गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

यो मुटुमा तस्विर छपाएर भाग्यौ
देशको त्यो मुहार चपाएर भाग्यौ ।

भन्दिन तिमीलाई यसै गर भनी
छिमेकमा रमिता नचाएर भाग्यौ ।

लियौ पाउने जति अंश भाग भन्दै
माटै भएभरको पचाएर भाग्यौ ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

तिम्रो मेरो मन फरक नपरोस
धर्ती र गगन फरक नपरोस ।

पुर्वमा रहौं या हामी पश्चिम रहौं
नेपालीको पन फरक नपरोस ।

हिमाल, पहाड,तराई चारैतिर
मिलाप त्यो झन फरक नपरोस ।

 

Continue reading


भगवती खनालका चार गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
पैसालाई मान सम्मान वनाए दुनियाँले
मन मुटुलाई चिहान वनाए दुनियाँले ।

सत्यलाई त आगो लगाए खरानी वनाए
झुट अङगाली जिहान वनाए दुनियाँले ।

हो शान्ति ल्याउलान भन्ने आश कति रहेन
हिंसा हत्यालाई वगान वनाए दुनियाँले ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

पिलाउने पनि समय रहेछ
मिलाउने पनि समय रहेछ ।

कहिले चम्कने कहिले मन्द भै
विलाउने पनि समय रहेछ ।

एक ठाउँ छाडी फेरी अर्कोतिर
हिलाउने पनि समय रहेछ ।

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
कहिले को समात्यो कहिले को मात्य‍ो भन्छ दुनियाँ
आफ्नै एक हातले अर्को हात काट्यो भन्छ दुनिया ।

हिजो पानी वारवार गर्ने रामे हर्केहरू आज
आपसी मिलेर नै दु:खसु:ख साट्यो भन्छ दुनिया ।

वर्षौ देखि सिलाउँदै राखेकी थिन आमाले मन
यसरी सन्तानकै वेदनाले फाट्यो भन्छ दुनियाँ ।

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

लडाउने र तान्ने छेउ छाउमै हुन्छन्
ती कुरा काट्न जान्ने छेउ छाउमै हुन्छन्

अघि फुल देखाई मौकामा पछी पछी
घातमा छुरा हान्ने छेउ छाउमै हुन्छन्

वोल्दैनन् कोही सत्य वाचा कसम सम्झी
अाफ्नो त्यो अर्को छान्ने छेउ छाउमै हुन्छन्

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

न्याय ती झुकाई दिन्छन् पैसा देखेपछि
हत्यारा फुकाई दिन्छन् पैसा देखेपछि

पैसामा विक्यो मान्छे सत्य छोडेर अाज
अन्याय लुकाई दिन्छन् पैसा देखेपछि

किनवेच भो सारा पैसाको अघि पछी
सज्जन चुकाई दिन्छन् पैसा देखेपछि

 

Continue reading


•गजल•

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गरीवलाई दशै तिहार मान्नै धौ धौ भयो
यो महङ्गीले चाडपर्व नै धान्नै धौ धौ भयो

अती धेरै छ खाडल यहां हुने नहुनेमा
हामी सवै नेपाली हौ ठान्नै धौ धौ भयो

धेरै रहर वोकी दिन्छन् ती साना नानी वावु
कसरी हो माग पूरा गर्ने जान्नै धौ धौ भयो

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

मुटुले माट‍ो वोल्छ वोल्दैन
गुन्द्रुक अांटो वोल्छ वोल्दैन

अोल्लो पल्लो छिमेकी भाईको
हिड्ने दोवाटो वोल्छ वोल्दैन

एउटै घर टुक्रीदा खेरी
पिडाको खाटो वोल्छ वोल्दैन

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

तिमी अन्तै रम्न थाले पछी थाहा भो
नियतिले पाउ चालेपछी थाहा भो ।

अमृत भन्दै मलाई बीस दिएछौ
प्यारले यसरी गालेपछी थाहा भो ।

खरानी वनाउन मागेछौ नी मुटु
यादले नै अागो वाले पछी थाहा भो ।

 

