गृहिणीसित संवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

कैले बर्त उपासियो सँगसँगै एकादशीका दिन
कैले पूजन—कीर्तनादि गरियो श्रीसत्यनारायण
ठूला भोज लगाइएर घरमै कैले मनोरञ्जन
जे गर्दा मन शान्त सुस्थिर भयो, त्यै हो नगुम्ने धन १५

हाम्रा शास्त्र—पुराणमा जति भए ज्ञानीमहात्माहरू
भन्छन् जे समवेतको स्वर गरी आऊ सुनौँ त्यो बरु
वेलामा परमार्थ चिन्तन गरौं ऐश्वर्य सोही भनी
हीरा प्राप्त गरेर पत्थर भनी फाल्दैन कोही पनि १६

 

Continue reading


गृहिणीसित वार्तालाप

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

झुक्याऊन् कतिले लगेर रुपियाँ, ल्याई कसैले तिरून्
कैयौंले त कृतज्ञता पनि दिऊन्, कोही मुखैले पिरून्
भोग्नै पर्दछ एकबार सबले कर्मानुसारी फल
अर्काको कुभलो कदापि नगरौँ, इच्छा यही केवल

धेरै नाटक गर्दछन् हृदयमा राखेर हालाहल
खोल्छन् केवल ओठले मधुरता झुक्याउँदै दुर्बल
यस्तै हो दुनियाँ, छ नै थरिथरी, बेकार के आत्तिनु ?
आफू शान्त हुनू अशान्त जनमा क्यै सान्त्वना पो दिनू

 

Continue reading


मेरो कैशोर्यकाल

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

नानाचाचा सब पर भए, लेखनी साथ आयो
केही कापी अनि मन सयौं सिर्जनामा रमायो
खायो,खेल्यो तर कुलतमा चित्त जाँदै गएन
वाग्देवीको परम करुणा, विघ्नबाधै भएन

यादै प्यारो परिजनहरू, चाखिला दाजुभाइ
ओल्लोपल्लो घर पनि गई अल्मलिन्थ्यौं रमाई
भोकाएमा घरतिर कुद्यो, मिष्ट खाना तयार
इन्द्रेनी झैं रँगबिरँगका दृश्य हाम्रा हजार

 

Continue reading


आत्मपरिचयः

Mukunda, Sharma, मुकुन्द शर्मा,  pallawa, पल्लव

मुकुन्द शर्मा

(अद्य वाल्मीकिविद्यापीठे जयतु संस्कृतम् इति घटकेन सञ्चालितायां संस्कृतकविगोष्ठ्याम्)
धवलो गिरिरस्ति समुन्नतभू—
धरखण्डमुदीचिमुखे विततम्
शितिगोलितपूज्यशिलासहिता
महिताऽत्र तरङ्गवती वहती ।१।

भगवच्चरणाश्रयमाप्तुमहो !
स्तुतिकीर्तनपूजनपाठपराः
कति पुण्यपराः सुजनाः सुजले
कलुषं क्षपयन्ति दिनानुदिनम् ।२।

 

Continue reading


नीतिविचार

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

जूवा र मदिराबाट मान्छे पर्छ बिहालमा
दिव्यदेव गए काशी, मरे भूपी बिहालमा ।

उत्रनैपर्छ कार्यार्थी समस्याबाट हत्पत
आम्रपालीकहाँबाट फर्की आए तथागत ।

चौघेरमा रमाएर मान्छेको हुन्न उन्नति
अन्तरिक्ष नियाल्दैछन् नासामा भित्रिने जति ।

 

Continue reading


नेपाल गाथा

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

जे लेखे पनि लाग्छ यो कलमले नेपाल लेख्तैछ झैं
जे देखे पनि लाग्छ यो नजरले सौन्दर्य देख्तैछ झैं
मेरा यी अनुभूतिले हृदयमा जम्मा गरेँ जे जति
जो कैल्यै पनि नाशिँदैन सब हो नेपालको सम्पति ।

मीठा शब्द र अर्थका चमकमा नेपाल झल्काउँछु
ऐना सुन्दर पार्छु यो हृदयको नेपाल टल्काउँछु
आमाको महिमा बुझेन जसले त्यो मूर्खलाई पनि
केही श्लोक दिऊँ कि लाग्दछ, बुझोस् नेपाल आमा भनी ।

 

Continue reading


बैंसमा उक्लेपछिः केही विम्ब

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

यौटा जोश उठ्यो, नयाँपन जुट्यो, उच्चाभिलाषा छुट्यो
अल्छीको सपना टुट्यो, कुलकुले संगीत भाषा फुट्यो
तृष्णाको लहरी खुल्यो, हृदयको गट्टा फुल्यो कोमल
तन्नेरी दिलमा खिल्यो शरदको सौन्दर्यको कुड्मल ।

आऊ खुस्स बताइदिन्छु उनको मुस्कानको अर्थ म
अर्धोन्मीलित नेत्रको भनिदिऊँ मीठो कुनै शर्त म
राम्रो गुच्छ छ हातमा कुन त्यहाँ भाषा छ उद्भाषित ?
मान्छेको मनको तरङ्ग कसरी बन्दैछ उद्गारित ?

