मिलन समिरका केही मुक्तकहरूः

Milan, Sameer, Syanja, मिलन समीर, pallawa, पल्लव

मिलन समीर


ईश्वरनै भक्तहरुसङ्ग पराजित भएपछि कसको के लाग्छ र?
सरकार नै अपराधीहरुमा आश्रीत भएपछि कसको के लाग्छ र?
यी मुला नेताहरु कहिल्यै सुध्रिदैनन मैले भनेकै त थिए ,
एक्लो बृहस्पति झुटो प्रमाणित भएपछि कसको के लाग्छ र?

माफिया र डनहरु सरकारसङ्ग हर्षित छन्
विवेकहीन नेताहरु अल्जाइमरले ग्रसित छन्
पुलिस हाम्रो साथी होइन दुश्मनजस्तै भएपछि ,
फुलजस्ता नानीहरू पाइलैपिच्छे त्रसित छन् ।

 

Continue reading


‘मार्सी चामलको भात’

Milan, Sameer, Syanja, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

आँखा नदेख्ने
कान नसुन्ने
अल्जाइमरले ग्रस्तै भएको
हाम्रो देशको विवेकहीन बुढो शासकले
वर्षौंदेखि हामीलाई
सुख,शान्ति र स्थायित्वसङ्गै
देखाएर समृद्धिको दिवा सपना
दिनुसम्म दुख दिएको छ।

दिग्भ्रमित विचारको
विष पिलाइदिएर हामीलाई
बिभाजित तुल्याएर
लडाउदै आएको छ – एकापसमा
र त फसिरहेका छौं हामी अहिलेसम्म
अशान्तिको अखन्डित चक्रव्युहमा
उत्तरआधुनिक अभिमन्यु भएर।

 

Continue reading


‘उभिएर आगोमाथि’

Milan, Samir, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

मलाई
स्वार्थको सप्तरङ्गी इन्द्रेणी शीरमा सिउरिएर
बरालिनु छैन दासताको फुलबारीमा
दन्किएको आगोमाथी
अविरल अग्रगामी पाइलाहरु चाल्दै
सुनिश्चित गन्तव्यलाई पछ्याएर
अगाडि बढ्नुछ – आजीवन
र निर्धक्क भएरै लेख्नुछ – निरन्तर
म र मजस्तै असङ्ख्य भुइँमान्छेहरुको
जीवनजस्तै कविता ।

 

Continue reading


युगको आव्हृवान !

Milan, Samir, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

तार्से भीर माथि
मगमग बासना र्छर्दै फुलेका छन्
मिठो सपनाका
अनगिन्ती लालीगुराँसहरू
जसरी भए पनि टिप्नु छ हामीले
अनि सिउरिदिनु छ आजैर्
वर्तमान समयको सल्लेरी चुल्ठोभित्र
जतनपूर्वक सजाएर ।

आँधीखोलासँगै
अविरल बगेका छन्
आधुनिक श्रवणकुमारहरूको
असामयिक, अकल्पनीय
एवं पीडादायी मृत्युपश्चात्
अन्धाअन्धी वृद्ध बाबुआमाको–

 

Continue reading


राजनीति

Milan, Samir, मिलन समीर, pallawa, पल्लव

मिलन समीर

पात्र “क” र “ख” दुबैजना राजनीतिक क्षेत्रमा लगभग संगसंगै जस्तो देखि सक्रिय रहँदै आएका थिए । केही समय जिल्लाभित्रै केन्द्रित रहेर सक्रिय रुपमा राजनीति गरि सकेपछि पात्र “क” व्यक्रिगत स्वार्थ पूर्तिका खातिर उचित अवसरको खोजीमा राजधानी तिर लाग्यो र केन्द्रमा हर्ताकर्ता कै रुपमा चल्तापूर्जा भएर देखिएको जिल्लाकै पहुँचवाला नेताज्यूको चाकरी र चाप्लुसीमा लागेर उसकै हनुमान भएर गणेशजीले आफ्ना बाबु आमाको परिक्रमा गरेर बसे जस्तै उसकै वरिपरी झोले भएर घुम्ने गर्न थाल्यो भने एता पात्र “ख” व्यक्रिगत स्वार्थलाई तिलाञ्जली दिएर गाउँघर, समाजको आमल परिवर्तनका लागि केही न केही त गरेरै छाडौं भन्ने अभिपायका साथ जिल्लाभित्रै केन्द्रित रहेर गाउँ-गाउँको दुरदराजसम्म स्वयम आफै पुगेर सशक्त रुपले पाटीको संगठन विस्तार एवम सुदृढको पार्ने अभियानमा होमिएरै लाग्यो ।

 

Continue reading


‘पल्लव’ को १६ औँअङ्कमा विचरण गर्दा …

Milan, Samir, मिलन समीर, pallawa

मिलन समीर

समालोचना, विषयप्रवेशः
यतिबेला मेरो अगाडि ‘पल्लव साहित्य प्रतिष्ठान’, नारायणगढ, चितवनको वाषिर्क मुखपत्रको रूपमा विगत ७ वर्षगाडिदेखि निरन्तर रूपमा स्तरीय साहित्यिक विविध सामग्रीहरूलाई समेट्दै अझै स्तरीय एवम् आकर्ष साजसज्जाका साथ प्रकाशित हुँदै आइरहेको साहित्य विविध ‘पल्लव’ साहित्यिक पत्रिकाको १६ औँअङ्क रहेको छ समालोचनात्मक विशेष टिप्पणी गर्न लागिएको कृतिको रूपमा । जसको सम्पादक/प्रकाशकको रूपमा रहेका छन् भरतप्रसाद लामिछाने भने प्रधान सम्पादक एवम् व्यवस्थापकजस्तो विशेष महत्त्वपूर्ण जिम्मेवारीको गह्रुङ्गो भारी बोकेका छन् नेपाली साहित्याकाशको क्षेत्रमा ‘गोर्खे साइँलो’ उपनामले चर्चित साहित्यकार व्यक्तित्व ऋषिप्रसाद लामिछानेले । त्यसैगरी विशेष सम्पादकको भूमिका बहन गरेका छन् दीपेन्द्रकुमार जोशी ‘निक’ ले भने अतिथि सम्पादकको रूपमा रहेका छन् सीताराम कोइराला । सुन्दर आवरणमा सजिएको पल्लवको १६ औँअङ्क वि.सं. २०६८ भाद्र १० गतेको मितिमा प्रकाशित भएको थियो ।

 

Continue reading