‘कसको कन्था, कसको सिरानी’

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

कुनै भन्छ मेरो पुरानो सिरानी
कुनै भन्छ मेरो यही पाउदानी
बडो जोडले चल्छ यो तानतानी
म मागूँ कहाँ के छ कस्को निसानी ।।

म ता जन्मिएको यही जीर्ण कन्था
यही हो शरत्वा कि मेरो वसन्त
म आफ्नै त हो यो भनी ठानिठानी
बिताएँ यसैमा सयौं घामपानी ।।

 

Continue reading


व्यर्थ हो काव्यकर्म ?

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

कवि हुनु उति राम्रो काम ता हैन किन्तु
किन किन म यसैमा नित्य लागी रहन्छु
यसपछि अब लेख्नेछैन ता नित्य भन्छु
तर पछि सब बिर्सी लेखनी हात लिन्छु ।।

जब वरपर केही चीज उल्लेख्य देख्छु
झटपट लय हाली त्यै कुरा गीत लेख्छु
गुनगुन अनि आफै गुन्गुनाएर बस्छु
अतुलित सुख मान्दै मै स्वयं दङ्ग पर्छु ।।

 

Continue reading


शुभवर्ष बनोस्

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

नववर्ष भलो शुभमङ्गल होस्
जति आश गर्‍यो थप पूर्ण बनोस्
दिनरात सुखै सुखसाथ चलोस्
जुन काम गरे पनि भाग्य बलोस् ।।

गत वर्ष जसो जति जे गरियो
जति खेप्नु र भर्नु थियो भरियो
कहिले त भयो मरियो मरियो
कति मुश्किलले यसरी बचियो ।।

 

Continue reading


खुशी यत्तिमै

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

मकै या कि कोदो पिठाको ढिंडो होस्
सँगै साग वा सिस्नुको लत्पते होस्
अमीलो कि वा गुन्द्रुकै झोल पाउँ
अरू होस् नहोस् यत्ति नै नित्य पाऊँ ।।

मलाई कुनै केक रोटी नदेऊ
न ता पाउमा ढोग भेटी नदेऊ
न चम्चा न काँटा छुरी चाहिंदैन
मलाई जिलेबी पुरी चाहिंदैन ।।

 

Continue reading


मेरो नायक तिमी

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

जहाँ अर्थको शास्त्र बेकार हुन्छ
सधैं शस्त्रको धारकै मार हुन्छ
गनी हैन जोखेर पैसा लिइन्छ
बुटी मात्र घोटेर सेवा दिइन्छ ।।

जहाँ तष्करी लष्करीसाथ चल्छ
जहाँ नोकरी खान नाता कसिन्छ
दलाली गरे झन् बढी माल मिल्छ
दली लाल लाली ठिटी बेचिइन्छ ।।

 

Continue reading


जुठो हाड खाऊ

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

भनूँ खास इच्छा त केही थिएन
यसै बस्नलाई मनैले दिएन
बसे मौन आफै म पापी हुनेछु
भनेदेखि विश्वासघाती हिुनेछु ।।

म पापी बनूँ वा कि विश्वासघाती
दुवै हालमा दोष होला ममाथि
सहूँ के गरी पोल्न थाल्दैछ छाति
गरें फैसला बन्न विश्वासघाती ।।

 

Continue reading


फोहरै फोहर

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

के भनूँ आज खै सिर्जनाका कुरा,बिर्सनै मात्र इच्छा छ सारा कुरा
जिन्दगीमा निकै देखिए टाकुरा, हुन्छ आस्था स्वयं एक झुट्टा कुरा ।
आ भनी भन्नुभो स्नेहले आइयो, किन्तु रुन्चे तितो गीत यो गाइयो
हुन्छ जे साथमा त्यै कुरा हो दिने, वेदना मात्र मेरा यहाँ छन् दिने ।

पाउमा ठोकिई चोट लाग्दा यता, अश्रुधारा भरी रुन्छ आँखा उता
सम्झँदा ता दुवै बेगलै बेगलै, भोग्नु पर्ने थियो वेदना एकलै ।
हुन्छ जस्तो गरी देह यो एउटै, ठीक उस्तै गरी देश हो एउटै
खै त सुस्ता रुँदा मौन कोशी किन, भोकमा बाजुरा डम्म बाँके किन ।

 

