माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

रङ्गीन पलहरु सम्झानामा आयो ।
फेरि पाईलाहरु तिनै गोरेटोमा धायो।
ती स्वर्णिम दिनहरुमा झैँ रमाउनलाई,
कैद तस्बिरहरु हेर्दै आँसुहरू आँखाभरी छायो ।

सधैभरी साथीलाई चिन्न सक्नु पर्छ।
निरन्तर दुवै मन मिल्न सक्नुपर्छ ।
एकतर्फी सम्भव हुन्न रहेछ, मित्र
टुक्एला सधै मन जित्न सक्नु पर्छ ।

 

Continue reading


माया रार्इका केही मुक्तकहरू

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मातृभुमि छा्ेडि ठुलदाई प्रवास जानू भो
सम्झाना स्वरुप सबको स्पर्श लानु भो
सपनाहरु चाडै साकार पार्छु,भन्दै
आमाको हात समाई कसम खानु भो

-प्रदेश मा ठुलो भाइ गार्‍हो भन्दै छ।
ऋण चुक्ता गर्न नि साह्रो भन्दै छ।
फर्कि आउत साहुले छाड्दैनन् ।
धेरै मरुभूमि,घाम,पारो भन्दैछ।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

आमाको माया प्रवाश आएपछि थाहा,भो
घुर्काएर फालेको सिस्नु ,च्याख्ला चाहा,भो
सबै संगै हुदा महत्त्व हिन लाग्थ्यो ।
बैनिबाट पाएको शिर को टोपी आहा, भो

यो नोट बुकमा मेरो ईतिहास कोरेकि छु।
कसैलाई नभनेको कुराहरू खोलेकि छु।
जान्ने ईच्छा भए खोजिकन हेरिदिनु,
के गरे जिन्दगीमा दावाका साथ बोलेकि छु।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

एक्लै पनि मेलापात धाउनु हुन्छ,आमा
चट्टै परि गुन्यो,चोलि लाउनु हुन्छ,आमा
दुख सुख पिडाको भुमरिमा परेपनि,
जिन्दागानि संघर्ष भनी मान्नु हुन्छ,आमा

म देखि गरेको तिमीले आस धेरै छ।
नहुनु पर्ने कुराहरू खास धेरै छ।
आफ्नै कुरा सहि मान्छौ,कसरी चल्ला खै,
आज भोलि त तिम्रो वक्वास धेरै छ।

 

Continue reading


गजल

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मलाई किन कोह आफ्नो पराई लाग्दैन, मान्छे
अरुको गुनगाण गाएर किन? थाक्दैन, मान्छे ।

पर्देशीको बाचा बन्धन, चर्को कामलाई भुल्दै
विलासी जीवनको लाजछोप्न रूमाल माग्दैन, मान्छे ?

देख्न सजिलो कसरी पैसा आयो, त्यो अन्जान छ
परदेशीको दुखलाई बुझ्न किन जाग्दैन मान्छे ।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

मेरो सृजनामा निरन्तर टिप्पणी आईरह्यो
महत्त्व नबोकेको भएपनि थप्पडि आईरह्यो ।
वैनी भन्नू हुन्छ, यहाँ दाई हुनुहुन्छ कि दिदी
तपाईको मायाले मनमा हौसला बढाईरह्यो ।।

मेरो पहाडको हरिया फाँटहरूमा मानव बस्ती बसाल्दै छौ अरे
विकासको नाममा मेरो सगरमाथाको चुचुरो खसाल्दै छौ अरे ।
यसरी नै विकृति बढ्दै गयो भने कहाँ खोजु मेरो मातृभुमी
खै कुन्नि कस्को हो आदेशमा मात्र तिमी देश समाल्दै छौ अरे ।।

 

Continue reading


माया रार्इका कही मुक्तकहरू

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

कोहि आए असङ्ख्या शोक लिएर ।
कोहि आए अनन्त भोक लिएर।।
यस पालि नि चुनेका छौ चुन्नत,
बनाउनलान् नेपाल भिजन लिएर ।।।

खुसिको नि सहर देख्न पाए हुन्थ्यो
उमंग को बहार लेख्न पाए हुन्थ्यो
कत्ति कुर्नु पर्ने हो, अझै पनि खै
चाडै त्यो पल सम्हाल्न पाएहुन्थ्यो ।

 

Continue reading


माया रार्इका केही मुक्तकहरूः

Maya, Raee, Rai, माया रार्इ, pallawa, पल्लव

माया रार्इ

माया म संग लाउछु भन्यो र त म लजाए
तिमी सँगै जिउछु,मर्छु भन्यो र त म डराए
संग सँगै तिमी र म बाच्दा पनि हुन्थ्यो
थिए, मत अर्कै कि अर्धङगिनी,र त म हराएँ ।

मानिसहरू मरे पछि त डर हुन्न भन्छन।
कत्ति खेर कालले लग्छ,भर हुन्न भन्छन।
बाचेसम्म तेरो,मेरो कुन्नि किन हुन्छ ।
तै पनि लगि जाने तक्दिर हुन्न भन्छन।

 

Continue reading