निरोगिताका सूत्रहरूः

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

भन्छन् डाक्टर यी कुरा सहज हे!लेख्दैछु मैले यहाँ!
बन्छन् देह कसोरि स्वस्थ मन यो,भन्दैछु मैले यहाँ!!
पानी आठ गिलास,साग दिनकै सल्लाद खानू अरे
यौटा ग्लास भरेर कागति जलै,लौ प्रात प्यूनू अरे ।

चल्दो मौसममा हुने फलहरू,गर्नू अरे सेवन!
घाँटी क्याप्प चिसो हुने किसिमको,पानी नप्यूं है जन!!
चीया हुन्न कफी अधीक पिउनू,टूसा उमारीकन
अन्नै बीज सदैव खान्छ जसले,सप्रन्छ लौ जीवन !!

 

Continue reading


बहरबद्ध गजल

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

म जो हुँ उही हुँ,नाउँ छैन अर्को!!
र जो हुँ,म यैं हुँ,ठाउँ छैन अर्को!!

बसेको छु झुप्रो,यो हो रामचन्द्र!
घिमीरे थरी हुँ,साउँ छैन अर्को!!

पिता श्याम शास्त्री,माता हुन् त राधा
भए पाँच् म चौथो,धाउँ छैन अर्को

 

Continue reading


गजल

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

लेखनी भावना लेख्छ,पढ्छन् पाठक के कति
अगाडि कविता रोजी,पढ्छन् सारक के कति ।

कविता भावना नै हो,पुञ्ज हो चेतना यही
काव्य सस्ता बने लौ न!पढ्छन् मानक के कति ।

टुकु टुकु नयाँ मान्छे,हिन्छन् यो फाँटमा डुली
मै हूँ अब्बल लौ भन्छन् पढ्छन् बालक के कति ।

 

Continue reading


बहरबद्ध गजल

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

पुगेको छ इच्छा,सबै धर्मले हो
भएको भरोसा,सबै कर्मले हो

चिताऊ तिमीले,त पूरा हुनेछ
र आशा बुनेको सबै कर्मले हो

सिढीं चढ्न जाने,सुविस्ता हुनेछ
नजाने त झर्ने,सबै कर्मले हो

 

Continue reading


बहरबद्ध गजल

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

फटाहा मलाई त नामी बनायौ
छु केही नजान्ने लु दामी बनायौ

टिलिक्कै छु बोक्रो,भएको छु खोक्रो
अँधेरो चिनेछौ र छामी बनायौ

छु औजार चिन्ने,चलेकै छ नाउँ
लुकेको छ आरन्, र डामी बनायौ

 

Continue reading


बहरबद्ध गजल…..

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

खनेको छ बाटो,हिलो भो असाध्यै
र लड्ने छ चिप्लो,गिलो भोअसाध्यै

म हिन्दै छु,मार्गै छ सारै निकम्मा
नहोला डरै जो,किलो भो असाध्यै

नगुम्से ठिकै हुन्छ, पाइन्ट भित्र
टटाएर दुख्ने पिलो भो असाध्यै

 

Continue reading


आफ्नो धर्ममहाँ अडी नरहने,मान्छे कहाँ गै गयो ?

Ram, Chandra, Ghimire, रारामचन्द्र घिमिरे, pallawa, पल्लव

रामचन्द्र घिमिरे

पृथ्वी सृष्टि भयो,पूरा समयमा,संसार बन्दै गयो!
आफ्ना खास कुरा गरेर मनुवा,संसार बढ्दै गयो!!
डंफू मात्र बजाउने,सठ हुने,मान्छे यहाँ के भयो ?
आफ्नो धर्ममहाँ अडी नरहने मान्छे कहाँ गै गयो?

अर्काको धनमा,शरीर तनमा,आँखा लगाईकन
मिठ्याई मुखले असाध्य ननिको,ढाँचा बनाईकन
हिड्ने मात्र लुटेर नित्य रहने,मान्छे यहाँ के भयो?
आफ्नो धर्ममहाँ अडी नरहने,मान्छे कहाँ गै गयो ?

 

Continue reading