चिनी पाए पछि नून भुल्नेहरू
सुख पाए पछि गुन भुल्नेहरू
सुन–सानमा प्यारो थियो मुरली
ड्रमसेट पाए पछि धून भुल्ने हरू
कति स्वार्थी छ हजुर यो दुनिया
डन्लप पाएपछि उन भुल्नेहरू
चिनी पाए पछि नून भुल्नेहरू
सुख पाए पछि गुन भुल्नेहरू
सुन–सानमा प्यारो थियो मुरली
ड्रमसेट पाए पछि धून भुल्ने हरू
कति स्वार्थी छ हजुर यो दुनिया
डन्लप पाएपछि उन भुल्नेहरू
हामी नेपाली को घरघर दशैँ बनेर आयो !
मिठो खाने उमङ्ग रहर दशैँ बनेर आयो !!
भए खाने ‘मोज गर्ने नहुनेलार्इ फसाद छ
गरिव जनलार्इ कहर दशैँ बनेर आयो !!
खै कति मानौँ खुसी अनि कति बाँडौँ र उमङ्ग
धनीको छिमेकमा जहर दशैँ बनेर आयो !!
नेपालमा कोलाहल र निकै चमत्कार भयो
बृध्दा अनि बालिका नभनी बलत्कार भयो ।
भत्ता जोगाउने खेलमै छ संषद भवन
जनताको पिडा नै नदेख्ने सरकार भयो ।
असुरक्षित कञ्चनपुर घोषणा हुदै गर्दा
पोखरामा पनि सुरक्षा कै हा–हाकार भयो ।
नेपालमा कोलाहल र निकै चमत्कार भयो
बृध्दा अनि बालिका नभनी बलत्कार भयो ।
भत्ता जोगाउने खेलमै छ संषद भवन
जनताको पिडा नै नदेख्ने सरकार भयो ।
असुरक्षित कञ्चनपुर घोषणा हुदै गर्दा
पोखरामा पनि सुरक्षा कै हा–हाकार भयो ।
सामन्तको निर्मूल पार्न हामी उठ्नु पर्छ ,
गाउँ, बस्ती तराई, पहाड सबै जुट्नु पर्छ
दाईजो प्रथा छाउपडी पुरै अन्त्य गर्न
स्वफूर्त चेतना सागरको मूल फूट्नु पर्छ ।।
संविधानका बूँदाहरू राम्रोसँग संसोधनमा आ छ र ?
बलत्कारी, हत्यारालाई फाँसी दिने उल्लेख भा छ र ?
सत्ताधारी ठूलावडाकै हाली – मुहाली हुने कानुनमा
भ्रष्टलार्इ सजार्इं र बफादरीलार्इ उपहार लेखा छ र ?
गजल– १,
आज नै संविधान दिवस मनाउँदै छन् अरे
न्याय विना जनता बिरोध जनाउँदै छन् अरे ।
किन! सर्कार यो घटना जालजेल गर्न खोज्छ?
त्यही दोषी उम्काउने योजना बनाउँदै छन् अरे ।
फर्किए निर्मलाका बाबा आमा कन्चनपुर तिरै,
न्याय माग्दै कन्चनपुरमा राँको जलाउँदै छन् अरे।
जिन्दगी मेरो असफल कहानी भएछ
जीवन भरि तड्पीदै रूने बानी भएछ ।
केवल बनावटी मायामा फस्दै रहेछु म
उस्को मन मष्तिष्कमा अर्कै रानी भएछ ।
देखायौ हजारौं झुठा मायारूपी जालहरू,
साथमा छुट्टै मनकी प्यारी सानी भएछ ।
गजल– १,
कूलको मर्यादा सदैव धानेकी छु
बंशजको परम्परा सधैँ मानेकी छु ।
सबै अग्रज मेरा मान्यजनहरूका
अर्तीज्ञान लिएर बढ्न जानेकी छु ।
चलेको छ यहाँ मिनीस्कट र जामा
मैले त हाम्रै चौवन्दी नै छानेकी छु ।
परिवारमा छोरा जन्मदा दीयो बालेको देखेँ
त्यहीघरमा छोरीलाई गर्भ मै फालेको देखेँ ।
जब, बाबु आमा बृद्धआश्रम लैजान्छ छोराले
पुनश्चः छोरीले तिनै बुवा आमा पालेको देखे ।
शुसिल र सहनशिल हुन्छन् नारी समाजमा
आफ्ना मान्यजनहरूको आज्ञा मानेको देखे ।
जन्मिएर यश धर्तीमा भातै खाने हो,
वृहत धनी मरेर नि घाटै जाने हो ।
बाचुन्जेल धर्म गर्नु, शर्म बचाएर
