बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

भागे भने वेदना संघर्ष आधार छ।
तिम्ले दिने साथले बाँच्ने यहाँ सार छ।।

लाखौं थिए चाहना दब्दै गए भावना।
स्रष्टा बने सृष्टिमा द्रष्टव्य संसार छ।।

निर्वाह चल्दै थियो वैराग्य थोरै थियो।
प्राणीहरूको भलो सोच्ने त संस्कार छ।

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

वडवानल झै मनमा छ तृषा।
हरूवा, सरुवा जनमा छ तृषा।।

यसरी उसरी जसरी म चलूँ।
पथरा अलिनो पनमा छ तृषा।।

करिया, भरिया खुजुरा नहुँदा ।
सुनका गहना धनमा छ तृषा।।

 

Continue reading


धरती म पुजौं

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

भगवान सरी धरती म पुजौं।
जननी जखमी हुनदिन्न बुझौं ।।
महिमा कतिको म बयान गरुँ ।
जनमानसमा जनवाद भरुँ।।

अवतार हुने अनुभूत कहाँ ।
अनुरोध गरि अनुलोम जहाँ ।।
अनुलेखनले खुबलाभ हुने।
जननायकले उपनाम चुने।।

 

Continue reading


साटिएको चिठी:

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

आईतबारको दिन थियो।
म ब्यारेकबाट चारअली चोकमा निस्कदै थिएँ। त्यतीबेला म गुप्तचरको काम गर्थेँ। कहिले गिरीबन्धुका बारेमा त कहिले जुट मिलका अशोक बिष्टका बारेमा बुझ्नु पर्ने कहिले गाबिश अध्यक्ष परशुराम राजबंशीका बारेमा। कहिले जिप्रका त कहिले मेची क्याम्पसमा कहिले धुलाबारी र काकड भिट्टा त कहिले बुधबारे, कहिले चकचकी तिर त कहिले चारपाने, घैला डुब्बा फूलवारी, सुरूङ्गा दमक सम्म पुगेर कहिले पृथ्वीनगर सम्म पुगेर अनेकका खबर जम्मा गर्नु पर्दथ्यो।

Continue reading


बहरमा गजल लेख्न चहानेहरूलाई . . . . .

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

अरूज शास्त्र अनुसार उच्चार्यलाई मान्यता दिईने हुँदा छन्दमा जस्तो लेख्यलाई कडाईका साथ लागु गरिदैन त्यसैले बहरमा लेख्दा । संगीतको लागि अनुकूलहुने शब्दसंयोजनबाट बहरको सिर्जना गरिन्छ। यसमा लेखाईमा दीर्घ हुदापनि उच्चारणमा ह्रस्व हुन सक्छ भने लेखाईमा ह्रस्व हुँदा पनि उच्चारणमा दीर्घ हुन सक्छ।यसको लागि हरेक गजलकारहरूमा बहरका बारेमा सामान्य जानकारी हुन नितान्त जरुरी छ ।  लयविधान गजलको लागि अपरिहार्य अनुशासन हो। मुक्तलयमा गजलको सिर्जना हुनै सक्दैन। गजलले हमेसा कुनै न कुनै लयलाई समातेको हुनै पर्दछ ।

