प्रेमको बकपत्र

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

तिम्रो बिचारको बीर्यमा
स्खलन भएको छ – प्रेमको भ्रुण
र , बिश्वास बिरूद्ध अस्तित्वको फैसला हुनु पूर्व
बलात्कृत भएछ — नैतिकताको कौमार्य ।

न्यायाधीश बस्छन् या जल्लाद
थाहा छैन अदालतमा
अन्तर्मूल्याङ्कनको पूरातन पद्धति
हो हिजो जस्तै आज पनि कायमै छ।

 

Continue reading


बिर्खे अञ्जानका केही मुक्तकहरू

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

चाहिँदैन देवी देउता बदलामा साटो तिमी
स्नेहको बोट बिरुवा हुर्काउँने माटो तिमी ।
हात मात्रै थामे पुग्छ मैले हिड्ने गोरेटोमा
तिम्रो माया प्राण मेरो जिन्दगीको बाटो तिमी ।

बालुवालाई तोरी भन्यौं तेल यस्तै हुन्छ
कुकुर अनि बिरालोको खेल यस्तै हुन्छ।
काल आएपछि स्याल शहरमा पस्छ अरे
राजनीतिमा कुस्ता कुस्ती झेल यस्तै हुन्छ।

 

Continue reading


बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

अन्याय त गर्न हुन्न रगतको आहाल होला
बाँच्ने रहर अधुरो भै जिन्दगीको काल होला
बारूदसँग खेल्छु अचेल बन्दुक मेरो साथी भाछ
नजिस्क्याउ आगो हुँ म खरानीको हाल होला ।

समयको आगो भित्र खुर्सानीको खार सहेँ
कयौंपटक अचानो भै खुकुरीको मार सहेँ ।
पहाड हुँ म ढल्नेछैन नजिस्क्याउ आँधी तूफान
रगतको होली खेल्दै हतियारको धार सहेँ ।

 

Continue reading


बिर्खे अञ्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

दुनियाँलाई नानाभाँती मै मात्र गुनी भन्छ
भएजति कालो मैलो छाति भित्र धुनी भन्छ ।
रगतमा पौडी खेल्दै काम गर्छ बधशालामा
आफूलाई गौतम बुद्ध अरूलाई खुनी भन्छ ।

पर्दा सबै उघारेर नकाव तिम्रो खोल्छ एकदिन
कालो कर्तुत केके छ समाजले बोल्छ एकदिन
पापको घडा भरिएर छताछुल्ल हुन्छ जव
बिद्रोहमा जनताले तिम्रो पुत्ला पोल्छ एकदिन ।

 

Continue reading


बिर्खे अन्जानका कही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

कैले यता ढल्की बोल्छौ,कैले उता टल्की बोल्छौ
जस्ले हाल्छ मीठो घाँस उस्कै पक्ष पल्की बोल्छौ
न्याय निसाफ धर्म सबै दिएर नै तिलाञ्ली
जता चल्छ हुरी उतै आगो जस्तै सल्की बोल्छौ ।

मौका छोप्दै अग्रगामी पाइला मेरो रोक्न खोज्छन्
भेट्यो भने ज्यू हजुर मित्र सबै बोक्न खोज्छन् ।
भन्न मात्रै तेरो निम्ति ज्यानै दिन्छु भन्छन् तर
आँखा छल्दै तिनै ब्यक्ति कन्चट ताकी ठोक्न खोज्छन् ।

 

Continue reading


बिर्खे अन्जान का केही मुक्ताहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

मौन बस मनको बह फोएपछि केके हुन्छ
ममताको स्पर्शले धोएपछि केके हुन्छ ।
सल्बलाउँछन् हातहरू धैर्यताको बाँध फुट्छ
नबोलाउँनू नजिक कैले छोएपछि केके हुन्छ ।।

नानाभाँती कुरा अनि शङ्का मात्रै गरिरन्छे
भेटेपछि माया होइन आँखा मात्रै तरिरन्छे ।
सङ्घर्ष हो जिन्दगानी कैले उस्ले बुझ्ने होला
घुक्कघुक्क कोक्कीएर आँसु मात्रै भरिरन्छे ।।

 

Continue reading


बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

निमुखा हो ! मौन बस बोल्यौ भने पर्ला फेरि
न्याय माग्दा बन्दुक ताक्दै पुलिस पनि झर्ला फेरि ।
हत्या हिंसा ,बलात्कार यो राष्ट्रको गहना हो
हुन्न न्याय अदालतमा निर्णायक मर्ला फेरि ।

दुनियाँलाई आँसु मात्रै खुसी कैले पार्ने हैन
उखान टुक्का धेरै भन्यौं माखो केही मार्ने हैन
खुबै सुने देश प्रेम राष्ट्रवादी कुरा मैले
नक्शा मात्र पल्टाउने सिमा कैले बार्ने हैन ।

 

Continue reading


‘आस्थाको समवेदना’

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

कुल्चेर मेरो आस्थाको धरोहर
भर्खरै उसले घोषणा गर्यो —
पूर्व निर्धारित मान्यताको बिरूद्ध

म सङ्कटहरूको मुस्लोबाट
बर्षौ पुज्दै आएको मेरो भगवानलाइ
बधशालामा रेट्नकैलागि
इतिहासको यो जर्जर समय कसरी समर्थन गरू ?

