‘विदेश’

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

विदेश जाने छ अपूर्व इच्छा ।
पढेर भाषा दिइयो परिक्षा ।
भिसा परेका दिनमा म हांसें ।
मेरा हितैषीजन मित्र नाचे ।।

बैकुण्ठ पाएर भने कराएं ।
आनन्दले नृत्य गरें रमाएं ।
मेरा हजारौं परिचाहनामा ।
आएछ मौका मनकामनामा ।।

 

Continue reading


‘माटो’

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

पाऔंला धनमान-शान-पदवी,माटो कहां पाउंला ।
पाऔंला बल-बुद्बि-शीप-करुणा,माटो कहां पाउंला ।
पाऔंला परिवार हार-मणि या,माटो कहां पाउंला ।
पाऔंला घरद्वार भार-भरिया-माटो कहां पाउंला ।।

ज्युदै स्वर्ग म जाउंला सुयशले,माटो कहां पाउंला ।
पाऔंला वरदान मान ममता,माटो कहां पाउंला ।
पाऔंला मणिलोक सौख्यसुख या,माटो कहां पाउंला।
आंखा-कान-अपान पाउं तर यो,माटो कहां पाउंला ।।

 

Continue reading


छोडेर जाऔं चिना !!

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

मेराभित्र सुगन्धकन्द छ भने-संसार मेरो भयो ।
गन्धैगन्ध प्रबन्ध बन्द छ भने, सप्पै विरानो भयो ।।
किन्दैनन् चिनी-गुड गै पसलमा, ऐसेलु मेवा फल ।
भित्रैबाट निकाल्दछन् सुरसिला, स्वादिष्टता काफल ।।

भन्दैनन् स्वयमेव छु म गुलियो, गन्ना उखुले पनि ।
फेदैसम्म उखेल्छ स्वाद अरुमा, अर्पे सवै जीवनी ।
बोल्दैनन् तर दीप्तछन् रविप्रभा, संसार छापी दिए ।
आफैले स्वयमेव भन्छु मइले , धर्ती उचाल्ने थिएँ ।।

 

Continue reading


तीतो मीठो हो . . . . .

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ढाक्यो बादलले परन्तु रवि नै ज्योत्स्ना जलाई रहे ।
खोलाले धमिले परन्तु जलधी संग्लो बनाई रहे ।।
विष्टामूत्र सुगन्ध पारी धरणी उर्जा फलाई रहे ।
भुक्नेकुक्कुर भुक्छ नाहक सखे भुक्दैन हात्ती अहे ।।

पाकेको फलमात्र हेर्दछ सबै पोख्छौ दुखेसो किन ?
बालेको ज्वलदग्नि ताप्दछ सबै पीडाभएको किन ?
हुन्नन् काष्ट सुगन्धदायक कुनै घोटिन्छ श्रीखण्ड हो ।
घोट्नैपर्दछ पाखुरा समयले घोटेर नै मूल्यभो ।।

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


नववर्ष २०७४ साल आगमनको मंगलमय शुभकामना ।

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

आऊ नूतनवर्ष हर्षसुखको उर्लाउदै सागर ।
ल्याऊ भाव नवीनता सुखप्रदा नौलानयां जागर ।
तिम्रो आगमको पुनर्मिलनको न्यानो अपेक्षा गरी
आऊ स्वागत गर्दछौं हृदयले आनन्द मीठा छरी ।

आऊ नूतनवर्ष शैलशिरमा, छाएर पीताम्वर ।
आऊ नूतनवर्ष पल्लव मुना,फर्की नयाँ सुन्दर ।।
आऊ भन्छ गुलाव आरुजमुना, ऐसेलु या काफल ।
आऊ भन्दछ गौथली सस्वरमा, फेर्दै नयां काचुल ।।

 

Continue reading


राष्ट्र महिमा

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

ऐना झैँ म जमौं जमाउँ मृतिका, पाषाण झैँ स्थिरता ।
एकै अङ्गुलमा उठाउँ म धरा, शैलेन्द्रको सम्पदा ।।
मौरी झैं म बनेर गोल मधुझै, पारौं म स्वादिष्टता ।
फक्रौँ सुन्दर बागमा कुशुम झैँ, फैलाउँ सौगन्धता ।।१।।

देखाऔं श्रमशीप झैँ म कमिला, आकार सानो बनि ।
पैराऔं म गुलाव झैँ सुमनमा, छर्दै प्रभा रोशनी ।।
पानी रङ्गतरङ्ग झैँ पथलियौं, थाक्दै नथाकी हिडूँ ।
बैरीमा अरिगाल चाल म रहौ, शालीनताले भिडूँ ।।२।।

 

Continue reading


स्वयम् चाहना !!

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

म चाहन्छु सम्मान सेवा उपाधी ।
म चाहन्छु सौन्दर्यता स्वस्ती आदी ।
सधैं सुखभोगी बनौं मै नीरोगी ।
सदासर्वदा देवतातुल्य भोगी ।।

परन्तु गएँ मार्ग कालो करालो ।
लिपें चर्ममा रङ्ग सेतो उज्यालो ।
छरें बीज तीतो र कांटा कठोर ।
म खोज्दै हिडें चाहनामा डुबेर ।।

 

Continue reading


बसन्तागमन

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

फ्रकेर सुन्दर गुलाब पलाँश काँस,
पग्लेर मिष्ट मधुव्ञ्जनको मिठास ।
ताना निनाद तरूपल्लव भुनभुनाई
आयो बसन्त ऋतुराज सुगन्धदायी।।

नीलाम्य वास परिधान कमान पन्ना ,
गुञ्जायमान तदधानसमान तन्ना ।
बुट्टा भिरेर कुसुमाकरको बिहान,
आयो महामहिम कौतुकता मुहान ।।

 

Continue reading


अाफू मुखी

Mani, Raj, Joshi, Doti, मनिराज जोशी, pallawa, पल्लव

मनिराज जोशी

म चाहन्छु सम्मान सेवा उपाधी ।
म चाहन्छु सौन्दर्यता स्वस्ती आदी ।
सधैं सुखभोगी बनौं मै नीरोगी ।
सदासर्वदा देवतातुल्य भोगी ।।

परन्तु गएं मार्ग कालो करालो ।
लिपें चर्ममा रंग सेतो उज्यालो ।
छरें बीज तीतो र कांटा कठोर ।
म खोज्दै हिडें चाहनामा डुबेर ।।

 

Continue reading