सगरमाथाको शिर सम्झी सलामी गरिरहेछु
अन्जानमा कुनै मुसाफिरको गुलामी गरिरहेछु ।
हाँस्ने खेल्ने इच्छाहरू थन्क्याएर कफन भित्र
मत प्रत्येक विहान आफ्नै मलामी गरिररहेछु
जिन्दगीको लाल्टिन खोज्दै प्रदेश तिर भौँतारिँदै
नबुझिने काम गर्न विदेश तिरै आँटिरहेछु ।