Continue reading


बिरामी बिरामी

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

यहाँ छैन को मात्र साथी बिरामी
कुनै छन् धुलोले लडेका बिरामी
कुनै चाहिं ठूलो हुनाले बिरामी
कुनैका फुलो नेत्रमा भै बिरामी ।।

कुनै छन् सुनामी बनेका बिरामी
कुनै चाहिं धामी बसेका बिरामी
मिठो खानका लागि कोही बिरामी
कुनै चेक माग्ने हरामी बिरामी ।।

 

Continue reading


“म”

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

आफै बनाइएको अलङ्घ्य पर्खालको
चक्रव्यूह झैं परिधिभित्र
आफै गढिएका वाध्यताहरूको
हतकडीमा जेलिएर
कैदी भएको यौटा म ।
राम्रो म को भ्रम पालेर
भकारी भ को टाउकोमाथि
डिको जोडेर म बनाउँछु
कैले काहीं पातलो स को
खुट्टो भाँचेर म बनाउँछु।
निहुरिएको न को मुण्टो
हल्लुँडले झुण्ड्याएर
जबर्दस्ती टाउको ऊठाएर
राम्रो बनाइएको
यौटा म ।

 

Continue reading


न बिर्सेर सकिने

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

गए जाने आफ्नो गतितिर सबैको स्थिति यही
निमेषै मात्रै पो अधिक कुन बस्ने छ र कहीं
बिताएका साथै अलिक छिन नै याद रहने
न ता फर्कन्छन् ती पल न अब साथै छ रहने ।।

नसम्झूँ ता भन्थें किन किन न बिर्सेर सकिने
नबोलूँ भन्दामा पनि मुख यसै बोल्न पुगिने
यता यौटा बिर्स्यो उसतिर दशौं छन् स्मृति अरू
यसै लाग्ने झल्को पथतिर उनीझैं कति अरू ।।

 

Continue reading


‘मुक्ति’

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

ऊ मरेछ।मलाई त उसको सम्झना पनि गर्न मन लाग्दैन किन भने उसले बाँचुञ्जेल मेरो हरेक काममा भाँजो मात्र हालिरह्यो।अहिले मरेको सुनेर पनि सञ्चोजस्तो पो लागेको छ।उसको घरमा वा बाहिर कोही नातागोता पनि थिएन र भएकालाई पनि उसले पोलेर खाइसकेको थियो।मरेपछि लास पनि मृत्युसंस्कार संस्थाले जलायो रे।
आज राति सपनामा मैले उसलाई देखें।ऊ सरासर आएर मेरो गोडामै ढोगेर आँसु झार्दै थियो।मैले लाजगाल किन रोएको? भनेपछि उसले भन्यो:-“म मरेपछि कसैले सद्गति गरेको थिएन।हजूरले घरमा मलाई जलाएर बाँकी रहेको गोलमा धूप हालेर देउतालाई चढाएपछि मैले पनि मुक्ति पाएँ।हजूरको जय होस्।”

 

Continue reading


दशैंको बधार्इ

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

दशैं मान को भन्छ भैगो नमान
कहाँ भन्छ को धूमका साथ मान
छ इच्छा भने शानले मासु खाऊ
नसक्ने नखोज्ने भए भो नखाऊ ।।

दुई अक्षता फूलको एक थुङ्गा
छ पानी कचौरा त्यही हुन्छ गङ्गा
र नैवेद्यमा वेदना जो चढाऊ
मुमा सुन्दछिन् जे भन्यौ भक्ति भाउ ।।

 

Continue reading


रमेश खकुरेलका केही पद्यहरूः

Ramesh, Khakure, रमेश खकुरेल, pallawa, पल्लव

रमेश खकुरेल,

उत्तिकै लाग्छ सारा
ऐनाका सामु हेर्दा बिलकुल म हुँ झैं व्यक्ति अर्को उभिन्छ
देख्ता उल्टो छ सारा तर पनि किन हो मै हुँ भन्दै चिनिन्छ ।
खोलामा बग्छ पानी जल पनि मनमा ठान्छ भाग्यो किनारा
के होला स्वप्न साँचो कि त जुन बिपना उत्तिकै लाग्छ सारा ।।

तुहोस् गर्भै किं वा ऋतुसमयमा संगम नहोस्
मरेकै जन्मोस् वा यदि हुनु छ छोरी जनन होस् ।
कि भार्या बाँझी होस् कि त बरु नजन्मोस् बसिरहोस्
धनी राम्रो होला गुण छ तर छोरो सठ नहोस् ।।

 

