मुल्यहिन कागजको खोष्टो

Pathak, Prakash, प्रकाश पाठक, pallawa, पल्लव

प्रकाश पाठक

घरजग्गा बन्धक राखेर
मेरो बा ले
बारीमा डल्ला फुटाए जस्तै
दिनहुँ हातका ठेला फुटालेर
मोति जस्तै अमुल्य पसिना
दिनरात नभनी बगाइ रहेपछि
मैले प्राप्त गरेको यो कागजको खोष्टो
लाग्दैन मेरा बा को मिहिनेत भन्दा मुल्यवान छ ।

ए पाठकनी छिटो आउँ हतार भैसक्यो भनेर
भाले नबास्दै गुन्जिने खेतबारीहरुको आवाज
घण्टौ लागेर बोकेको पानी
भोको पेट पटुकी कसेर झम्म साझ
नपर्दासम्म लगाएको पर्म र जुटाएको केहि पैसा
छोरोलाई मह्ङ्गो पाठशाला पढाउने सपना
मैले मह्ङ्गो पाठशाला पढेर प्राप्त गरेको
यो कागजको खोष्टो लाग्दैन मेरी आमाको
सात ठाउँमा टालिएको चोलो भन्दा
मुल्यवान छ ।

 

Continue reading


प्यारो नेपाल

Pathak, Prakash, प्रकाश पाठक , pallawa, पल्लव

प्रकाश पाठक

साहसी पुस्ता नेपाली वीर नझुकी बाँचेको
जन्मेका बुद्ध शान्तिका दुत हिमाल हाँसेको

नझुकी सारा नेपाली जन विश्वमै लम्केका
भृकुटी,सीता नेपाली छोरी विश्वमै चम्केका

चितुवा ,बाघ, हरिण ,गैंडा डुल्छन वनमा
रोधीको गीत गुनियो चोली नेपाली मनमा

 

Continue reading


‘नारी’

Pathak, Prakash, प्रकाश पाठक, pallawa, पल्लव

प्रकाश पाठक

दुई अक्षरले बनेको
नारी एउटा शब्दमा
मैले संसार अडेको छ
भन्न नपाउँदै यो पुरुषप्रधान समाजमा
बिरोधको जमात खडा हुन्छ
अस्मिता लुटेर बहादुरी सम्झिने
यी बहादुरहरूको बिचमा म कसरी
वर्णन गरु बुद्ध ,भृकुटी ,सीता,
पृथ्वी ,देवकोटा इत्यादि जन्माउने नारीहरूको…!

पति संगै जलेर सती पनि गएकी हुन्
कति आन्दोलन र जनयुद्धमा शालिक –

 

Continue reading


गजल

Pathak, Prakash, प्रकाश पाठक, pallawa, पल्लव

प्रकाश पाठक

राख्न सकियोस् आफ्नै जीवन उदाहरण को लागि
बरु जति दुखाउन आफ्नाले मन उदाहरण को लागि

साच्चै तिम्रो आँखा बाट आँसु झर्छ कि नाइ होला
रोकियो भने मेरो यो धड्कन उदाहरण को लागि

आमाबाबु को माया कतै किनेर पाइदै पाइदैन
हो राखेको हेर कुबेरको धन उदाहरण को लागि

 

Continue reading


गजल

Pathak, Prakash, प्रकाश पाठक, pallawa, पल्लव

प्रकाश पाठक

समान लियो पैसा दियो तिम्रो बजारमा
जहाज देखि थियो सियो तिम्रो बजारमा

माया गर्ने आमाबाबु कतै भेट्दै भेटिन
बाकी सबै कुरा थियो तिम्रो बजारमा

माया नै सबथोक भनेर मरिहत्ते गर्थे म
प्रेमीले प्रेमिका सुम्पियो तिम्रो बजारमा

 

Continue reading