलले तनाउछ हलो गुण्डा दियो खानमा ।
घोडा बोक्दछ थाम्छ भार उसले दाना छ सम्मानमा ।।
यो चाला नबुझी बुझेर कतिले व्यर्थै जवानी गयो ।
शक्ती बास बसेपछी मनुज हो शिक्षा विनाकाम भो ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
भयो लाज लाग्दो चली निन्दु सत्ता ।
छ छायाँ अनौठो बली इन्दु सत्ता ।।

दिसा गर्छ ल्वागे पछि देख्छ दैलो ।
कता उठ्न सक्ला ढली हिन्दु सत्ता ।।

सबै घुम्छ फन्को पुरा गर्छ मूर्ख ।
सके भातमारा छली विन्दु सत्ता ।।

 

Continue reading


Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

१) हितोपदेस
वासस्थान छ काचको वरिपरी आफ्ना घरैको तर ।
ढुङ्गा हान्दछ नित्य ऊ रिस गरी अर्काहरूका घर ।।
के होला र भविष्य उज्वल उसै बुझ्दैन त्यो मूर्खले ।
यस्तो सोच लिएर धेर मनुवा पारी तरे जो ढले ।।

आगोका सित खेल्न उत्सुक छ जो उस्कै छ लाहा घर ।
ईर्ष्या पाल्दछ जो मनुष्य उसको उद्योग देखिन्छ र ?
अर्काको बदखाइ वर्णन गरी बढ्दैन उस्को छवी ।
थाक्दैनन् दिनरातको लगनमा पूजा भएका रवि ।।

 

Continue reading


ईच्छा

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

खोले पेट भरी नभेटिइ गयो आशा गरी प्राण यो ।
भो भो पिण्ड म खान्न श्राद्ध रसले पर्दैन गर्नु भयो ।।
नाङ्गो आङ लिएर व्यतित भयो खाँडी न भै ज्यान यो ।
भो भो लाश नढाक तास कपडा पर्दैन लज्जा भयो ।।

तारामण्डल झोपडी कुरिगयो दुःखै गरी जिन्दगी ।
भो भो लाज नपार कब्र गतिलो ढालेर सिँहार्मरी ।।
मैले क्यै सुख दान गर्न नसकी फालेँ पुरै जिन्दगी ।
हे आफन्त नबार व्यर्थ नुन है मेरा पिरैमा बसी ।।

 

Continue reading


राममणिका तीन गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
मनै हुन्छ कप्टी स्वयं नाश हुन्छ ।
बने मूर्ख मान्छे कुशै घाँस हुन्छ ।।

यहा खेत बाझो भएको छ साथी ।
घरै छैन जोत्ने कहा चास हुन्छ ।।

रूदै छट्पटिन्छिन् त नेपाल आमा ।
रहे सास बाकी झिनो आश हुन्छ ।।

 

Continue reading


भक्ती संदेश

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

के को धर्म विना धनै? भजनले भो धर्म आडम्वरी ।
गर्दा दान असक्तमा हृदयले मिल्नेछ सेवा गरी ।।
आमा बाबु समान तिर्थ गतिलो क्यै छैन संसारमा ।
आफ्ना संतति लाँउदा सुपथमा तर्नेछ भू भारमा ।।

कस्तो मंदिर धाउने घर भुली हो उच्च देवालय ।
राम्रो मेलमिलापले घर चले त्यै हुन्छ तिर्थस्थल ।।
सन्ध्यामा सबकाम सक्छ जसले सल्लाह राम्रो गरी ।
आगामी दिनको त काम कुन हो चर्चा मिलेरै गरी ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– ो,

गुणै बाड्न खोज्दा यहा लाख मिल्छ ।
खरावी छ मान्छे कहाँ काख मिल्छ ।।

भयो मान्छे दानी भलो हुन्छ उस्कै ।
बिषैवृक्ष रोपी कहा दाख मिल्छ ।।

असंतोष आत्मा भरी बोक्छ मान्छे ।
स्वयं भिल्ल बन्दा कहा चाख मिल्छ ।।

 

Continue reading


राममणिका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– २,
यहाँ भ्रष्ट मान्छे ठुलो बन्छ खाली ।
यहीँ सत्यवादी धुलो बन्छ खाली ।।

भयो खेत उच्चा नदी फेद पर्दा ।
पुर्याइन्न पानी कुलो बन्छ खाली ।।

न सामान्त सत्ता भएको छ अन्त्य ।
न भै अन्न पानी चुलो बन्छ खाली ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
मिठो हुन्छ भन्दा म चाखेछ बुझ्छु ।
झुकी हिड्छ मान्छे म थाकेछ बुझ्छु ।।

म निस्वार्थ मान्छे ठगी खान्न भन्दा ।
लुकाएर यस्ले नि राखेछ बुझ्छु ।।

नमिल्ने छ कामै मिलायो कसैले ।
बुझाएछ या क्यै त भाकेछ बुझ्छु ।।

 

Continue reading


बोल्नै नसक्ने भऍ

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

मानै भो अपमान भो सहिदको बुझ्नै नसक्नू भयो ।
मारिन्छन् घर भित्र नै रणगरी दर्ता सहिद्मा भयो ।।
जस्ले देश बनाउने प्रणगरी अर्पेर ज्यानै गए ।
त्यस्ता पो कहलाउँथे सहिदमा सम्मानमा पर्दथे ।।

आयो दुष्ट प्रथा सबै धन गयो यो देशको ब्यार्थ भो ।
पार्टी आड लिएर घोषित भए जात्रा नयाँ देखियो ।।
भोको पेट लिएर बस्छ जनता हेर्दैन कोही अहो!
बोल्ने मात्र स्वतंत्रता गरिवले पाएर के अर्थ भो?