बिडम्वना वाँचेको युगहरूसँग
खुलेरै पनि बि द्रोहको आगो बाल्न सक्दिन यतिखेर
जातले निर्धारण गरेको धर्म
धर्मले निर्धाण गरेको आस्था
नचाहेरै पनि मनहरू, मनबाट बिभाजित भैरहेछन्

 

Continue reading


थाहा न.पा.मा राष्ट्रिय काव्य उत्सव सम्पन्न

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

थाहा विकासघर, थाहा नगरपालिका, मकवानपुर । थाहा आन्दोलनको प्रणेता रूपचन्द्र बिष्टको १९ अौ स्मृति दिवसको सन्दर्भमा पालुङ साहित्य परिषद्को सयोजकत्व तथा थाहा नगरपालिकाको आयोजनामा मकवानपुर जिल्लाको उत्तरी क्षेत्र स्थित बिकास घरमा राष्ट्रिय काव्य उत्सव २०७५ सम्पन्न भयो । राजनीति, बिकास, शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका प्रगतिवादी चिन्तक रूपचन्द्र बिष्टको सम्मानमा कार्यक्रम आयोजना गरिएको कुरा कार्यक्रमका संयोजक एवम् पालुङ साहित्य परिषद्का अध्यक्ष बिर्खे अञ्जानले बताउनु भयो । यसरी निकै सव्य र भव्यरूपमा चलेको उक्त कार्यक्रमको अन्तःमा संयोजक लक्षमण बर्ताैला ‘बिर्खे अन्जाल’ले स–धन्यवाद सहित कार्यक्रमको विसर्जन गर्नु भएको थियो ।

 

Continue reading


थाहा न.पा. मा राष्ट्रिय काव्य उत्सव सम्पन्न

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

मकवानपुर असार ७ गते, २०७५ । थाहा आन्दोलनको प्रणेता रूपचन्द्र बिष्टको १९ अौ स्मृति दिवसको सन्दर्भमा पालुङ साहित्य परिषद्को सयोजकत्व तथा थाहा नगरपालिकाको आयोजनामा मकवानपुर जिल्लाको उत्तरी क्षेत्र स्थित बिकास घरमा राष्ट्रिय काव्य उत्सव २०७५ सम्पन्न भयो । राजनीति, बिकास, शिक्षाको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका प्रगतिवादी चिन्तक रूपचन्द्र बिष्टको सम्मानमा कार्यक्रम आयोजना गरिएको कुरा साहित्य परिषद्को अध्यक्ष बिर्खे अञ्जानले बताउनु भयो ।

 

Continue reading


‘उत्साहको गीत’

Laxuman, Bartaula, Birkhe, Anjan, बिर्खेअञ्जान, pallawa, पल्लव

बिर्खे अञ्जान

आगो दन्किएको समयको सङ्घारबाट
खोज्नु छ देशको नक्शा
र भत्किएको सिमारेखा जोडेर
बनाउँनु छ – मेरो देश नेपालको मानचित्र

अत्याचारको निलडाम खपेर
अचेल मेरो माटो
पीडाको तस्बिर नियाल्दै छ
र बर्वरताको गन्ध सुघेर
दुखको आकाश हेरिरहेको छ

भय चियाइरहेको साँझबाट
जब अँध्यारो–

 

Continue reading


‘आस्थाको समवेदना’

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लवBirkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

कुल्चेर मेरो आस्थाको धरोहर
भर्खरै उसले घोषणा गर्यो —
पूर्व निर्धारित मान्यताको बिरूद्ध

म सङ्कटहरूको मुस्लोबाट
बर्षौ पुज्दै आएको मेरो भगवानलाइ
बधशालामा रेट्नकैलागि
इतिहासको यो जर्जर समय कसरी समर्थन गरू ?

बिडम्वना वाँचेको युगहरूसँग
खुलेरै पनि बि द्रोहको आगो बाल्न सक्दिन यतिखेर
जातले निर्धारण गरेको धर्म
धर्मले निर्धाण गरेको आस्था
नचाहेरै पनि मनहरू, मनबाट बिभाजित भैरहेछन्

 

Continue reading


बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान,

पुजारीको बस्त्रधारी दैत्य पस्न थालेपछि
मन्दिरमा देउता हैन ढुङ्गा बस्न थालेपछि
नैतिकताको लिलाम बिक्री अनि शुरूवात भो
आफन्तले झुक्याएर छुरा धस्न थालेपछि ।

यता आँखा नझिम्क्याउ मुटु ढुक्कढुक चल्न थाल्छ
हेरी मलाई बोलेपछि सिङ्गो शरीर गल्न थाल्छ
प्रेम कुवा लुकाएनी सेतो हिमाल देखिपछि
सीमा नाघ्छ धैर्यताले भित्रै आगो बल्न थाल्छ ।

