तपाईंलाई टाउको दुख्छ ?

‎Manan, Prasadn, Wagley‎n, wagle, मनप्रसाद वाग्ले, pallawa,पल्लव

मनप्रसाद वाग्ले

सम्बेगात्मकता गुमाउँछ कतै भोग्यो दुखी टाउको
आफ्नो कामविषे तनाव छ भने दुख्ने भयो टाउको
बढ्दै गो जव रक्तचाप अथवा चिन्ता निकै धेर भो
या डिप्रेसन, माइग्रेन छ भने दुख्ला निकै टाउको II१II

रक्सी सेवनका प्रभाव रहँदा वा थोर पानी पिए
दुख्दै जान्छ टनक्क धेर बिचमा ख्यालै नपुग्दा भरे
साना छन् तर नित्य कम्प्युटरमै खेल्दै बिताए भने
आँखाकै सँग टाउको पनि दुखे पढ्नु छ बाधा परे II२II

 

Continue reading


धर्म

Kopila, Gulab, sarada, poudel, शारमा पाैडेल, pallawa,पल्लव

मनप्रसाद वाग्ले

धर्म हुने भए बस्थें भोको पेट घरी घरी
कर्म हुने भए गर्थें पूजापाठ मरी मरी
धर्मको नाममा हेर कर्म बन्दैछ झ्याउरो
कर्मको फेदमा हेर धर्म गल्दै निन्याउरो //

चलेको रित हो धर्म या हो धर्म सनातन
पूर्खाले जे भने धर्म या हो धर्म सजीवन
आत्म संतुष्टि नै धर्म सुभ सोच छ धर्ममा
गरीब दुखिको सेवा आखिर सत्य धर्ममा //

 

Continue reading


गरीब

Kopila, Gulab, Mana Prasad Wagley‎, मनप्रसाद वाग्ले, pallawa,पल्लव

मनप्रसाद वाग्ले

मेरो आसा सब इश उपर् छैन केही छलेको
देख्छन् की ता मकन अति नै दीन बन्दै ढलेको
गोजी रित्तो दिनदिन यहाँ पेटले खोज्छ खाना
छैनन् केही धन नगद ती किन्नु पर्ने छ नाना //

पोल्ने घाऊ सहन नसकी शान्ति मेरो करायो
सासै फेर्दा पनि कठिन भो कान्ति सारा हरायो
बोकी चिन्ता नियमित यहाँ गर्न थालें गुजारा
इच्छा मात्रै बुनिकन सदा जोतियो कर्म सारा //

 

Continue reading