 

Continue reading


राममणिका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
लुकाएर खान्छ यहा टार्छ भोक ।
मराएर जान्छ यहा बार्छ शोक ।।

ठुलाका कुरामा परे नित्य साना ।
लुकाएर लान्छ कहा हार्छ लोक ।।

उधो शिर्ष गर्दै परैबाट भाग्छ ।
फकाएर लान्छ जहा मार्छ झोक ।।

 

Continue reading


राममणि अाचार्यका एकजोर गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

बहरबद्ध गजल– १,
उजेलो गयो रात हेरिन्छ साथी ।
यहा भारती मात हेरिन्छ साथी ।।

दशा हो पुरानै पुरानै छ नेता ।
विनासित्तिमा हात हेरिन्छ साथी ।।

कुरा वर्गको भो तरै काम हुन्न ।
सबै काममा जात हेरिन्छ साथी ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

सियो जोड्न फाली कटाइन्छ गम्की ।
विनाकाम ब्यार्थै लगाइन्छ धम्की ।।

वडा बन्छ गा बी स उद्योग भै गो ।
विरोधी भए क्वै कराइन्छ बम्की ।।

यहा भ्रष्टचारी त नामै हरायो ।
लु गंगा जलैले नुहाइन्छ छम्की ।।

 

Continue reading


मौरी पालन

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

मन्को वाञ्छित प्राप्त हुन्न फल खै हार्दैछ भित्री मन ।
मीठो स्वाद छ अमृतै छ रसिलो मौरी गरे पालन ।।
केही घार किनेर ल्याइन गए निर्माण भा’कै कति ।
आफैका घरमा बनाइन गए आधा उधी जे जति ।।

मौरी घार सितै थिए गजवका कर्मी र साना मुना ।
खेती फूल लगाइए वरिपरी बारी बगैँचा कुना ।।
उत्पादन् पनि सप्रियो प्रतिफलै उक्स्यो लगानी छिटो ।
खै के को छल भो अचानक सितै भाले त्यही बढ्न गो ।।

 

Continue reading


घर सल्लाह

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

मेरो ता दिन गो चुनाव तिरको आरक्षणैले मिचो ।
जाऊ है बुढिया सभा तिर तिमी निर्वाचनैले थिचो ।।
मिल्ला नै उपको पदै टिकटमा पर्दैन चिन्ता लिन ।
सत्तामा नपुगी हुदैन अहिले सुध्रिन्न हाम्रो दिन ।।

पार्टीको पदमा म बस्छु छ निधो उम्मेदवारी तिमी ।
दोटै हात छ लड्डु नै किन गरौँ चिन्ता छ दूरै हुने ।।
ब्यापारी सित साँठ गाँठ गरुँला पाखा बसेरै पनि ।
कोसेली सब हात पार्न गतिलो ताना र बाना बनी ।।

 

Continue reading


भक्ति सन्देश

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

हे योगी कति बस्दछौ मठ ढुकी खोज्दै तिमी ईश्वर?
यस्तो चाल गरेर मिल्न कठिनै देखिन्छ सच्चा वर ।।
के बस्थे कलिमा ढुकेर भगवान् थोत्रे भयो मन्दिर ।
अड्डासार भएर आसित छ रे पार्टी घरैमा स्थिर ।।

योगी बन्न त राजनीति गरिने पेशा कहा हुन्छ र?
योगी भैकन राजनीति गरिए मिल्नेछ इच्छित् फल ।।
भो भो किर्तन छाड लाग हुल भै डिस्को जता चल्दछ ।
पार्टी खोल नयाँ र भाषण गरे मिल्ला छिटै ईश्वर ।।

 

Continue reading


गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

खराऊ उतैको पुँजी चल्छ सत्ता ।
मराऊ उतैको बुझी चल्छ सत्ता ।।

छिमेकी सिमाना मिचेको मिचेकै ।
भिजेको मुसो झैँ रुझी चल्छ सत्ता ।।

अविश्वासको बाँध थप्दैछ पार्टी ।
यहा आफ्नु आफ्नै जुधी चल्छ सत्ता ।।

 

Continue reading


२०७४ सालको राशी फल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

धेरै वर्ष कुरेर ब्यातित भए आयौन कैल्यै किन?
आयो बल्ल चुनाव गाँउ तिरको सुध्रेछ मेरो दिन ।।
खाट्टी नोट लिएर गाँउ घरमा मान्छे किनाइन्छ है ।
रक्सी मासु अघाउजी करगरी सक्दो पिलाइन्छ है ।।

सक्दो जोड गरिन्छ माथि तिर गै उम्मेदवारी लिन ।
यस्पाली त चुनाव जित्न सहजै छाडिन्छ मौका किन?
पर्ला नोट र कोट जे जति कुरा खर्चेर छाडिन्छ है ।
जित्नै पर्छ जसै गरेर पछि ता गम्केर फाँडिन्छ है ।।

 

Continue reading


बहरबद्ध गजल

Ram, Mani, Acharya, राममणि आचार्य, पल्लव

राममणि आचार्य

लुकाएर खान्छ यहा टार्छ भोक ।
मराएर जान्छ यहा बार्छ शोक ।।

ठुलाका कुरामा परे नित्य साना ।
लुकाएर लान्छ कहा हार्छ लोक ।।

उधो शिर्ष गर्दै परैबाट भाग्छ ।
फकाएर लान्छ जहा मार्छ झोक ।।

 

Continue reading