 

Continue reading


पाठकको अदालतमा बिर्खेका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

इमान सबै गुमाएर सडी रा छ मान्छे
लडाएर छाति माथि चढी रा छ मान्छे ।
जन्मे पछि मर्छ भन्ने सत्य बिर्सिएर
लोभको लौरो टेक्देर बढी रा’छ मान्छे ।।

सधैं सुन्छ कर्कस स्वर माला श्री धुन भन्दै
मख्ख पर्छ स्वाँट लम्पट फलाम पनि सुन भन्दै ।
आफ्नै जिउको छाला काट्ने छुरा आफै बनाएर
सुर्य छेकी हाँस्न थाल्छ उदाएछ जुन भन्दै ।।

 

Continue reading


बिर्खे अन्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

यता टाल्यो, उता प्वाल समस्याको गाँठो मान्छे
दुख पर्दा रूने हैन, उल्टै हाँस्छ बाठो मान्छे ।
ठुलो सानो हुन्न कोही, सबै देख्नु बराबरी
जन्मे पछि ढिलो चाडो हुन्छ सबै माटो मान्छे ।

ढुङ्गा जस्तो बज्र भाछ कुल्चिएर छाति हजुर
कय्यौं हण्डर ठक्कर अनि खायो लात्ती हजुर ।
अत्याचार अनि दमनको सिमा नाघे पछि
कमिलाले जरूर ढाल्छ मै हु भन्ने हात्ती हजुर ।

 

Continue reading


बिर्खे अञ्जानका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

कुनै बेला पानी माथि आगो बाल्ने दिन आउँछ
थुक्क भनी हिरामोती,सुन फाल्ने दिन आउँछ।
किन हेप्ने आफन्त नै भोलि यस्तो हुन सक्छ
ढोक्दै खुट्टा घर भित्र शत्रु पाल्ने दिन आउँछ।

हात खुट्टा बराबरी भगवानको भर्ती यौटै
ठूलो सानो हुन्न मान्छे कर्म गरौं अर्ती यौटै।
धनी गरीब छैन कोही भित्र पीडा पाल्नु हुन्न
घाम,जून ,हावापानी हामी बाँच्ने धर्ती यौटै।

 

Continue reading


दशै

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

यश बर्ष पनि आउनेछ दशै
लगाएर निधारामा रातो टीका
सिउरनेछ कानमा पहेँलो जमरा
लाग्छ
देशको प्रमुख शहरमा
भित्रिनेछ हजारौं खसी बोका
अर्जाब्ने छ कसाइले
धारिलो बनाउन खुकुरी
रेटिनेछन्
अबोध पशुका गर्धन
हुनेछ कपडाको ब्यापार
मसला किन्ने भीड लाग्नेछ हरेक पसलमा
तेल जर्किनमा भरिएर पुग्नेछ –

 

Continue reading


बिर्खे अञ्जानका केही चोटिला मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

विद्वान चुलो चौका घरवार चलाउछ
वर्दी भिरेर अन्धो तरवार चलाउछ ।
स्वाभिमान लिलाम गरेर वेश्यालयमा
नपुँषक यो देशको सरकार चलाउछ ।

साधुकै सीता उर्वशी सहित घरवार रहेछ
हिजोको खाते बनेर नेता दरबार रहेछ ।
यो आँखा पापी के देख्नु पर्यो सहन सकिन्न
बुद्धको हातमा खुकुरी अनि तरवार रहेछ ।

 

Continue reading


अञ्जानका केही मुक्तकहरू

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

बन्दुक बाट गोली जस्तै छुटेपछि हेर्नू
प्रतिकारमा सबै जना उठे पछि हेर्नू।
दाब बाट खुकुरी र खुडा झिकेपछि
ज्वालामुखी बन्छौ हामी जुटे पछि हेर्नू ।।

आफ्नै घाउ सियो राखी उन्न थाले पछि
मुटु भित्रै बेदनालाइ थुन्न थाले पछि ।
मेरो देश लाल झण्डा बोक्दै मुस्कुरायो
सहिद बन्ने रहरलाइ चुन्न थाले पछि ।।

 

Continue reading


बर्तौलाका केही मुक्तकहरूः

Birkhe, Anjaan,बिर्खे अञ्जान, pallawa , पल्लव

बिर्खे अञ्जान

कुल्चिएर हाम्रो छाति शत्रु चार्दैछ
उठौ हामी अति नै भो देश हार्दैछ।
पाल्तु कुकुर छिमेकीले तैनाथ गरेर
हाम्रो देश आगो लाउन अघि सार्दैछ।।

छाति भित्र राष्ट्रियता पाल्ने बेला भो
पानी हैन हाम्रो रगत बाल्ने बेला भो।
कोको आउँछ यो देशको अस्मिता लुट्न
च्याप्प समाइ दुस्मनलाई ढाल्ने बेला भो।।

 

Continue reading