गजल

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

हरेक प्रहर एक अर्काको मन चुँटाई रहेछ मान्छे
आफू आफूमा एकताको बाटो फुँटाई रहेछ मान्छे

धन कमाउने होडबाजीमा अन्धो बनीकन आज
दोष लगाउँदै एक आपसमा कुँटाई रहेछ मान्छे

आफ्नो ईमानजमान बिर्से, संस्कार र कर्तव्य पनि
स्वार्थी छ हरेक बजारमा ईज्जत लुँटाई रहेछ मान्छे

 

Continue reading


‘खै छोरी को सुरक्षा’ ??

Mira, Gyawali, मिरा ज्ञवाली, pallawa, पल्लव

मिरा ज्ञवाली

हिजोआज अनायासै थाकेकी छु म
गलेकी छु म,
मेरो मनभित्र छोरी प्रतिको चिन्ताले
दिनदिन सुनामी छालहरू उर्लिरहन्छन
बेला बेलामा भुकम्पले धक्का दिए जस्तै
मनभित्र निरासाका भावहरूले छोपिरहन्छ
बर्षदिनको चाड तीज आएको छ,
तर..तीज आए जस्तो पनि लागेको छैन मलाई
किनकी, मेरा छोरीहरू असुरक्षित छन्
खै कुन खुशीले नाचौँ र म ?

 

Continue reading