मृत्युलाई पछार !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

भुज-पयर गलायो वृद्धताले सतायो
अति शिथिल जवानी लौ न होसै हरायो
अति कमसल आँखा, केश नै फुल्न थाल्यो
अघिपछि-तिर लौरो साथमा डुल्न थाल्यो !!

पतझर वनपाखा फेरिई पात लाग्छन्
चिरबिर चिडियाका कण्ठले प्रात डाक्छन्
शिशिरपछि लताले वृक्षमा बाट्छ चुल्ठो
तर गजब ! जवानी फिर्न जान्दैन उल्टो !!

 

Continue reading


गजल

Ghayal, Tiwari, Ghanashyam, घायल तिवारी (घनश्याम) pallawa, पल्लव

घायल तिवारी (घनश्याम)

जानजान तिम्रो मन,दुखाउँदिन मैले प्रिया।
लागेका चोटहरूकतै,लुकाउँदिन मैले प्रिया।

संसारको माया दिई अन्तर आत्मा छोए पनी।
धोके बाजलाई आत्मा,फुकाउँदिन मैले प्रिया।

कहिले काहीँ मातिन्छ दीमाग बिहोशीमा बरै।
तर मर्यादा र कर्तव्य ,चुकाउँदिन मैले प्रिया।

 

Continue reading


‘म र मेरो माटो’

Maiya, Subedi, Pokhara, मैया सुवेदी, pallawa, पल्लव

मैया सुवेदी

जति बेला जीवन
साँचो र पुर्ण थियो
त्यति बेला थिएन
मान्छेसँग आदर्श
र पनि
निश्चल,निष्कपट र स्वतन्त्र
थियो मेरो बाल्यकाल ।

सम्झिदा अनौठो लाग्छ
छचल्किन्छन् आँसुका बुँदहरु
किन की
यो मेरो माटोको आत्मकथा हो ।

Continue reading


गजल

Gaurav, Nawin , गौरव नबिन, pallawa, पल्लव

गौरव नबिन

हर अभावको अघि जित शान भैदियो
मायाको अघि समय बलवान् भैदियो

रहर दुबैको हुदा हुदै पनि घरमा
भाग्य फुटी उसको मेरो चिहान भैदियो

हृद् टुट्नु विवश बनायो हामीलाई
दोधार विवश शत्रु लाई बान भैदियो

 

Continue reading


गजल

AvAgi, RoShNi, अभागिनी रोशनी, pallawa, पल्लव

अभागिनी रोशनी

फुलबाट नै भमरा लुटियो समाचारमा आ’को छ
अचम्मको कुराहरू थियो समाचारमा आ’को छ ।

पत्थरिको अप्रेसन गर्ने भन्दै हस्पिटलमा आज
झुक्यार्इ मृगौला निकालियो समाचारमा आ’को छ ।

एक बालिकालार्इ दिनदाहाडै सामुहिक रूपमा
बलात्कार गरि मारियो समाचारमा आ’को छ ।

 

Continue reading


गजल

Sahitya, Premi, Sangam, Ghimire, साहित्य प्रेमी संगम घिमिरे , pallawa, पल्लव

साहित्य प्रेमी संगम घिमिरे

अचम्म अचम्मका हुदारहेछन ठुला मान्छेहरू ।
अँह बुझ्दैनन कति सानाको मन ठुला मान्छेहरू ।

बुढा बाआमालाई समेत वृद्धाआश्रम पठाएर,
किन देखाउछन् खराव लक्षण ठुला मान्छेहरू ।

तिमीले यति भन मात्रै,तारा झारौ या धर्ती उचालौ,
यसरी बाँडी रहेछन, आश्वासन ठुला मान्छेहरू ।

 

Continue reading


गजल

Dipak, Biwash, Aanshu, दिपक विश्वास ‘अाँसु‘, pallawa, पल्लव

दिपक विश्वास ‘अाँसु‘

उर्वशी नै भए पनि, भित्री मन खराब थियो,
तिखो वाणले घोचे जस्तो,उनले दिने जवाफ थियो।

मृग तृष्णा प्यासोवन,जवानीले मस्त थिईन,
हाई-हेल्लो मोवाईलमा,उनको बग्लै रवाफ थियो।

अर्धनग्न जिउडाल, अर्धनग्न शरीर उनको,
पश्चिमेली शैलीले,उनको छुट्टै प्रभाव थियो।

 

Continue reading


गजल

Dipak, Acharya, Jalan, दीपक अचार्य ‘जलन’, pallawa, पल्लव

दीपक अचार्य ‘जलन’

मोहनी ले बान्छ पिरती ले ज्यान
खान सम्म खान्छ पिरतिले ज्यान

दिमाग को फ्युज उडायर सधै
कि लिन्छ कि जान्छ पिरतिले ज्यान

माया गर्ने मान्छे प्रिय लाग्छ सधै
मुटु जस्तै मान्छ पिरति ले ज्यान ।

 

