नदी

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

बग्दैछ यो झर्झर गीत गाई
आमा बनी निश्चल प्रीत लाई
टिप्दै सुसेली म भरूँ कि राग
बल्दैछ झन् सिर्जनाको चिराग।।

टिपेर बोली कविता खुसी छ
नदीसंगै को भन बेखुसी छ
बाढी बनी क्रान्ति कराउँदै छ
आवाजमा लोक हराउँदै छ ।।

 

Continue reading


ईश्वरीय दर्शन

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

कोही मन्दिर जान्छन्
कोही मस्जिद पुग्छन्
कोही भौतारिरहन्छन् यताउता
ईश्वर खोज्न
तर ईश्वर सर्वव्यापी छन्
ईश्वर आफू भित्रै पनि छन् छोई हेर्नू
ईश्वर वृद्दाश्रम भित्र छन्
सडकको पेटिमा छन्
अस्पतालको सैयामा छन्
हो ईश्वर सर्व व्यापी छन् !!
तिर्थहरुले हामीलाई चियाइरहेछ्न्
ईश्वरले हामीलाई नियाली रहेछन् –

 

Continue reading


भवानी न्याैपाने भावनाका जोर गजल

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

बहरबद्ध गजल
सधैँ लाग्छ आफ्नो यही देश प्यारो
लगाएर चोली यही भेष प्यारो

बिदेशीहरूको सिको म सोचू
छ पूर्खाहरूका अझै शेष प्यारो

छ डाँफे र चौँरी हिमाली धरामा
छ योद्धाहरूको उही फेस प्यारो

 

Continue reading


Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

आत्मियता र सामिप्यताले बाँच्न पाऊँ दिदी
सँधै हजुरको मस्तिष्कमा नाँच्न पाऊँ दिदी
फूल जस्तै दिव्य – पवित्र छ हजुरको आत्मा
याद बोकी म अगाध माया साँच्न पाऊँ दिदी !!

मनको प्यारो अदालतमा उभिएकी जून
ऊनी जति हँसिली त कुन्नि को पो होला कुन?
बसिदिईन् थाहै नपाई मेरो दिलको माँझ
उन्को गीत गाइ दिऊँ कि म पोखी मीठो धुन !!

 

Continue reading


भावना न्यौपानेका केही मुक्तकहरू

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

जिन्दगीको दोबाटोमा काव्य यात्रा चम्किरहोस्
संगीतको धुन बनी यो जिन्दगी लम्किरहोस्
फूल बनी फुल्न सकू साहित्यको बागभरी
झरनाको झंकार झैँ यो जिन्दगी गम्किरहोस् !!

कृष्ण तिम्रो शरण छु पाउ तिमै परेकी छु
दिन रात तिम्रै ध्यान जप तप गरेकी छु
तिमी बिना छैन संसार तिमी जीवन दाता
बाचुन्जेल तिम्रै भक्ति तिम्रै पूजा गरेकी छु !!

 

Continue reading


भावना न्यौपाने का मुक्तकः

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

क्षितिज भरी सेतो वादल स्वर्ग तिम्रो गाउँ
लाग्न थाल्यो फेरि फेरि त्यहीँ भूमि जाऊँ
प्रकृतिको धनी रैछ याद आउँछ अति नै
यी आँखामा नाँचिरहन्छ है तिम्रो त्यहीँ ठाँउ !!

म घुम्दछु साहित्यको बागमा आमा सुन्दर
म चुम्दछु त्यो काव्यको रागमा आमा सुन्दर
जहाँ जाउँ तिम्रै गोधमा लपेटिन पाऊँ म
म झुम्दछु प्रकृतिको भागमा आमा सुन्दर !!

 

Continue reading


आत्मबोध

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

कति शालीन दिव्य बिम्ब ?
मेरो मनको ऎनाले देख्छु
साँच्चै फूल हो मान्छे र त
अविरल पुष्पाञ्जली गर्दै
धूप, दिप गर्छु
अनि अगरवत्ती नैवेद्य छर्छु
म रक्तिम विहानी,
रातको सन्नाटा
अनि दिवा ,साँझमा
त्यही पवित्र मनोमन्दिर भित्र प्रवेश गर्छु

 

Continue reading


भावना न्यौपानेका केही मुक्तकहरूः

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

म त मर्ने मान्छे अमर छैन यो जिन्दगानी
चोला तर्ने मान्छे अमर छैन यो जिन्दगानी
मृत्यु बिर्सनेको बस्तीमा अटाउन सक्दिन
मर्नु पर्ने मान्छे अमर छैन यो जिन्दगानी !!
.
नङ मासु झैँ नाता हाम्रो बाँचिरहोस् जीवन
सम्बन्धमा न्यानो माया गाँसिरहोस् जीवन ।
प्रेम बिज रोपेका छौँ है मन मुटु जोडी
जिन्दगीको चौतारीमा हाँसिरहोस् जीवन !!

