रोयो कविता

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

तिमिले मात्रै गजल लेख्यौ,
खाली पानमा रोयो कविता।
बर्सियो बहार यो उस्को हैन,
गातामा लुकि रोयो कविता।।

आसा छ बाकी सपना छैन,
खुसिको सन्सार यो उस्को हैन।
हेरेर रहर तिम्रो गजलमा,
टुटेर भित्रै रोयो कविता ।।

 

Continue reading


रमा खतिवडा का केही मुक्तकहरूः

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

हिजो आज निद हरायो, अन्तै डेरा सर्‍यो कि त ?
बेचैनी भै भौतारिदा भङ्गालोमा पर्‍यो कि त?
निरास हुँदै शान्ति छैन भन्थ्यो अस्ति सपनिमा
मनको बेगले छाल हान्दा आँखा बाट झर्‍यो कि त ?

डिग्री छ,कलम अनि हलो कोदालो समाउँछ रे
धुर्बे त आफ्नै देशको माटो सगैं रमाउँछ रे
हातभरी फोरा थिए,तै पनि मुसुक्क हाँस्दैथियो
हरा–भरा करेसा मै उसको दिल घमाउँछ रे ।।

 

Continue reading


म के र खौँ ??

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

कुइनेटोमा मेरो सानो घर यहाँ के राखौ ?
दोधारको मझ धारमा अव यहाँ के राखौ ?

आमाको रङ्गिन पछौरिको आँचल भित्र
पुर्खाको नाउ राखौ कि छिमेकीको दाउ राखौ ?

इमानिको थोरै कमाइमा सन्तानको सपना छ
बड्दो बजर भाउ या साहुको असुल्ने दाउ राखौ ?

 

Continue reading


‘हाम्रो संस्कृति जोगाऊँ’

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

जलस्रोतको धनी छ देश हाम्रो,
लहरा छहरा, आहा कति राम्रो
स्वर्गैका परी झैं, तलैया अपार
छ प्रकृतिको, विशाल भन्डार।

नौरङ्गी र डाँफे, हिमाली काखमा
गुराँसका डाली, पहाडी पाखामा
शीत थोपासँग, बयली खेलेर
सुन बाला पहेला, तराई फाँटमा ।

 

Continue reading


रमा खतिवडा का केही मुक्तकहरूः

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

बाँसुरिको धुनै मीठो हाम्रा हरि पियाराको,
सबलार्इ लाउने गुनै मीठो नट्खटा यी दुलाराको
बृन्दा बनमा कुरिराछु पिर छ अन्तै भुल्ने हुन कि
सधैँ उनकै हुनै मीठो हाम्रा हरि पियाराको !!

दौरा सुरुवाल ढाका टोपी हाम्रो सान जिउँदो भयो
गुनिउ चोली पटुकी हाम्रो मान जिउँदो भयो
जे भए नि झिनो खुसी मिलेको छ आज पक्कै
सदियौको राष्ट्रिय पोसाकको पहिचान जिउँदो भयो !!

 

Continue reading


अधूरो जिन्दगी

Rama, Khatiwada, रमा खतिवडा, pallawa, पल्लव

रमा खतिवडा

रङि्गन् यि सपना यथार्थ छ सधै, साधा भयो जिन्दगी
आफैँ भित्र जलन् भएर मनमा बाधा भयो जिन्दगी ।
लाल्ची लोभ गरी भरिन्न ढुकुटी आर्जन् विना सम्पती
खोज्ने काम कतै भएन धनको प्यासी हुँदा जिन्दगी ।।

बोकी हिड्छ अतृप्त प्यास मनमा, तिर्खाउँदै जिन्दगी
आग्नी राप सरी जलेर मनमा चिच्याउँदै जिन्दगी ।
बाठो बन्न भनी उठेर मनले गिल्ला सुनेँ बेसरी
फड्को मार्न कतै अशक्त हुन गै, आधा भयो जिन्दगी !!

 

Continue reading