गजल

Mira, Gyawali, मिरा ज्ञवाली ‘आस्था’, pallawa, पल्लव

मिरा ज्ञवाली ‘आस्था’

मोर्डन बन्न लामो कपाल काँट्नुपर्छ अरे, 
बिहे भए पनि छैन भन्दै ढाँट्नुपर्छ अरे!

पराईलाई आफ्नो बनाई बशमा पार्न त,
उस्तै परे रात काँट्न पनि आँट्नुपर्छ अरे!

टन्न पैसा मन परेको खान लाउनलाई,
लुकिछिपी भएनि जोवान साँट्नुपर्छ अरे!

 

Continue reading


गजल

Mira, Gyawali, मिरा ज्ञवाली ‘आस्था’, pallawa, पल्लव

मिरा ज्ञवाली ‘आस्था’

सार्वजनिक सबै जग्गा खाने के पारा हो?
जुटेर गरौँ खबरदारी जनता सारा हो !

राष्ट्रीय सम्पतिलाई आफ्नो नाँउमा पारे
देश सम्वृद्धि त देखावटी हाँक्ने नारा हो !

छिट्टै आउँछ घरघरमा. मेलम्चीको पानी
ठोक्छन भाषण जनतालाई फ्याँक्ने चारा हो!

 

Continue reading


गजल

Mira, Gyawali, मिरा ज्ञवाली ‘आस्था’, pallawa, पल्लव

मिरा ज्ञवाली ‘आस्था’

दिनहुँ जसो बन्द हडताल किन हुन्छ यहाँ ?
रीसको झोकमा बन्द भन्नुस छिन हुन्छ यहाँ !

लाखौँ बालबालिकाको भविष्यमा खेलवाड छ
कठै हाम्रोमर्का कस्ले बुझ्ला यस्तै हीन हुन्छ यहाँ

सरकारको चाँसो छैन, लुटतन्त्र मौलाउँदै छ,
खाद्यमा बीष र मुल्य बृद्धि बढेको दिन हुन्छ यहाँ

 

Continue reading