प्रफुल्लता

Prabha, Acharya, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

मानविय गुण स्वभाव बेग्लाबेग्लै हुन्छ
तर पनि आवश्यक्ता सबैको मिल्दोजुल्दो हुन्छ
जहाँ जुनसुकै वस्तुमा नयन त्यहाँ परिरहेको हुन्छ
त्यो कुरालाई खोजिरहेको हुन्छ
जुन पाउनका लागि भौंतारिरहेको हुन्छ
चमेली र चम्पाको सुवास मनले खोज्छ
आँखाको नानीमा राख्न पाए हुन्थ्यो भन्छ
असल बन्न हरदम प्रयास गर्छ ।
क्षमता शक्तिलाई प्रर्दशन गर्छ
सहि ठाउँमा ल्याउन धेरै मिहिनेत गर्छ
जब प्रयोग र अभ्यासले बानी पर्छ ।

 

Continue reading


गजल

Acharya, Prabha, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

कैल्यै पनि नसोध्नु है,मानिसको थर
यो समय सबै एक,को नै बेग्लै छ’र ?

देउरालीको चौतारीमा, भेट हुँदा खेरि
बटुवाको छहारी ती,पिपल र बर ।

समयले नेटो काट्यो,आज भोली भन्दै
जीवनको मर्ने बाँच्ने,के पो छ र भर ?

 

Continue reading


“नाङ्गो नांचको रमिते”

Acharya, Prabha, प्रभा आचार्य,pallawa, pallawa, पल्लव

प्रभा आचार्य

दिन दहाडै मसानहरु
नांगै नाँच्ने मेरो देशमा
बिचरी आमाको थोत्रो मजेत्रोले
छोपेर छोपिन्न ती लज्जित दृश्यहरु
न रोक छ,न कसैको अवरोध छ
निर्लज्ज ती गतिछाडाहरु
हल्लिई रहन्छन्
बेसुर/बेतालका धुनहरुमा
आ-आफ्नै शुरमा |
सबै स्तब्ध बनेर
रमिता हेर्नु शिवाय
केहि छैन उपाय
उनीहरु नाँची रहन्छन्,
बस् नाँची रहन्छन्
अनि… हामीहरु मुक दर्शक बनेर
असहमतीका तालीहरु ठोक्न –

 

Continue reading


गजल

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

आमाको आँसु पुछेर मरूँ यहि नै धोको छ
देशकोलागी केहि त गरूँ यहि नै धोको छ ।

छातीमा देश बोकेर पनि बिदेश लाग्दैछु
खुशीले आज समुन्द्र तरूँ यहि नै धोको छ ।

सेलायो ईच्छा रित्तियो आश स्वदेशमै बाँच्ने
जहाँ नै जाउँ,देशमै सरूँ यहि नै धोको छ ।

 

Continue reading


गजल

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

संकल्प यो छ यै देशमा मरुँ म
यही माटोलाई अझ क्यै गरुँ म |

यी जोखिम/पीडा सारा पन्साई
अन्तिम सास लिई गंगा तरुँ म|

नहारोस् मन आँधी हुरी बिचमा
शुद्ध जल बनेर धर्तीमा झरुँ म |

 

Continue reading


“अंग-रक्षक आफै नै असुरक्षित “

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

“नेताहरुकोलागी थप अंग रक्षक खटाउने भयो रे |”
अम्बरले खबर सुनायो बलबिरेलाई |
“कुन खतराबाट बचाउँन ?” बलबीरले प्रश्न तेर्स्यायो |
“कुन खतराबाट हुनु र? जनताबाट नै हो नि |” अम्बरेले निरश बन्दै जवाफ दियो |
“अनि जनताकै हकहितकालागी उनीहरु बहस गर्दैछन् र, जनताको अधिकारकोलागी चर्चाचर्की भएको हो भने किन जनतासंगै डर त ?” फेरि बलबिरेले प्रश्न थप्यो |
अम्बरेले ब्यंगात्मक मुस्कान छर्दै भन्यो |
-“हो यहि त हामी जनताको कमजोरी हो नि | जबसम्म हाम्रो दिब्यचक्षु र दुरदर्शिताको प्रयोग हुन्न हामी आफै नेताको रक्षक र नेतालाई माथी चढ्ने भर्यांग बनिरहंन्छौँ |आखिर नेतालाईपनि डर त जनताकै हो नी |उनीहरु आफै गोली हानाहान र लट्ठी चार्ज गर्दैनन् क्यारे |यी सब गर्ने त जनता नै हुन् र जनताकै छोरा प्रहरीहरु हुन् |

