“मेरो कलम”

Manda, Paudel, Nuwakot, मन्दा पौडेल, pallawa, पल्लव

मन्दा पौडेल

तिम्रो अस्मिता,अस्तित्व लुटिएको अनि
तिम्रो बाबा-आमाको संसार चुडिँएको दिन,
रंगिन सपनाहरू धमिलिएर अन्धकार भएको क्षण
अनि तिम्रो अकल्पनिय मृत्युशैय्यासंगै
झोक्रिरहेको मेरो कलम
अनि घोत्लिरहेको मेरा कोरा कागजहरू
खै किन आज दुबै यति आतुर छन्,
एक पोखिन र अर्को लत्पतिन?
सायद धैर्यता र शाहासको बाँध फुट्नै लाग्यो,
यहाँ एकअर्कामा विश्वास अनि मानवियपन टुट्नै लाग्यो।

 

Continue reading


गजल

Manda, Paudel, Nuwakot, मन्दा पौडेल, pallawa, पल्लव

मन्दा पौडेल

तिम्रो सिन्दूर सिउँदोभरि सजाएर के भो आखिर ?
तिम्रै नामको पाउजू चुरा बजाएर के भो आखिर ?

दिलमै बस भन्दा भन्दै तिमी दूर जान्छौ भने,
मैले मात्रै चोखो प्यार लगाएर के भो आखिर ?

अग्नि शाक्षी राखी जोड्या यो नातालाई तोड्छौ भने,
मैले मात्रै प्रितिका फूल रचाएर के भो आखिर ?

 

Continue reading


“प्रश्न देश चलाउनेलाई”

Manda, Paudel, Nuwakot, मन्दा पौडेल, pallawa, पल्लव

मन्दा पौडेल

भन्नत भनिन्छ मेरो देशलाई,
थरि-थरि फूलका एउटै साझा फूलबारी,
आज मेरो देश चर्को खडेरिमा जलिरहेको छ,
तर खै कहाँ छ शितल दिने छहारी??
नेपालीको शान अनि विश्वको शिर सगरमाथा,
किन झूक्न खोज्दैछ यहाँ?
प्रथम प्रश्न मेरो देश चलाउनेलाई,
मेरो देशले कस्तो पाटो रोज्दैछ यहाँ??

किताब च्यापी विद्यालय जाने उमेरका कैयौँ बालबालिका,
नदी किनारमा गिट्टी कुट्न बाध्य छन्,
स्नातक,स्नातकोत्तर सकेका कैयौँ नेपाली यूवा-यूवति,
मरूभूमिको चर्को खडेरिमा रगत र पसीना बेच्न बाध्य छन्,
कुन मुखले भनौँ,कुन दिमागले सोचौँ,
मेरो देशमा लोकतन्त्र अनि गणतन्त्र आएको छ?

 

Continue reading