‘लिलाम जिन्दगी’

Maiya, Lamichhane, मैया लामिछाने, pallawa, पल्लव

मैया लामिछाने

जैविकता कै कारण
एक धर्को सिन्दुर र पोतेमा
यो जिन्दगी अकस्मात !
बिना गल्ती लिलाम भयो।
मोल मोलाईको भिडबाट एउटाले किन्यो
तर मुल्यमा पोते र चुरा दिएर
मानवाताको आश्वासन दिलायो
आशाको चुली बनायो
भित्र्यायो कोठरिमा
मेरो बैशको उपहास गर्यो।

एक दिन पेटको भकारी को खोजिमा
परदेसियो अनन्तकाल सम्म
शित्तल हावाहरुमा स्पर्श नि पठाएन
निदरिमा सपनिमा आउदै आएन।
खोला झै उदै उदै बग्यो।

 

Continue reading


गजल

Maiya, Lamichhane, मैया लामिछाने, pallawa, पल्लव

मैया लामिछाने

बेक्कार शंका गर्छन पति ,बिदेशमा बसेर।
बुझ्दैनन !सम्झाउछु कत्ति ,बिदेशमा बसेर।

जे छ खाउला सँगसगै रमाउला भन्दा नि
उतै खर्च गर्छन भए जती ,बिदेशमा बसेर।

मेरो चरित्रमाथी शंका र उपशंका गरी गरी
सम्झिन्छन जवान श्रीमती ,बिदेशमा बसेर।

 

Continue reading


गजल

Maiya, Lamichhane, मैया लामिछाने, pallawa, पल्लव

मैया लामिछाने

एक चट्याङ पर्यो म माथी आनन्द भयो।
किन मनले मान्यो खुब जाती आनन्द भयो।

मलाई चोट लागेको त्यो खबर बा सम्म पुर्याए
बा ले भनेनि “भो अब नमात्ती” आनन्द भयो।

केन्द्र बिन्दु ठम्याउन मन लाग्यो चोट हान्नेको
अनुसन्धान गर्न नि मै गा’थी आनन्द भयो।

 

Continue reading