 

Continue reading


अाचार्यका दुइ मुक्तक

Acharya, Prabha, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

झार्दिन म गोहिको आसुँ पलभरमै आँखाबाट
न’त सक्छु मोहनी लाउन भाषणी भाकाबाट
खुलस्त बन्छु,छल्दिन कुरा,रचेर ब्रम्हाण्ड
सहयोगी शब्द बाँड्न नै पाउँ मनको खाकाबाट ।

आफ्नो आँगन शुन्य राखी अरुका आँगन चर्नेहरु
आफ्ना भकारी रित्तो छाडि अरुका भकारी भर्नेहरु
जाउ पार हराभरा आफ्नै आँगन र फूलबारीहरु
ए,फिरन्ते जोगी हो,अरुकै मात्र बद्खवाइें गर्नेहरु !!!

 

Continue reading


“श्रृङ्गारिक गजल ”

Acharya, Prabha, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

माइेमेलामा चिनो साट्ने मेरा सोल्टिज्यु
अहिले भने छक्क्याइे ढाँट्ने मेरा सोल्टिज्यु ।

थाहै होला नि आ’को छ है प्रेम दिवस यो
नगर्नु जुक्ती बादल झैं फाट्ने मेरा सोल्टिज्यु ।

प्रेम प्रस्ताव राख्नु भा’थ्यो के’का रहरले ?
मुटुको माया अमृत झैं बाँट्ने मेरा सोल्टिज्यु ।

 

Continue reading


“प्रेम दिवश भित्र तिमी र म”

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

जिन्दगीको सत्य बाटो

हिँड्न नजान्दै
तय गरेको बाटो
यहाँसम्म आइेपुग्दा
कति बक्ररेखाहरु
टेकिए होलान्
कति अन्जान्पनमा
परिभाषित् भए होलान्
तथापी आइेपुग्यौं
आजको यो मोडसम्म ।

 

Continue reading


“अब हेरौ शुसिल बा ….”

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

अब हेरौं

शुसिल बा ….,
यहाँका फुलेका कपालका
रौंहरुको परिपक्वता,
गर्भवती महिलाले
नौ महिनासम्म सन्तान
जन्मको पर्खाइेमा सहेको
पीडा र प्रतिक्षाभन्दा
तिम्रो राजनैतिक अनुभवको
प्रतिक्षा तिम्रो अनि जनताको
बल्ल साकार भएको छ

 

Continue reading


“अस्वीकार्य प्रेमोपहार गुलाब “

Acharya, Prabha, प्रभा आचार्य, pallawa, पल्लव

प्रभा आचार्य

“प्रेमदिवस”लाई स्वागत गर्दै “प्रेमदिवस” सम्बन्धी नै यो कथाको श्रीजना भयो । यस्तै दिवसहरुको नाममा समाजमा हुने बिक्रिती,बिसंगतिलाई पारदर्शी गर्न मैले यसरी यो कथाको आरम्म गरें । टेलिफोनको घण्टी बज्यो । मायाले फोन उठाइेन् । फोनमा सिमाले भनिरहेकी थिइे । “माया….,मेरो साथी रुस्तमले यो “प्रेम दिवसमा” तिमीलाई “रातो गुलाब” उपहार दिन्छु भन्दैथ्यो । के स्वीकार गर्छ्यौ ?”मायाले सहजै अस्वीकार गर्दै भनी । “अँह मलाई कसैको उपहार चाहिन्न । म यत्तिकै ठीक छु । “सिमाले फेरि कुरा कोट्ट्याउँदै भनी । “कस्तो कुरा गर्छ्यौ ? के भो ? ऊपनी राम्रो,पढेलेखेको केटो छ । उ’मा के कमी छ र ?मायाले फेरि जवाफ दिइे । ” प्रेमदिवसकै दिन गुलाब दिएर,प्रेम प्रस्ताव राखेर मात्र प्रेम सफल अनि दिर्घकालिन हुन्छ? केटो राम्रो,पढेलेखेको भनेर मात्र कहाँ हुन्छ र ? मान्छेको मन सफा,सोंच् निश्कलंक हुनुपर्छ । ”

