मीरा तिमिल्सिनाका केही मुक्तकः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

तिम्रो यादले तड्पाएर आँसु झरेको छ
त्यही आँसुमा मौलाएर फूल सरेको छ
फर्की कहिले मन्जरीको दिल छुन्छौ तिमी
मेरो भागमा बहाना त्यै जिउने परेको छ।।

प्यारा आफ्नो अंगालोमा सझाउँछु भन्थ्यौ
सामुन्यमा तिमी पर्दा लजाउँछु भन्थ्यौ
कुरा के भो क्षणमा नै बिलाएर गयौ
राखी समाज तिम्रो हात समाउँछु भन्थ्यौ।।

 

Continue reading


मिरा तिमिल्सिना धराका मुक्तकहरू

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

मृत्युलाई नजिकबाट छोएर हेर
अहमताका दम्भलाई धोएर हेर
अमिर गरीब सबका पीडा समान
निमुखाका आँसु तिमी रोएर हेर।।

मेरो छायाँ हौ तिमी बोलेर गयौ
मुखले माया दिल पोलेर गयौ
भ्रम पालेर बसेँ बुझिन धोका
बुझ्दैछु आज विष धोलेर गयौ।।

 

Continue reading


मीरा तिमल्सिनाका केही मुक्तकहरूः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

जब प्यारमा प्रेमको मीरा परी
तब सृजना भो गजल घरीघरी
प्रकृति साथमा बसी रमाउँदै
प्रशंसाले रङ्गभरी थरी थरी ।

मृत्युलाई नजिकबाट छोएर हेर
अहमताका दम्भलाई धोएर हेर
अमिर गरीब सबका पीडा समान
निमुखाका आँसु तिमी रोएर हेर।।

 

Continue reading


बहरबद्ध गजल

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

साँधमा बस्ने भाइ सार दे
दु:खमा सँगै मीलि प्यार दे ।

बादलू उँडी नील ब्योममा
ढाकनी शशी भो इन्कार दे ।

आलस्या छिटो मेट लौन हो
कामको नदी भेल तार दे ।

 

Continue reading


मिरा तिमिल्सिनाका केही मुक्तकहरूः

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

पपी, टमी, किङकङ, खैरे रमाउँदै होलान्
समाई तिनका घाँटी माला पैर्याउँदै होलान्
सम्झदै होलान् आज ईश्वर नै हौँ कि त हामी
भोलि एक गास कुर्नु बिर्सी रमाउँदै होलान।।

फर्म मै जानु पर्ने भो गाई पुज्न पनि अब
गाउँ पस्नु पर्ने भो महत्व बुझ्न पनि अब
आमा त फाल्न खोज्दै छन् यहाँ गाई कस्ले पाल्ने
अभियानै चाल्नु पर्ने भो सुज्न पनि अब।।

 

Continue reading


बहरबद्ध गजल

Mira, Meera, Timilsina,, मिरा तिमिल्सिना, pallawa, पल्लव

मिरा तिमिल्सिना

उदायो जून त्यो
सुनायो धून त्यो

लजाई साथमा
रमाई मून त्यो

उठेरे बादलू
कुलेसो थून त्यो

 

Continue reading