बहरबद्ध गजल

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

जिन्दगीमा गर्नु पर्ने काम बाँकी छ अझै
यो जगतमा चिन्नु पर्ने नाम बाँकी छ अझै

भेटिएको त्यो पुरानो ठाम बाँकी छ अझै
गौधुलीको एक मुट्ठी घाम बाँकी छ अझै

देखिएका घाउ सारा मेटिएकाछन् तर
शव्दबाट पीटिएका डाम बाँकी छ अझै ।

 

Continue reading


बहरबद्ध गजल

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

जिन्दगीमा गर्नु पर्ने काम बाँकी छ अझै
यो जगतमा चिन्नु पर्ने नाम बाँकी छ अझै

भेटिएको त्यो पुरानो ठाम बाँकी छ अझै
गौधुलीको एक मुट्ठी घाम बाँकी छ अझै

देखिएका घाउ सारा मेटिएकाछन् तर
शव्दबाट पीटिएका डाम बाँकी छ अझै

 

Continue reading


गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

तिमी हैन मेरो त्यसै लोभिएँछु
चलायौ नजरले म ता पोखिएँछु

नसक्ता नि तिम्रो हुनैमा म आज
परैबाट तिम्रो अधर त्यो पिएँछु

तिमी रोज्न थाले यि प्यासी नयनले
नजानी नजानी नजिक भै दिएँछु

 

Continue reading


म यस्ती कविता लेखूँ ???

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल,  pallawa, पल्ल

दुर्गाप्रसाद पोख्रेल

म यस्ती कविता लेखूँ जनले मनले पढोस्
हटेर दुःख आपत्ति सम्पत्ति सबको बढोस्
शव्द चातुर्यले युक्त भाव माधुर्यकी झरी
ती मेरी कविता देख्दा तृप्ति होस् जिन्दगी भरी ।१।

अधुरो जिन्दगी होला मधुरो कविता नहोस्
मधुरो जिन्दगी होला अधुरो कविता नहोस्
जिन्दगी कविता बाँचोस् म बाँचू कवितासँग
नबितोस् स्वप्नको साँझ व्यर्थका रमितासँग ।२।

 

Continue reading


बहरबद्ध गज़ल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

तिमी हैन मेरो त्यसै लोभिएँछु
चलायौ नजरले म ता पोखिएँछु

नसक्ता नि तिम्रो हुनैमा म आज
परैबाट तिम्रो अधर त्यो पिएँछु

तिमी रोज्न थाले यि प्यासी नयनले
नजानी नजानी नजिक भै दिएँछु

 

Continue reading


गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

गएथेँ सँगै हुत्तिएरै म एक्पल्
भएथेँ खुशी पोखिएरै म एक्पल्

कयौँ रात मैले बिताएँ रुँदा नै
जवानी सबै रित्तिएरै म एक्पल

समेट्नै नसक्ने भयो जिन्दगानी
कसोरी म टालौँ सिएरै म एक्पल

 

Continue reading


भानुभक्त को बारेम केहप् पङ्ति

 

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

रमेर काब्यमा सधै बनाइ पूर्ण जिन्दगी
चरेर ज्योति ज्ञानको दिएर देह बन्धगी ।
रचेर काब्यमा सधैँ तिमी त प्राँण भर्दछौ
भरेर ज्ञान काब्यमा खुबै सुगन्ध छर्दछौ ।।

पुगेर गाउँ गाउँमा जडेर काव्य रामको
भएछ सोच ब्यक्तिमा रमेर पढ्नु पर्छ यो ।
छ भानुभक्त काब्यको मिठास स्वाद भिन्नता
पढेर मिल्छ तृप्तता हटेर जान्छ खिन्नता ।।

 

Continue reading


गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

आँखीझ्यालमा बस्नेहरुको ।
झुटो मायामा फस्नेहरूको ।।

सक्नु पर्छ गर्न तिरस्कार ।
पिरती गाँसी डस्नेहरुको ।।

चोखो माया दिने बाचा गरी ।
अन्तिम क्षणमा कस्नेहरुको ।।

 

Continue reading


दुइ मुक्तक

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

निलो आकास भो रातो, यहाँ माटो विरामी छ
हिमाली ह्यूँ भयो तातो, यहाँ माटो विरामी छ
लडेकाछन्, भिडेकाछन्, यहाँ आफ्नै शिरा – धम्नी
जता हेर्यो उतै टाटो, यहाँ माटो विरामी छ ।
(1222×4)

मेरा यी हिम टाकुरा गगनमा छुन्छन् कि छुन्छन् कि झैँ
सेता ताज सधैँ मुहार हँसिला बोल्छन् कि बोल्छन् कि झैँ
यिन्को चुम्बन गर्न यो गगनका द्यौता धरी झर्दछन्
कस्तो सुन्दर सृष्टि भो सुनहला स्रष्टा स्वयम् दङ्ग छन् ।

(छन्द ः शार्दूल विक्रीडित, म स ज स त त गु)

 

Continue reading


बहरबद्ध गजल

Husain,Khan,  हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

चाँदनी रात झल्मलाएछ
जिन्दगी सङ्ग मुस्कुराएछ

आँगनीमा मिठो हवा चल्दा
मख्मली फूल मग्मगाएछ

कोइली मस्तछिन् कु- कू गर्दै
फेरि फर्की बहार आएछ

 