Continue reading


भगवती खनालका तीन गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
गरि आनाकानि कसरी हो रम्ने
यस्त‌ै छ लौ वानि कसरी हो रम्ने

मन दुखे पछी आंखा रुन्छ फेरि
वगाउंदै पानी कसरी हो रम्ने

तिमी गल्ती गर्छौ माफ दिन्छु म‌ैले
होला फेरि हानि कसरी हो रम्ने

 

Continue reading


भगवती खनालका एकजोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

गजल– १,
बाँझो खेत र कितावी ज्ञान उस्तै भएको छ
आजभोलि त हाम्रो ध्यान उस्तै भएको छ ।

डिग्री सकिंदा पनि हातमा केही सीप नहुंदा
यो जिन्दगी अनि चिहान उस्तै भएको छ ।

परीश्रममा गर्न कसैको मन नै देखिँदैन
लाग्छ यहाँ सबै खान्दान उस्तै भएको छ ।

 

Continue reading


गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल

भनि देउ मरे पछि के के हुन्छ ?
फुल्द‍ो फुल झरे पछि के के हुन्छ ?

तिमी मेरो मनमा वसाई सर्दा
उस्ले पनि डेरा सरे के के हुन्छ ?

सधैं हांसीखुसी म जिउछु भन्दा
एक्कासी अापत परे के के हुन्छ ?

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

 भगवती खनाल  

गजल– १,
मन दुवैतिर दुख्यो
मुटु र शरिर दुख्यो

तिमीले मलाई छोड्दा
हेर यहाँ पीर दुख्यो

यसरी चोट दियौ की
लाग्छ है तक्दिर दुख्यो

 

Continue reading


भगवती खनालका सोह्र अक्षरीय जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल,

सोह्र अक्षरीय गजल– १,
कतै अपच कतै भोको देखिन्छ कि देखीन्न
रूँदैछ मुर्छामा यो माटो टेखीन्छ की टेखीन्न ?

हाम्रा चौकिल्लको ति सिमानाहरू सवै मेटी
खाँदैछ चेप्दै छिमेकीले छेकिन्छ की छेकिन्न ?

वर्षौ देखि पिल्सिएको ब्यथा हो यो नेपालको
जहाँथियो नापीनक्सा त्यै लेखीन्छ की लेखिन्न ?

 

Continue reading


भगवती खनालका जोर गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल,

गजल– १,
निश्चित सत्यता कहाँकस्को बातमा हुन्छ
परिपक्को सत्यता मशना घाटमा हुन्छ ।

वगानमा फूल निहाल्दै काँडा पन्छउने
अझैभन्छौ उसैले खोलेको हाटमा हुन्छ ।

मानव जीवनलार्इ तिमीले कसरी बुझ्यौ
चैतमा झर्न पहेलिएको पातमा हुन्छ ।

 

Continue reading


१३ अक्षरीय गजलगजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल,

वहानाले याद दिलाउने नगर
बिना अर्थ मन मिलाउने नगर ।

मेरो मुटु चक्नाचुर बनाए पछि
लोकाचार पार्दै सिलाउने नगर ।

नजर भरि जालझेल फिजाउँदै
मौजुदा यौवन जिलाउने नगर ।

Continue reading


१० अक्षरीय गजल

Bhagawati, Khanal, Bidur, भगवती खनाल,, pallawa, पल्लव

भगवती खनाल,

केही गुनासो गर्ने धोको छ
सँगै वाच्ने र मर्ने धोको छ ।

सपना सारा खोजेर पनि
तिम्रो हृदय हर्ने धोको छ ।

खाली खाली पुरै संसारमा
रङ्गै रङ्ग त भर्ने धोको छ ।

 

Continue reading