 

Continue reading


प्रार्थना विजयादशमीलाई

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

विजयादशमी ! शमीलता
सरि फैलीकन आइद्यौ यता
म बनूँ अनि छाहरीतल
भवको ताप गएर शीतल

विमले ! मुखको प्रकाशले
रवि हारेर पयोदमा चले
मनको निविडान्धकारमा
छर आलोक गई दुवारमा

 

Continue reading


शुक्लयजुर्वेदका केही मन्त्रको पद्यमय भावार्थः

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

इषे त्वा ……।१।
काटी शमीको बलियो छडी म
दगुर्छु गाईसित यो घडी म
बाच्छाहरू वायुसमान सर्कून्
गोधूलि आएपछि गोठ फर्कून्
गाई कसैले पनि चोर्न हुन्न
सताउनै हुन्न चिथोर्नुहुन्न
प्रशस्त बाच्छा पनि पाइदेऊन्
नीरोग हून् दूध बगाइदेऊन्
म इन्द्रको यज्ञ गरूँ तयार
सभक्ति अर्पूं अनि दूधधार
गाई ! तिमी छौ र बनूँ म ढुक्क
लिऊँ सुरक्षार्थ छडी थुपुक्क

 

Continue reading


श्रीसूक्तः तिमी आऊ हाम्रो घर

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

सुनारङ्गी सारी अति हृदयहारी फरफर
सुनैको मालामा रजत मिसिएको लरबर
शरज्ज्योत्स्ना जस्ती विमल सुन जस्ती भरभर
रमालाई ल्याऊ श्रुतिवदन हे अग्नि अमर !

छिटो बोलाऊ हे अनल ! अब लक्ष्मीकन तिमी
उनैको नै आवाहन गरिरहोस् यो मन पनि
सदा सक्तो सेवा गरिकन म पाऊँ अविचल
कयौं छोरा छोरी, कनक, सुरभी, अश्व असल

 

Continue reading


कविपरिचय काव्य– सर्ग २,

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

जन्मे जसै अवनिमा कवि लेखनाथ
लालित्यको लय मिल्यो कलकण्ठसाथ
ब्यूँझेर शुक्ल सरितासित पोखरामा
चम्के उनै त(अ)रुण झैं तपसी धरामा १

ल्याएर बौद्धिक छटा सम बालकृष्ण
नाट्याभिधानसित काव्य दिनै सतृष्ण
भर्थे यहीं ललित शिल्प उनै अनन्य
उक्ल्यो हिमालतिर झैं स्तर धन्य धन्य २

 

Continue reading


कुलगौरव सार् अब रौरवमा

Mukunda, Sharma, मुकुन्द शर्मा,  pallawa, पल्लव

मुकुन्द शर्मा

थपिदे पतनालयमा तँ तला
गरिदे मदिरालयमा सुकला
गइनस् तँ इमान जमानतिर
न पढाइ न नीतिविधानतिर ।

तँ डुबिस् बरु खान र लाउनमा
निमुखासित धाक जमाउनमा
जनता र जनार्दन फाल्न हिँडिस्
कति मानिस मन्दिर ढाल्न हिँडिस् ।

 

Continue reading


यो कस्तो क्षण हो यो ?

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

यो कस्तो क्षण हो जहाँ मनुजका आस्थाहरू भग्न छन्
यात्रा जोखिमपूर्ण छन् र तिनमा अन्योल संलग्न छन्
हाँसोका बिच आँसु बग्छ मिसिए मानौ पुवा बालुवा
मान्छेको अनुहारबाट कसरी पैल्याउने मन्सुवा ?

निष्ठामा पहिरो गयो कि किन हो मान्छे सधैं धर्मर
आफू नै पुरिएर विक्षत बनी निस्क्यो कि झैं बाहिर
कोही छन् हठमा निमग्न शठ झैं भैरे भएका जन
आफ्नै गौरव बिर्सिएर अहिले जैरे भएका किन ?

 

Continue reading


भूकम्पको साहित्यिक पराकम्पन दुई वर्ष पछि

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

लत्केका छन् हजारौं जमिन—जगहरू के गरी ती पुरिन्छन् ?
भत्केका छन् हजारौं भवनघरहरू के गरी ती ठडिन्छन् ?
मर्केका छन् हजारौं करचरणहरू के गरी ती दरिन्छन् ?
चर्केका छन् हजारौं मन र मुटुहरू के गरी ती भरिन्छन् ?

