बुढो समयको

baburam, shrestha, yatri, Yatree, बाबुराम श्रेष्ठ "यात्री", pallawa, पल्लव

बाबुराम श्रेष्ठ “यात्री”

आकाश कालो लाग्छ
बादलका चादनी घेरा देखिदैन
घाम चिसा छन् धरती मलिन छन्
सम्बन्धहरू तुवालाले ढाक्दै छन्
बिहान- बिहान जस्तै लाग्दैन
रात- रात जस्तै लाग्दैन
एक्लिएर
सम्झनाका तातिहरू एककोहोरो खनिइहन्छ
मयालुहरूले मानसपटलमा काउकुती लगाइरहन्छ
अपसोच! सपनाहरू खडेरीमा छ्न्
बिपनाहरू रेस्ट्मा छन्
भबिस्यहरू बेठेगानमा छन्
बिचरा ! बूढो समयको

 

Continue reading


काठमान्डौहरू

baburam, shrestha, Yatri, Yatree, बाबुराम श्रेष्ठ "यात्री" , pallawa, पल्लव

बाबुराम श्रेष्ठ “यात्री”

गोधुली साझमा,तेजिलो मुस्कान
छर्छन हिमालहरू
स्वथ्य हावा सुसेल्दै
हरियाली ओढ्छन
पहाडहरू
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन
काठमान्डौहरू

प्राकृतिक छटा धुमिल पारेर
अघोषित यो रजनिती?
गजब छ बा !

 

Continue reading