होलीको कविता

Bindu, Dahal, बिन्दू दाहाल, pallawa, पल्ल्व

बिन्दू दाहाल

रङ्गिन्छ चोली जब चल्छ होली
खेलिन्छ मस्ती दिन आज भोलि
हाम्रो तराई र पहाड सम्म
रम्छौँ मजाले सब छौँ अचम्म ।

यो पर्व सारा जनले मनाए
हाँस्दै र खेल्दै सब यी रमाए
साथै वसन्ती रितुराज आयो
डाँफे चराले पनि गीत गायो ।

 

Continue reading


‘मेरा अङ्गहरू’

Bindu, Dahal, बिन्दू दाहाल, pallawa, पल्ल्व

बिन्दू दाहाल

मेरा हात सुकर्म गर्न जहिले जुट्ने गरून् गर्वले
मेरा पाउ सुमार्ग हिँड्न जहिले उठ्ने गरून् हर्षले
मेरा नेत्र सुदृष्टिगोचर गरी सौर्न्दर्यमा छल्कियून्
मेरा कर्ण सुशब्द सुन्न जहिले उन्मुक्त भै पल्कियून् ।

मेरो स्वास चलोस् यही भुवनको हावा पसी आँतमा
मेरो रक्त नदी बनेर दगुरोस् यो देशको गाथमा
जिब्रो बोल्न सकोस् प्रशान्त मनले बिर्सेर स्वार्थी कुरा
मेरो धड्कन धड्कियोस् ढुकढुकी झापा हुँदै बाजुरा ।

 

Continue reading