खोज्दै आधार बाँच्नाकन शिवशिवको नाम मात्रै जपिन्छ
यौटा सङ्कष्ट आए पछि पनि किन हो फेरि अर्को थपिन्छ ?
खुल्ला आकाशमा छन् विचलित दुनियाँ, रातको हुन्छ बेला
हामीलाई परीक्षा लिन कि नियतिले झिक्छ यस्तो झमेला

 

Continue reading


नेपाल गाथा

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(छन्द दिवसको सन्दर्भमा लेखिएको कविताः)
जे लेखे पनि लाग्छ यो कलमले नेपाल लेख्तैछ झैं
जे देखे पनि लाग्छ यो नजरले सौन्दर्य देख्तैछ झैं
मेरा यी अनुभूतिले हृदयमा जम्मा गरेँ जे जति
जो कैल्यै पनि नाशिँदैन सब हो नेपालको सम्पति

मीठा शब्द र अर्थका चमकमा नेपाल झल्काउँछु
ऐना सुन्दर पार्छु यो हृदयको नेपाल टल्काउँछु
आमाको महिमा बुझेन जसले त्यो मूर्खलाई पनि
केही श्लोक दिऊँ कि लाग्दछ, बुझोस् नेपाल आमा भनी

 

Continue reading


विश्वरूप-महाकाव्यबाट

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(हाम्रो नयाँ घर कैलास कुंजको कल्पनामा)
यौटा थियो सुखद सुन्दर शान्त गाउँ
त्यो गाउँलाई सुरलोक भनी चिनाऊँ
यो वर्तमानकन चारघरी भुलाऊँ
आऊ अतीत युगको घटना सुुनाऊँ ।१।

सौन्दर्यपूर्ण वन नन्दनको किनार
मन्दाकिनी सलल बग्दछ शुक्लधार
त्योबाट त्यो छ परिपोषित वारवार
कल्याणको त्रिविध मारुतको बजार ।२।

 

Continue reading


श्रीमहाकालविरचित सुप्रसिद्ध कर्पूरस्तोत्रको नेपाली भावानुवाद

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

(चैत्रको नवरात्रका शुभ—अवसरमा)
अङ्गारे मेघ जस्तै असितवदनकी चण्डिके उग्रवामा
हे आमा ! मन्त्र क्रीं यो विधिसहित जपी बस्छ जो साधनामा
त्यस्ताको साथ लाईकन सहजसितै आउलान् सिद्धि सारा
बर्सेलान् ओठदेखिन् अविरल गतिमा गद्य वा पद्यधारा १

घाँटीमा मुण्डमाला, शशि पनि शिरमा लाउँदी चण्डि ! माई !
तिम्रो हुं मन्त्रलाई विधिसित जसले जप्छ त्यो सिद्धि पाई
बोल्नामा देउताका गुरुकन, धनमा जित्न सक्ला कुबेर
रूपासे सुन्दरीका लहर उससितै आउलान् झुम्मिएर २

 

Continue reading


अथ कविसमूहवर्णनम्

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

अथ कविसमूहवर्णनम्
समागतोऽयं खकुरेलनामा
कवी रमेशो मुखपत्रिकायाम्
छन्दोव्यवस्थानुभवी कृतज्ञः
सुटिप्पणीकार उदारचित्तः
अहर्मुखे यः सुकृती ददाति
प्रभावशाली कविताप्रवाहम्
अस्मद्धरायां किल स्रग्धरायां
सोऽनुत्तमश्चोत्तमसर्जकेषु
अत्र ह्युपाध्यायमुकुन्दनामा
कवीश्वरो राजत आस्यजाल्याम्
स सर्जको व्याकरणोपदेश—
व्याजेन स्वस्य प्रतिभां व्यनक्ति
अन्यः कविः कोमलशब्दशिल्पी
विराजतेऽयं जयदेवनामा
यथार्थवादी नवविम्बभाव—

 

Continue reading


‘यै बेसले सुन्दर पार्छु देश’

Mukunda, Sharma, मुकुन्द शर्मा,  pallawa, पल्लव

मुकुन्द शर्मा

चितौन मेरो र मनाङ मेरो
सुर्खेत, सल्यान र दाङ मेरो
पुर्खाहरूको जयको कहानी
मेरै त हो सुन्दर राजधानी

इलाम, डोटी, मकवान, जुम्ला
डोल्पा, मुगू, राजविराज, हुम्ला
धरान, कास्की र बझाङ, रारा
मेरै त हुन् ज्योति अछाम, बारा

 

Continue reading


शठे शाठ्यम्

Mukunda, Sharma, मुकुन्द शर्मा, pallawa, पल्लव

मुकुन्द शर्मा

बागी घातक चोर जार छिचरा चढ्दै रहे मञ्चमा
हामी केवल रामराज्य छ कि झैं झुल्दै रह्यौँ सञ्चमा
आओ मित्र ! पवित्र भाव बटुलौँ सम्झेर आमाकन
वेला घर्किरहेछ निर्भय शठे शाठ्यं बनाऔँ मन ।

यस्ता दुर्जनका विरुद्ध रहँदै कुर्लिन् कि काली पनि
सोहोरेर पछार्छु झैँ बगरमा उर्लिन् कि कोशी पनि
पुर्खाको अपमानमा हरघडी उम्लन्छ झैँ बुल्बुले
ए साथी ! कति बन्धु सुत्न नसकी अर्कै कुरामा भुले ।

 

Continue reading