मनमै छ्न

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

रुन्छु अझै एक्लै तस्बिर तिम्रो हेरिहेरी
आउदै जाँदै दियौ तिमिले घाउ फेरिफेरी
थाम्न सक्दिन आँसु यी केही गरि मैले
के के थियो र गल्ती कुन्न्नी भनेनौ नि तिमिले ।।।।

मेरो देउता भाग्य बिधाता तिमी हौ भन्दै
पिएर नै बसे आँसुहरु तिमी प्राण भन्दै
कतिखेर तिमी त बसाइ सरे छौ नि अन्तै
खोल्छु पुराना बाकसहरुलाई याद छ्न तै।।।।

 

Continue reading


निमन्त्रणा

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

निमन्त्रणा तिमीलाई
पठाउदैछु समेटेर प्रकृतिका मिठास
लेख्न खोज्दैछु इन्द्रेणीसित
लिएर उमंगका रंगहरु सापटी ।

प्रीय, तिमी आउनु मेरो जीवनमा
वसन्तमा पलाउने बनेर नयाँ पालुवा
जसले मरेको बुट्टालाई प्राण दिन्छ
उजाडिएको प्रकृतिलाई जीवन दिन्छ
र, सिकाउँछ मुस्काउन
हो, तिमी एक मुठी मुस्कान बोकेर आउ
तिमीलाई मेरो हार्दिक निमन्त्रणा !

 

Continue reading


रमा भट्टरार्इका तीन कविताः

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

कविता– १,
दोबाटोमा छोड्नु थियो त साथमा किन हिनेको
माया गरि राख्नु थिएन बिटुलो किन गरेको
कति सजिलै खेलेको मन र त्यो अङ सङ
बाचौ कि मरौ अब यो धोकाको पहाड सङ ।।।।

जवानी चल्ने तिमिलार्इ तर पानी बार्नु पर्ने
हवसको प्यास मेट्न मायाको नाटक रच्नु पर्ने
जब सम्म पिउदैनौ जवानिको रस घुमी रहेउ
चुसेर रस उडे झै भमरा त्यसै गरि छोडी गएउ ।।।।

 

Continue reading


मायाका सुनौला सपना बुन्दै ।

Rama, Bhattarai, रमा भट्टराई, pallawa, पल्लव

रमा भट्टराई

दोबाटोमा छोड्नु थियो त साथमा किन हिनेको
माया गरि राख्नु थिएन बिटुलो किन गरेको
कति सजिलै खेलेको मन र त्यो अङ सङ
बाचौ कि मरौ अब यो धोकाको पहाड सङ ।।।।

जवानी चल्ने तिमिलार्इतर पानी बार्नु पर्ने
हवसको प्यास मेट्न मायाको नाटक रच्नु पर्ने
जब सम्म पिउदैनौ जवानिको रस घुमी रहेउ
चुसेर रस उडे झै भमरा त्यसै गरि छोडी गएउ ।।।।

 

Continue reading