झुक्किए पछि के लाग्छ र ?

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

टुप्पोबाट फेदी झर्दै हजुर झुक्किनुभो
मलाई नमस्कार गर्दै हजुर झुक्किनुभो

को भनेर हात जोड्नुभो लजाउनुभो आफै
हिंड्नु भयो आँखा तर्दै हजुर झुक्किनुभो

नयाँ पार्टी खोल्नु भयो पार्टी प्रमुख बन्न
दोब्रिनुभो एक्लो पर्दै हजुर झुक्किनुभो

 

Continue reading


गजल

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

आफ्नो तौल थाहा छ मलाई जोख्ने कष्ट नगर्नु होस
आफै उभिन सक्छु, मलाई बोक्ने कष्ट नगर्नु होस

बिक्री हुनु छैन मलाई प्रलोभनको शिकार भई
वस्तु सम्झी दर भाउ मूल्य त‍ोक्ने कष्ट नगर्नु होस

सत्य जे हो भन्छु लेख्छु चाहे मिलोस सजाय नै
नबोल भनी मुखमा चुकुल ठोक्ने कष्ट नगर्नु होस

 

Continue reading


राजेन्द्र घायलका समय सापेक्षित मुक्तकहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

राप्ती साहित्य समाज अब जाग्न थाल्यो
साहित्यको श्रीवृद्धिमा खूब लाग्न थाल्यो
गिरिराजको कृति गजल सुधाको जन्म भो
पाठकहरुको राय र प्रेरणा माग्न थाल्यो ।।

नाम चलेका र कहलिएकाकै पिछलग्गू भएपछि
मालिक मान्ने र दास भावना मन भित्र रहेपछि
अर्जेन्टिना,स्पेन र ब्राजील भनी धेरैले फुइँ लगाए
जिब्रो काढे क्र‍ोशीया र फ्रान्स फाइनलमा गएपछि ।

 

Continue reading


राजेन्द्र घायलका मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

इमानदार कर्मचारीका ओठमा परे कलेटी
भ्रष्ट कर्मचारीहरूले त जोडे घर र घडेरी
दाम कमाउनेहरूकै सम्मान र चल्छ नाम
इमानहरूलाई सधैं पाखा लाउँछन घचेडी ।

इमानदार कर्मचारीका ओँठमा परे कलेटी
भ्रष्ट कर्मचारीहरूले त जोडे घर र घडेरी
दाम कमाउनेहरूकै सम्मान र चल्छ नाम
इमानहरूलाई सधैं पाखा लाउँछन घचेडी ।

 

Continue reading


बेताल

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

मनोमानी उम्र्यो अनियमितताको फल फल्यो
मुनाफामै आँखा नियम विधि वा पद्धति ढल्यो
न बोलीको टुङ्गो न त छ जनविश्वास गहिरो
गएका छन् साह्रै जनमनविषे आज पहिरो

म नै सर्वेसर्वा अरु सकल हुन् झ्याँस सरिका
कुरा मेरै, राम्रो मसित छ, निकै तौर तरिका
अहो ऐले यस्तै हठ छ जनमा तीव्र अति नै
बडो जान्ने बन्छन् मनभर अहं डाह छ निकै

 

Continue reading


कृषक

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

माटोकै अर्सा माटोकै रोटी माटोकै कसार
हिलोको हलुवा लिएर पुवा आइपुग्यो असार
मगमग चल्यो हिलोको बास्ना बेसरी तान्यो मन
हिलैमा टल्क्यो जीवनको छायाँ जीवित मानवपन

हरियो बीऊ रोपेर असार गाउँदैछ मङ्गलगान
यी रित्ता गरा भई हराभरा झुल्नेँछन बाला धान
रोपेर मुठी मुरीका मुरी भित्र्याउने धोको छ
किसानी तिम्रा पसिना धारा परिश्रम चोखो छ

 

Continue reading


बौलाउँ क्यारे म त

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

जे जे भन्छु भन्यो हुँदैन नभनेस् भन्दै कराउँछ क्वै
यो यो बोल्नु भनी दफा उपदफा लेखी अह्राउँछ क्वै
खोली यो मुख बोल्न खोज्छु तर क्वै हप्काउँदै उँछ
साँचो बोल्नु थियो असह्य हुन गो बौलाउँ क्यारे म त

ओढ्दा इज्जत खोल ब्यर्थ मनका साँचा कुरा गुम्सिए
बोल् बोल् लौ न भनेर ती विषयले उत्पात सास्ती दिए
बोल्ने जो अधिकार छैन तिनले पोली रहे भत्भत
चिच्याईकन सत्य पोख्न मन भो बौलाउँ क्यारे म त

 

Continue reading


राजेन्द्र घायलका केही मुक्तकीय टुक्राहरूः

Rajendra, Siluwal, Ghayal, राजेन्द्र घायल, pallawa, पल्लव

राजेन्द्र घायल

हामीहरू कहिल्यै जुट्न सकेनौ
त्यही भएर माथि उठ्न सकेनौ
पट्पटी चर्की फुट्यौं धाँजा फाटेर
एकताको मूल भै फुट्न सकेनौ ।

धेरै पछि बन्द हुँदा लाग्यो चाड आए जस्तो
थकीत यो शरीरले अढेश आड पाए जस्तो
घडी पनि हेरिएन अफिस ड्रेस नि फेरिएन
बेफुर्सदी जिन्दगीले पल्टिने टाँड पाए जस्तो ।

 

Continue reading