छाती चिरेझै भयो

Prativa, Devi, Neupane, प्रतिभादेवी न्याैपाने, pallawa, पल्लव

प्रतिभादेवी न्याैपाने

ए आमा म तओर्लिए तल झरे पक्का बिदेशी बने
हाम्रा खेत गरा पसेर भलले जम्मै लग्यो रे भने
केभो हाल ढलेछ रे त झुपडी पैर्हो पस्यो के गरी
त्यो बेहाल सुनेर नै मन उड्यो भैयो मरेको सरी॥०१

हुर्कायौ टुहुरो म छैन घरमा बस्छ्यौ कता के गरी
मेरो थाक थलो बनाउन झरे साथै दिदैनन झरी
जम्मै गाउ चिरा चिरा परि खस्यो भन्ने सुने के भयो
मेरो स्वच्छ कमाइ नै लगिदियो छाती चिरेझै भयो॥०२

 

Continue reading