Continue reading


दलाल

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

दलालको देश कुनै हुँदैन
दलालको धर्म कुनै हुँदैन
दलालको जात कुनै हुँदैन
दलालको साथ कुनै हुँदैन ।।

दलालका लागि पिता छ पैसा
माता छ पैसा अनि मित्र पैसा
मायाँ छ पैसा अनि धर्म पैसा
हो मर्म पैसा अनि कर्म पैसा ।।

 

Continue reading


चन्द्रागिरिबाट

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

चन्द्रागिरि पुगें आज चढी केबलकारमा
यो कार उड्दथ्यो माथि बाँधिई लौहतारमा ।।

जब माथि पुगें आँखा लागे कान्तिपुरीतिर
हेर्दै गद्गद भो चित्त बने लोचन तिर्मिर ।।

यो मेरो मातृभू मेरो प्यारो कान्तिपुरी सखी
जसको अन्नपानीले हुर्किएँ यति जिन्दगी ।।

 

Continue reading


खासा ल्हासा

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

कहाँको को को हो विधिवश कहाँ भेट हुनगो
सँगै बस्ता मायाँ किन हुन पुग्यो स्नेह थपियो
छुटी जानै पर्ने मिलनपछिको हुन्छ नियम
बुझेको जानेको तर किन दुखी बन्दछ मन ।।

प्रभाजीको फुर्ती कुशल गृहिणीको गति थियो
चिया नास्ता सारा चटपट उता हाजिर थियो
अचम्मैझैं लाग्यो कुन बखतमा भो तरखर
थपी दिन्छिन् आफै अतिथिसित गर्दै अलि कर ।।

 

Continue reading


फर्केर जाऊ

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

छौ हाम्रा दाजु जस्ता धन जन बलमा छौ निकै नै बढेका
धेरै शस्त्रास्त्र जोडी अधिक मद चढी आज छौ रे सडेका
नालापानी चपायौ अझ पनि उसको घाउ दुख्तैछ हाम्रो
कालापानी पस्यौ जो कलुषित मन ली यो भयो झन् नराम्रो।

भन्थ्यौ यै देशबाटै भुवनभर सबै ज्ञान सिक्लान् भनेर
(एतद्देशप्रसूतस्य सकाशादग्रजन्मन: स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्यां सर्वमानवा:)
झन् आफै दुष्ट बन्छौ किन अब अघिको ज्ञान सारा भुलेर
जो छन् तिम्रा छिमेकी सबसित निहुँ नै मात्र खोजेर बस्छौ
भित्री कालो लुकाई कुटिल मुख गरी खिस्स पारेर हाँस्छौ ।

Continue reading


निहुरी निहुरी

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

निहुरी निहुरी किन हेर्नुभयो
भुइँमा कुन चीज खसेर गयो
यतिको प्रिय यो कुन चीज थियो
कसरी अनि चट्ट खसेर गयो ।।

कति मूल्य थियो कि अमूल्य थियो
कहिले कुन ठाउँ गई किनियो
कि कतै उपहार भनी दिइयो
कसले कुन काम भनेर दियो ।।

 

Continue reading


अनुष्टुप् छन्द

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

अनुष्टुप् छन्द राजा हो सारा छन्दसमाजको
महत्व उत्तिकै यस्को हिजो अस्ति र आजको ।।

कुनै नियमले छुन्न गणको गणना यहाँ
न ता मात्रा न ता ताल विचित्र गति भङ्गिमा ।।
प्रवाह मात्र चाहिन्छ गीतझैं गर्छ गुञ्जन
सबैलाई सजीलो छ अनुष्टुप् छन्द गाउन ।।

 

Continue reading


अघोरी महाकाव्य (१२०)

Ramesh,khakurel, रमेश खकुरेल, pallawa. पल्लव

रमेश खकुरेल

झट्टै फर्कें म अनि घरमा वस्त्र खोली नुहाई
पानी हाली घट पनि भरी साथ गाग्रो समाई
हिंड्दा मेरा पद पनि धरा चट्ट छोडी हिंडेझैं
मानौं बन्दै मुकुलित कली झट्ट फक्री फुलेझैं ।।

आए मेरा लसित मनमा कल्पनाका उठान
मानौं भर्दै छु म पनि भुवाझैं हवामा उडान
हो उस्तै नै वर पर सबै किन्तु लाग्दैछ नौलो
प्यारा साथी पनि बदलिए मै भएझैं छ नौलो ।।

 

Continue reading