Continue reading


मेरो नेपाल

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

धरामा सुमेरू छ नेपाल मेरो
यही नै दिलैको सुसञ्जाल मेरो
तरार्इ-पहाडी-हिमाली स्वरूप
मिलेरै बनेको छ मायालु रूप
।१।
कहीँ देउराली कहीँ दून-डाँडा
यहाँ भीरपाखा रहेछन् हजार
कतै लेक-बेसी कतै खर्च-टार
जडीबूटिकै हो ठुलो नै भँडार
।२।

 

Continue reading


मेरी मृत्तिका

Husain,Khan, हुसैन खाँ, pallawa, पल्ल

हुसैन खाँ

मृत्तिका देशको चुम्न पाऊँ सधैँ
राष्ट्रकै मटि्टमा रम्न पाऊँ सधैँ
मृत्तिकाले दिइन् रत्नझैँ जिन्दगी
सम्झनामा रहून् यी पला औ घडी
।१।
ओममा शान्तिकी छ्यौ किनारा तिमी
सत्यमा जीतकी सत्य नारा तिमी
ज्यान नै हौ तिमी प्राण नै हौ तिमी
सत्य चैतन्यकी वाटिका हौ तिमी
।२।

Continue reading


बहरबध्द गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

चमेरी भँगेरी नभन्नू हजुर्ले
लठेप्री गठेरी नभन्नु हजुर्ले ।

दिने छैन माया तलाई म भन्दै
त छुच्चि अटेरी नभन्नू हजुर्ले ।

त ब्यर्थै नि मेरो खुशी हर्न आईस्
परै बस्नु फेरी नभन्नू हजुर्ले ।

 

Continue reading


बहरबद्ध गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

अचेल् भेट्न छोडी नभन्नू पुजाले
र बाचा नि तोडी नभन्नू पुजाले ।

नचाहे नि हिड्नै परेको छ मैले
घुमाएर मोडी नभन्नू पुजाले ।

कहाँ सक्छु होला हुनैमा हर्जुको
उतै बाग गोडी नभन्नू पुजाले ।

 

Continue reading


यस्ताे लाग्याे अाज ।

Bhawani , Kshetri, भवानी क्षेत्री, pallawa, पल्ल

भवानी क्षेत्री

झुठकाे खेती गर्नेहरु
उपयाेगकाे ब्याड राखेर
प्रयाेग गरिरहेछन्
मान्छेकाे जातलाई
अाफै।जाे सधै हारिरहेकाे छ
अाफ्नाे खुसीकाे निम्ति अरुलाई
बारम्बार मारिरहेकाे छ
तर पनि एकनासले
अाँसु झारिरहेकाे छ।
सुख शान्ती र खुसी केमा छ
बुझ्न नसकेर अाफैलाई
अलमलमा पारिरहेकाे छ।

 

Continue reading


गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

अचेल् भेट्न छोडी नभन्नू हजुरले
र बाचा नि तोडी नभन्नू हजुरले ।

नचाहे नि हिड्नै परेको छ मैले
र बाटो नि मोडी नभन्नू हजुरले ।

कहाँ सक्छु होला भई बस्न तिम्रो
उतै बाग गोडी नभन्नू हजुरले ।

 

Continue reading


१० अक्षेरिय गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

आँखीझ्यालमा बस्नेहरुको ।
झुटो मायामा फस्नेहरूको ।।

सक्नु पर्छ गर्न तिरस्कार ।
पिरती गाँसी डस्नेहरुको ।।

चोखो माया दिने बाचा गरी ।
अन्तिम क्षणमा कस्नेहरुको ।।

 

Continue reading


१६ अक्षेरिय गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

बोलीको ठेगान नभएको मुख बोल्छ यहाँ ।
पुर्ण ठोकिएर मान्छे भुलचुक बोल्छ यहाँ ।।

कैदिलाई सोध्नु पर्दैन ऊसको अपराध ।
नाडिमा बेरिएको जंजिरको हुक बोल्छ यहाँ ।।

सिधालार्इ सुली अनि चोरलार्इ चौतारो झैँ
विनाकर्जा निमुखामा तमसुक बोल्छ यहाँ ।

 

Continue reading


गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

नभन्नुहै एक प्याक लिएको छु आज
नसकेर खिउन डुंगा खिएको छु आज ।

केही छैन जिन्दगानी सपनाको महल
खोक्रो छाती ठटाउँदै जीएको छु आज ।

मायाले नै तिखाँएको मुटु भिजाउन
अमृत ठानि सोमरस पिएको छु आज ।

Continue reading


गजल

Puja, Khatiwada, पूजा खतिवडा, pallawa, पल्ल

पूजा खतिवडा

तिम्रो छेवैमा बसेकी थेँ लागी भन्यौ ।
अनि म तकेंर पर सरेँ भागि भन्यौ ।।

तिमीले ढाँट्यौ पछि त मैले पनि ढाँटे ।
तिम्रो ढाँट्ने बाँनीले पो अभागि भन्यौ ।।

भेट हुँदा फेसबुकहरूमा लेखेर ।
बनाएर क्यै कुरा पुनर्ताजागि भन्यौ ।।

 

Continue reading