 

Continue reading


भावना न्यौपाने का केही मुक्तकः

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

स्वर्ग पनि त यही धर्ती हो स्वर्ग मान्न सके
आँफै भित्र असल बनिन्छ ज्ञान धान्न सके
अहम्, डाह, इर्ष्या त्यागे गुणी राम्रो बन्छ खुबै
मान्छे स्वयं महान हुन्छ गुण यी जान्न सके !!

म त मर्ने मान्छे अमर छैन यो जिन्दगानी
चोला तर्ने मान्छे अमर छैन यो जिन्दगानी
मृत्यु बिर्सनेको बस्तीमा अटाउन सक्दिन
मर्नु पर्ने मान्छे अमर छैन यो जिन्दगानी !!

 

Continue reading


उमङ्ग भो नयाँ नयाँ . . .

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

म हिड्छु साथ प्रातमा जुटेर आफ्नु देशमा
म लेख्छु गीत राष्ट्रको त भावमा र भेषमा ।
जहाँ छ शान्ति देशमा सधैँ उही म जाउँला
यही भयो कवोल है तिमी सँगै रमाउँला ।।

खनेर खोस्रदै जमीनमा त बोट रोपदै
हराभरा बनाउँदै छु यो भुस्वर्ग खोस्रदै ।
म रोप्छु बीज सिर्जनाहरू भरेर सजाउँछु
म गर्छु गोड मेल त्यो फलाउने बनाउँछु ।।

 

Continue reading


‘गोस्वामी’

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

स्वामी हुन् घरका अमुल्य गहना आस्था र शोभा दिने
बन्छन् ती सबका धरोहर सधैं आभाष राम्रो हुने
गर्नै हुन्न कतै कुनै समयमा हेलाँ र घृणा रति
राख्दा सोँच सदैव हुन्छ गतिलो आफ्नै पती सम्पति !!

द्यौता झैँ सबका अमुल्य धन ती माली सधैँ साथका
बन्दै साधक वागमा घुमिफिरी स्पिर्श त्यै हातका ।
मायाले मुटुमा बसाइ उनको पूजा गरौ अर्चना
राम्रो गर्न सके अझै मनदिर्इ सेवा सँगै वन्दना ।।

 

Continue reading


भवानी न्यौपाने ‘भावना’का केही मुक्तक

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

उदेक लाग्दो यो जिन्दगी अश्रु यी फुटे पछि
जीवनको सिमारेखा उत्तरमा जुटेपछि
छैन रैछ कोही आफ्नो दुइ दिने रङ्गमञ्च
आराधना भङ्ग भयो समयले कुटेपछी !!

ईष्टमित्र ,साथीभाइ सबै पाएँ साहित्यमा
मीठो न्यानो सम्बन्धले रम्दै आए साहित्यमा
देश भित्र र देश बाहिर पुगे यै यात्रामा
तन अनि मन – वचनले धाए साहित्यमा !!

 

Continue reading


केही हाइकूहरू !!

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

आल्हादित छु
प्राकृतिक छटामा
एक्लै एक्लै म !!

एक्लै आएकी
जानुपर्ने नि एक्लै
परम धाम !!

छोटो जिन्दगी
अभिमान क्यै नहोस्
धर्तीमा रहदा !!

 

Continue reading


‘आमा’

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

हे आमा कुन रीतले हजुरको पूजा र आराधना ?
गर्दै जान म सक्छु लौ भनिदिनोस् मेरो यही प्रार्थना
आशीर्वाद मिलोस् र गर्न म सकू सेवा सदा देशको
आफ्नै सस्कृति मान्यता सब यहाँ भाषा तथा भेषको !!

