प्रेम बुढाथोकीका केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

भेट्छु भनी किन तिम्ले कुराएर आइनौ।
अनेक कुरा किन तिम्ले फुराएर आइनौ॥
तिमी आउने बाटो हेरी रहे साँझ हुँदासम्म।
आउछु भनी किन साइत तिम्ले जुराएर आइनौ॥

मेरै मात्रै सबै गल्ती तिम्ले किन ठानेर गयौ।
मैले माया गर्दा पनि अर्कै किन तानेर गयौ॥
जति माया गर्दापनि तिम्ले बिस्वास गरेनौ मलाई ।
आज मलाई छोडी तिम्ले अर्कै किन छानेर गयौ॥

 

Continue reading


खै म कसरी हाँसु..?

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

खै म कसरी हाँसु..?
आँशुले नारीको सौगात
यौवनमा पुछिएको बेला।
लाला वालाहरुको सहारा
किशोर मै लुटिएको बेला॥
खै म कसरी हाँसु..?

रुकुम रक्ताम्य भएको बेला।
सल्यानमा काख रितिएको बेला॥
भालुबाङमा जोवान खोसिएको बेला।
दाङमा साथी हराएको बेला॥
खै म कसोरी हाँसु..?

 

Continue reading


‘‘तिमी साहस बटुलेर उठ’’

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

चारैतिर बन्धनले धेरेको बेला
अन्याय र अत्याचारले
बस्ती ढाकेको बेला
रोग भोग र अशिक्षा बिरुध्द
यो विकृति मास्न
तिमी एकजुट भएर लाग
थिचोमिचो
पिजडा भित्र
भावशून्य आवाज
लाटो भई
थुनिएर के बाँच्नु
यो बन्धनको घेरा तोड्न
तिमी साहस बटुलेर उठ–

 

Continue reading


प्रेम बूढाथोकीका केही मुक्तकहरूः

Prem, Budhathoki, प्रेम बूढाथोकी, pallawa, पल्लव

प्रेम बूढाथोकी

बचाउ बचाउ मलाई भन्दै सधै कराउने भइन आमा।
थाहा छैन सधै किन सपनीमा डराउने भइन आमा।
जुन दिन देखि नेताले देशलाई भाग बन्डागरी टुक्राय।
त्यही दिन देखि सधै किन डराउने भइन आमा॥

सबै जाति भाषा भेषलाई गोड्न सकियो भने।
हिमाल पहाड तराईलाई जोड्न सकियो भने॥
केही पूर्व पश्चिम भएर बस्नु पर्ने छैन।
एकतामा सबै मिलाई जोड्न सकियो भने॥

 

Continue reading