सल्यान

Purna, Oli, Rukum,पूर्ण ओली, pallawa, पल्लव

पूर्ण ओली

ढुङ्गे छानु, चिटिक्कका घरहरू, बाटो सफा सुग्घर
थुम्का, फाँट, गुफा, बजार, बसती छन् सुन्दरै सुन्दर
सिस्ने छुन्छ कुमाखले जब उठी, अग्लिन्छ नीगाल्चुली
मूटू छुन्छ गुराँस, औ मखमली, ती लालुपाते फुली

कल्याणार्थ चुसाउँछिन् जल अनाज् यी शारदा यौवना
भेरी भल्भल बग्दछिन् जलधिको बोकेर सम्भावना
सात्विक्, शुभ्र, तिरस्कृता-पशुबली छत्रेश्वरी पीठ छिन्
खैराबाङ् भुवनेश्वरी भगतका ईच्छा पुरा गर्दछिन् ।

 

Continue reading