नेपाली ममता धरी हृदयमा अग्लो बनाई शिर
मेरा पाउ सधै बढून् अघितिरै यै राष्ट्रका खातिर
हाम्रो स्वर्णिम त्यो अतीत नभुलौ गाथाहरु वीरका
यो स्वातन्त्र्य बचाउने सहिदका मीठा कथा धीरका !!

 

Continue reading


साहित्य साधना

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

जो बुझ्लान् घरमा रमी मनमनै साहित्य राम्रो भनी
त्यो सारा परिवार हर्ष मन ली बाच्लान् रमाई रही
चाख्लान् ती बहुतै मिलाप मन ली साहित्य धारा रस
आनन्दी मनले डुबेर सबले लेख्लान् कविता तब ।

पर्ने छैन तनाव शान्त घर त्यो प्रेमी रहे काव्यमा
साराका मुखमा गमेर रहला त्यै काव्य नै साधना
जस्का छन् नबुझी रिसाउनु सबै लेख्दा कथा सुन्दर
केहो ? लेखन खै ! सहेन मनले उर्ली अझै गर्गर ।

 

Continue reading


अनुभुति

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

वर्षौं देखि छल्किरहेका
यी दुइ इनारहरूमा
कहिले खडेरी लागेन !
सदावहार भरिएर
पोख्खिरहेछन्
पर बाट विषाक्त हुरीले
नियालिरहन्छ मलाई
उस्का दृष्टिका डोबहरूले
क्षत विच्छेद गराएको छ
तर पनि
म आफ्नो गतिमा दौडीरहन्छु ।

 

Continue reading


नयाँ वर्ष

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना

आयो हर्ष लिई यही भुवनमा छायो नयाँ वर्षले
सारै रम्य बनोस आत्म सबको हाँसी खुसी हर्षले ।
मीठो भोजन वस्त्र धारण भए सर्वत्र राम्रो हुने
साराका मन नै खुसी हुनसके क्वै हुन्न अर्को रुँने ।।

छाओस् शान्ति सबै दुखी मनुजमा उत्साह बोकी कन
बाल्दै दीप नयाँ प्रकाश छरियोस् भर्दै नयाँ चेतना ।
सदाचार बढाउँदै सब तिरै सद्बुद्धिका साथमा
बन्ला आखिरमा सबै जन जुटे रात्री, दिवा प्रातमा ।।

 

Continue reading


मुक्तक

Bhabana NeupanBhabana, Neupane, Dang, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लवe Tulashipur, Dang

भवानी न्यौपाने ‘भावना’

सधैँ भरी नै मेरो समीप आऊ भगवान
यही दुखीलार्इ प्रकाशले छाऊ भगवान ।
तिम्रै ज्योति तेज मिल्दा जीवन बचेको छ
ज्ञान–गुणको शंख ध्वनी बजाऊ भगवान !!!

गरी काम मिलेर यो सस्था उठाउँन पाऊँ
मन वचन कर्म र गुणले रुझाउँन पाऊँ ।
जहाँ जान्छु म कामले देशका कुनाहरूमा
दाङको साहित्य पहिचान बुझाउँन पाऊँ !!

 

Continue reading


भावना न्यौपानेका केही हाइकूहरु !!

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

जय साहित्य
मेची काली जोडेर
श्रष्टा सम्मान !!

सुन्दर पल
अबिष्मरणीय भो
सधैंका लागि !!

भव्य संख्यामा
साहित्यिक सर्जक
दिवाकालमा !!

 

Continue reading


‘जीवन’

Bhabani,, Neupane,, Bhabana,, Tlashipur, Dand, भवानी न्यौपाने ‘भावना’, pallawa, पल्लव

भवानी न्यौपाने ‘भावना’

बारी–खेत कमी नपाल्न सकिने छोरा र छोरी हरू
कैले पुग्छ कठै ! जहान बिचमा खाना र रोटीहरू ।
हाम्रो यो गरिवी समापन हुने देखिन्न बाटो कतै
धान्नै मुस्किल भो हरे शिव कठै! आत्तिन्छु आफैँ अझै ।।

भोको पेट बसी बचाउँ कसरी सन्तानका जिन्दगी
पैसाकै कमिले निरास मन भै चर्किन्छ यो पिजडी ।।
रित्तो थाल छ भोक प्यास सहँदै क्यै प्राँण धान्दै रहेँ
खै के मानु र राम यो जगतमा जप्नै नसक्ने भएँ ।।

 

Continue reading