गजल

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

छिन्-छिन् चुरा मेहेन्दी हातमा कति सुहाउँने
मन्दिर जाँदा थाली साथमा कति सुहाउँने।

केश फिजाई मन्द मुस्कान हरिणको चाल
फरक छ पहिचान जमातमा कति सुहाउँने।

सोह्रश्रिङ्गार सजिएर पुतलीझैं फुर् ! फुर् !
फूल सिउरेको त्यो माथमा कति सुहाउँने।

 

Continue reading


रमेश पोखरेलका मुक्तकहरूः

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

सन्ध्या पनि तिम्रै, बिहानी पनि तिम्रै
सधैं सुनिरहुँ लाग्ने कहानी पनि तिम्रै
कसको के नै छ र ? यहाँ तिम्रो सामु,
मनै लोभ्याउने त्यो जवानी पनि तिम्रै।

अनुहार भरी केश नझार्नु कान्छी
फरिया धेरै माथि नसार्नु कान्छी
गाजल मात्रै लाए काफी सुहाउँछ
नचाहिँदो नक्कल नपार्नु कान्छी।

 

Continue reading


गजल

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

गाउँ फर्केर,एक हल गोरु खोज्छ छोराले
आफ्नै बा’को पाखो बारी जोत्छ छोराले

महिलापुरुष बराबरी विभेद छैन पक्कै !
सिउँदो मात्र हैन अब घरै पोत्छ छोराले

कुनै कदम बाँकी रहन्न अब चाल्नलाई
जाने आफैं गर्छ, नजाने सोध्छ छोराले

 

Continue reading


रमेश पोखरेलका मुक्तकहरूः

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

घामले भेट्दा छाला बिग्रन्छ
खियाले भेट्दा ताला बिग्रन्छ
टाढै बसौं, भो नजिक नआऊ
गाला जोड्दा चाला बिग्रन्छ।

कहिले पानीसँग खेल्न मन लाग्छ
कहिले सिरानीसँग खेल्न मन लाग्छ
हल्ला गर्दै हिड्न पो नमिल्ने खासमा,
उनको जवानीसँग खेल्न मन लाग्छ ।

 

Continue reading


रमेश पोखरेलका जोर गजल

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

बहरबद्ध गजल– १,
सपना सजाउँला मनमा सुटुक्क
पिरती लगाउँला मनमा सुटुक्क

धनको गरीबले कमजोर हुन्न
महलै बनाउँला मनमा सुटुक्क

जिउँला यथार्थमा जसरी दुखैले
सुखले रमाउँला मनमा सुटुक्क

 

Continue reading


रमेश पोखरेलका केही मुक्तकहरूः

Ramesh, Pokharel, रमेश पोखरेल, pallawa, पल्लव

रमेश पोखरेल

संसार, देखावटी आकृतिका बुट्टाले थामेको हुन्छ
संसार, विश्वास भित्र लुकेका झुट्टाले थामेको हुन्छ
कोही अरुले उचाल्दैमा, फुरुक्क र जुरुक्क नहुनू
किनकी आफ्नो ज्यान आफ्नै खुट्टाले थामेको हुन्छ ।

घरमा ताल्चा ठोकेर भेट्न आउँथें
हातमा गुलाफ बोकेर भेट्न आउँथें
यदि तिम्रो निम्ता हुँदो थ्यो त मलाई
समयको रफ्तार रोकेर भेट्न आउँथें ।

 

Continue reading