 

Continue reading


शृङ्गारिक गजल

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

पिरतीका कुराहरु गजलमा पोख्नु भन्छन्
यौवनको भेललाई मनभित्रै रोक्नु भन्छन् ।

छताछुल्ल बैंश पोखी मात्तिएर हिँड्न हुन्न
उदाङो यो जवानीलाई शरमले छोप्नु भन्छन् ।

सुकुमारी बैंशभरी बरालिन्छ मन यसै
आफ्नो मन उमेरको तराजुमा जोख्नु भन्छन् ।

 

Continue reading


“जिन्दगी पूर्णता”

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

प्राप्ती,अप्राप्ती
खुशी,बेखुशीका
चापहरुमा चेपिएर पनि
जिन्दगी आफुलाई बँचाउन
सधैं उत्प्रेरित किन बन्दछ ?
बेदनाका रापहरु सहेर पनि
दर्दका आसुँहरु पिएर पनि
जिन्दगी आफुलाई
अन्मोल बस्तुमा परिभाषित
किन गर्दछ ?

 

Continue reading


“झुला र चक्मक बन्न उक्साउने को ?”

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

शालीनताको

अभिनयमा चोर,फटाहाको
रज्गज भएपछी
घर,समाज,देशको त के कुरा ?
संसार नै खोक्रो भइे
ढल्न सक्छ,
अधिकार र बिरोधाभासको नाउँमा
रिस,राग,बैमनष्यतालाई
दन्दनी सल्काएपछी
देशको त के कुरा ?

 

Continue reading


गजल

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

मृत्‍यु सत्य छ तापनी हड्बडाउँदैन जिन्दगी

यात्रा गर्नु छ,आफुलाई अल्मलाउँदैन जिन्दगी ।

जिन्दगी अठोट् उदेश्य लिएर बढ्दछ सधैं नै
लक्ष ती रोक्न मथिङल् खल्बलाउँदैन जिन्दगी ।

संघर्ष,पीडा आफ्नो नै अंग हो ठानेर यस्लाई
पागल बनी एक्लै पो,बड्बडाउँदैन जिन्दगी ।

 

Continue reading


“म जिन्दगी सिक्दैछु”जिन्दगी

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

सिक्दैछु म
कहिले लडेर उठ्दै
कहिले उठेर लड्दै
अनि…,
कहिले अत्तालिँदै
र,
कहिले सम्हालिँदै।
हो…,
यो त्राषै,त्राषैको
जिन्दगीको पाठ घोक्न
गार्‍हो छ,
कहिले यस्को संघारमा
प्रभाती किरणले चिहाउँछ
कहिले यस्को आँगनमा
बेदनाका लहरहरु टुसाँउछन् –

 

Continue reading


“ठुलीहरुको प्रारब्ध”

Acharya, Prabha, प्रभा आचार्य,pallawa, पल्लव

प्रभा आचार्य

निधारमा
चन्द्रमा टिको सजाएर
हेम्मारी र पटुकीले
शाहस बाँधेर
ठूली निस्कन्थी
गाइे,बस्तुलाई
खानपिनको जोहो गर्न
एक्लासे बनमा ।

अँह !!! रत्तिभर उस्लार्इ
डर थिएन
न,त त्राष नै थियो
कुनै भयको,

 

Continue reading


गजल

Acharya, Prabha, प्रभा आचार्य,pallawa, pallawa, पल्लव

प्रभा आचार्य

जसरी आज हाम्रो निशाले सगरमाथा टेकिन्
कलाकारपनि साहशको पात्र भनेर लेखिन् ।

साहशी कदम चालेर नारीको इेज्जत राख्दै
सोंचेको कुरा सहजैसँग अवश्य उन्ले भेटिन् ।

समर्पण जस्ले राख्दछ मनमा उसैको जित हुन्छ
नारीको निम्ती बाधा र अड्चन् सहजैसँग छेकिन् ।

 

Continue reading