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

हुँदासाथ प्यारी सबै रात राम्रा।
रिसाएर बोल्दा तिनै बात राम्रा।।

दयापूर्ण बन्दै सधैं सत्य बोले।
सबै धर्म राम्रा सबै जात राम्रा।।

झरे पात सारा भयो रूख सिख्रै।
त्यही जन्मनाले थलोथात राम्रा।।

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

कुसाइतै भयो रहर् निवास नै जलेपछि
पियूषको घडाभरी विषैफुली फलेपछि

उ दाइजो नपाउदा बिबाहमै नआउने
कसोगरी हटाउने परम्परा चलेपछि

महान को? भयो र खै नयाँपिढी युवापनि
बुझीबुझै पचाउछन् विचार नै गलेपछि

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

आशा नमार्नु भन्थे तारा म गन्छु राती।
ढुङ्गा बनेछ त्यो मन आदत छ है नजाती।।

संसार प्रेम खाना भन्दै म हिंड्न थाले ।
संकट हजार पार्ने यै प्रेम रहेछ घाती।।

खै धर्ममा चलेका आस्था र धर्म बेच्ने।
गल्ती हजार गर्दै हातमा छ फूलपाती ।।

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

चढेको जवानी दुई पुष्ट गाला
दुबो वैजयन्ती गलामा छ माला ।

तिमी आज मेरी निशाकी शशी हौं
दुबै नेत्र कस्ता हिरा झैँ उज्याला।

पुकारी रहेझै मलाई कसैले
टिमिक्कै परेकी गुलाबी छ छाला ।

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

इरादा त राम्रो नमीठो छ बोली
नसादार आँखा छ हेराइ गोली

हिजो एक चरीले निमोठेर यो दिल
भनी खानु काँढा निको हुन्छ भोलि

चिनेझै गरेकी नजिकै सरेकी
उधारेर मेरो पुरै देह खोली

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

बिना युद्ध मेरो भयो हार आज
कसैबाट पाएँ मिठो प्यार आज

अरूको नसुन्ने भए कान तिम्रा
समाजी कुराले छु दिग्दार आज

बिरानो म आफन्त बन्दै गएँ छु
खुसीले बज्यो चित्तको तार आज

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

आज मेरो जडताले मन बेरेको छ
शून्यतामा शकुनौती तन हेरेको छI
:
शक्तिशाली वशवर्ती लघुतामा झर्दा
मार्गरेखा दुखसास्ती झन घेरेको छ
:
न्यायकर्ता घुसखोरी किन मिल्थ्यो न्याय?
आदरार्थी पजनीले पद फेरेको छ

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

आज मेरो जडताले मन बेरेको छ
शून्यतामा शकुनौती तन हेरेको छ।

शक्तिशाली वशवर्ती लघुतामा झर्दा
मार्गरेखा दुखसास्ती झन घेरेको छ

न्यायकर्ता घुसखोरी किन मिल्थ्यो न्याय?
आदरार्थी पजनीले पद फेरेको छ

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

चाहनामा अझै जाँगर भर्नु पर्छ
हाँस्नु आनन्दले बाँच्ने गर्नु पर्छ

फूल मौलाउने माटो बन्नलाई
एक ज्ञानी पुरूष बन्दै मर्नु पर्छ

प्रार्थनामा ठुलो तागत हुन्छ भन्छन्
चेतनाका कुरा सबमा छर्नु पर्छ

 

Continue reading


आमाः कविता

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

आमा मेरो स्वर्ग तिम्रो चरणमा छ है
मेरो केको अस्तित्त्व छ तिमी आमा नभै
जब तिम्रो वाणीबाट सुन्छु मेरो नाम
मैले तिर्थ गरेजस्तै लाग्छ चारधाम (१)

संतानको आमाले झै कस्ले माया गर्छ
तिम्रो मन दुःखाएमा नर्क जानु पर्छ
मातापिता गुरु हाम्रो कति ठुलो नाता
जन्मदिने शिक्षा दिने भाग्यका विधाता (२)

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

दर्द फाल्ने कदम चाल हो साहसी
आँसु पुछ्ने कला थाल हो साहसी

जान्छ भूकम्प यो दैवसंयोग हो
बाँच्नु धेरै छ सम्हाल हो साहसी

बुद्धको देश यो के भनौ आज खै
शान्तिको दीपिका बाल हो साहसी

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

कष्ट छिट्टै हटोस् कामना प्रेमको
आँसु पीडा घटोस् याचना प्रेमको

मर्नुको दर्द के हो सबै थाह भो
बाँच्नुपो के गरी वेदना प्रेमको

दैवलीला भनौ या त दुर्भाग्य हो
जिन्दगी झस्कियो चाहना प्रेमको

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

क्षयमोक्ष भयो कीर्ति भो सानको
सोमतीर्थै गरे जत्तिकै दानको

कुम्भिपाक् रौरबी नर्क झै जिन्दगी
तापमा रापमा खोज्छ है जानको?

माकुरे जालमा फस्नु हो नोकरी
दाहिने देवता दीव्यता थानको

 

Continue reading


छन्दात्मक गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

आचिन्त्य के हो, बुझ है त साथी
संसार के हो, कुन ठाउँ माथि ।

पच्छे दुईटा, नहुने समान
औसी अँधेरो, चकमन्न राती ।

यो जीवनैमा, कुन हुन्छ राम्रो?
कर्तव्य राम्रो, गर हुन्छ जाती ।

 

Continue reading


बहरबद्ध गजल

Mahadev, Adhikari, महादेव अधिकारी, pallawa, पल्लव

महादेव अधिकारी

गरहै अहिले अजपा नर हो
अदना नबनी ल निधो गर हो

जसको घरमा उपती छ बढी
उसको घर नै कुसुमाकर हो

कृतबीर्य छरे गुणवाचक झै
गुणवान् चतुरो जसिलो थर हो

 

Continue reading