राधा भुजेल का केही मुक्तकहरूः

Radha, Bhusal, राधा भुजेल, pallawa, पल्लव

राधा भुजेल

म त आजकल रमाएकी छु महफिलमा आएर
गाउँ छोडेर स्वार्थि शहरको झिलमिलमा आएर
बिच सफर सम्म ल्याई तिमीले मलाई छोडेपछि
तड्पि तड्पि बाँचेकोछु झन मुस्किलमा आएर ।

उनको शहरमा आईपुगेँ भेट हुन पाईन
भेट नभएपछि उनिसङ्गै बसेर रुन पाईन
मनमा गुनासो केही राख्दिन भन्दा पनि
आत्तिएको मनले उनको दिल छुन पाईन ।

 

Continue reading


गजल

Radha, Bhusal, राधा भुजेल, pallawa, पल्लव

राधा भुजेल

मान्छे भर्इ जन्मिएर एकदिन मर्नु पर्ने रै’छ
बाँचुन्जेल नै जिन्दगीमा संघर्ष गर्नु पर्ने रै’छ

जिन्दगीमा प्रेमरूपी गहिरार्इमा पुग्न खोज्नेभए
यो दिलको बगैंचामा प्रेमको बीज छर्नु पर्ने रै’छ

आफ्नो दु:ख आफैँलाई नै जानकारी हुन्छ साथी
दुनियाँको सामुन्यमा झुठो मुस्कान भर्नु पर्ने रै’छ

 

Continue reading