विविध कर्म मरीजाँदा, साथै लाने हो।
किन गर्नु बैरी भाव मानव जीवनमा
धनी गरिव जो छ खाली हातै माने हो ।
प्रेमले दिल चोरी गोडेर गयौ
आफैँ बिच बाटोमा छोडेर गयौ ।
सँगै ज्यूँने मर्ने वादा थियो हाम्रो
अनायासै त्यो मार्ग मोडेर गयौ ।
तिम्रै मायामा सजिएको यो छाती
वचन – वाँणले हान्दै फोडेर गयौ ।
प्रलोभनमा इमान जोडेर हेर
वेइमानको विमान फोडेर हेर ।
सेवामुखी हुन्छ मानविय चोला
त्यो घमण्डी पनालार्इ छोडेर हेर ।
संसारिक वनावट छ साह्रै सुन्दर
प्रकृतिको वगैँचालार्इ गोडेर हेर ।
ए सरकार ! न जोत्यौ खेत नलगायौ आली ।
कामै बिना आशगर्छौ जनताको वा!वा! र ताली ।
फटाहा छौ अनि धुर्तभयौ गरेनौ दशको निम्ति
देखायौ पारा आफैँले बन्यौ खिया लागेको फाली ।
सक्दैनौं गर्न केही गुहार्छौ विदेशीहरूलाई नै
गछौ केबल झुटो भाषण र आमसभा खाली ।
तिमी छौ र पो जिन्दगीमा मस्तीजस्तो लाग्छ
पोहोर भा’को भेट हाम्रो अस्ती जस्तो लाग्छ ।
तिम्रो साथ बसेको छु मलाई स्वर्गसरी
सबै उजाड गाउँ सुन्दर बस्ती जस्तो लाग्छ ।
दुःख गरें कष्ट गरें कयौं पटक जिन्दगीमा
जे जे गरें सबैकुरा जबर्जस्ति जस्तो लाग्छ ।
गजल– १,
कसरी गरौं म तिमीसंग प्रीतका कुरा ।
कविताका कुरा ,पुराना गीतका कुरा ।
चराइरहेको त्यो घाउमा मलम बनेर ,
बिहानीको मिर्मिरेमा शीतका कुरा।।
हृदयभरि साँचेका छौ हजारौं कल्पनाहरु ,
कसरी बयान गरौं अब तिम्रा जीतका कुरा ।।
देशको निम्ति तिमी केही गरेर त हेर
सहिद बनी देशको लागि मरेर त हेर
जिवन एउटा संघर्ष हो भन्ने कुरा सम्झी
एक दुई कदम अघि पाइला सरेर त हेर
रंङ्ग मञ्च जस्तो कहा हन्छ जिन्दगी यो
बाधा अड्चनहरु काटी सागर तरेर त हेर
(झ्याउरे लयमा)
असारे पानी साउने झरी दर्कियो किन हो ?
तिमीलाई भेट्न दरौदी खोला फर्कियो किन हो?
थिएनौ त्यस्तो नराम्रो जस्तो छल गर्यौ गर्नलाई
त्यसैले आज यो छाति मेरो चर्कियो किन हो?
खुर्खुरे बाटो हामफाल्दा मैले भनिन ऐया नी
त्यै मेरो गोडा सुकुलमा टेक्दा मर्कियो किन हो ?
मनमुटुमा तिम्रो तस्बिर टासेको छु कालू
तिमीलाई नै भेट्ने आशामा बाचेको छु कालू
यादै यादले नाजुक भयो जिन्दगानी आज
अझै पनि यो दिलभित्रै राखेको छु कालू ।।
ओभर फेसनले बिग्रियो दुनिया यहाँ
लाउनै छाडे सारी चोली र गुनिया यहाँ
भुले सबैले खान मकै भटमास खाजा
चाहिन्छ खाजा चाउमिन र बुनिया यहाँ ।
प्रेममा नै मान्छे जीएको छ
प्रेममा नै मान्छे पिएको छ
कस्तो रैछ माया भन्ने चिज
यसले ज्यान पनि लिएको छ
माया भन्ने कुरा बुझ्नै भो गार्हो
कतिको यस्ले ज्यान खिएकोछ
बर्ष दिन भो मैले तिमीलाई देख्न पाको छैन
खुशी मनले तिम्रो नाम लेख्न पाको छैन ।
कति तड्पिएर रात काट्छु सानु मैले यहाँ
मायाको अपार तिमीलाई थेक्न पाको छैन ।
कति अभागी यि रातहरू छिट्टै घाम लाग्ने
सपनीमै तिम्रो पाइला छेक्न पाको छैन ।