Continue reading


व्रत क्रान्ति

M.P., Aastha, ktm, एम. पि. आस्था, pallawa, पल्लव

एम. पि. आस्था

सुम्पिएर कसैको हातमा
आफ्ना कोमल हातहरु
लेख्दैमा मेहन्दीले उनैको नाम
नाडीभरि सजाउदैमा हरियो चुरा
कहाँ जितिन्छ र संसार ?
बरु बन्ने छ त्यही चुरा हतकडी
चुरासँगै फुट्ने छ्यौ व्यवहारका यज्ञहरुमा
मेहन्दीसँगै खुइलिने छन्
तिम्रा कामनाहरू!
कहिल्यै थाहा पाएकी छ्यौ
तिम्रो नाममा व्रत बसेका तिम्रा पति ?
सुनेकी छ्यौ कहिल्यै प्रार्थना गरेका तिम्रा नाममा ?

 

Continue reading


गम बयम्बु मगरका जोर गजल

Gam, Bayambu, Magar, गम बयम्बु मगर , pallawa, पल्लव

गम बयम्बु मगर

गजल– १,
तिम्रो रुपमा हराएँ, मन पराएँ
तिम्रै मायाँले भराएँ, मन पराएँ

प्यासी मनको, यो मेरो भँमरा
तिम्रै बगानमै चराएँ, मन पराएँ

अङ्गालोमा बेरिएर, प्रेमिल हुँदै
पिरतीमा लहराएँ, मन पराएँ

 

Continue reading


कृष्ण कुवँर जी का केही मुक्तक

Krishna, Kuwar, Ji, कृष्ण कुवँर जी, pallawa, पल्लव

कृष्ण कुवँर जी

यो मन्मा पीडा घिन सम्झेर रुन्छु
अरे रुन्छु छिन छिन सम्झेर रुन्छु ।
आफ्ना मान्छेले नि वचन दिएपछि
यहीँ वचन रात दिन सम्झेर रुन्छु ।।

आपसमा गर्ने मीठा बात भुलेछ
संगै घुमे फेरेको दिनरात भुलेछ ।
मेरै कारण यहाँ सम्म आर उस्ले
पहिलेको आफ्नो औकात भुलेछ ।।

 

Continue reading


गजल

Rai, Baburam, राई बाबुराम, pallawa, पल्लव

राई बाबुराम

देखाए नि त्यो ऐनाले जती सुन्दर चित्र!
कसै लाइ नि थाहा हुन्न के छ मन भित्र!!

नत माया नाप्ने जोख्ने कुनै कसी हुन्छ,
खै कसोरी जान्ने होला कुन माया पवित्र!

किन बन्यो कहिले बन्यो पैसा भन्ने चिज,
बिचमा जब आउंछ यो हुन्न आफ्नै मित्र!

 

Continue reading


चिन्तन्

‎Prativa, Poudel‎,, प्रभा पौडेल, pallawa, पल्लव

प्रतिभा पौडेल

माटो उर्वर हौसला अझ थपी त्यो जोस चम्काइदे
भ्रष्टाचार बिरुदका बिजयको आकाश झंकार दे
अर्काको पसिना चुसे जहरभै आक्रोस वर्षाइदे
निर्धा चुस्छ कुनै त काल कूट भै ढालेर उठ्नै नदे ।।

जो जो गर्दछ प्रेम भित्र दिलमा चिन्ता यहाँ देशको
उस्कै भाव छचल्किदो छ दिनहूँ भाषा तथा भेषको ।
बढ्दो मोहबिलासमा छ दुनियाँ बड्दैछ आडम्बर
धावा बोल्छ बिनासमा प्रकृतिको आघात मान्छिन् धरा ।।

 

Continue reading


कवि प्रकाशका तीन खण्डकाव्यः परिचयात्मक टिप्पणी

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

समिक्षित कृति र कृतिकार प्रकाश कोइराला

chandra, prasad, neupane,चन्द्रप्रसाद न्याैपाने, pallawa, पल्लव

चन्द्रप्रसाद न्याैपाने,

वाशेश्वर, सिन्धुली निवासी वेदराज र हर्ककुमारीले २०४४ साल फागुन २ गते प्रकाश कोइरालाको जन्म दिए । उनी अहिले कवि प्रकाश भएका छन् । शास्त्रीय छन्दको प्रयोग गरेर सरल, सुललित कविताका मालिक बन्न पुगेका छन् कवि प्रकाशजी । उनले आरुआरती (खण्डकाव्य, २०६५), यो देशको नाउँमा (खण्डकाव्य, २०६६) र जागृति जागरण (खण्डकाव्य, २०७०) प्रकाशन गरी कविता क्षेत्रमा आफूलाई परिचित गराएका छन् ।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिम्रै छेउछाउ भको आभास गर्दैछु म
होइन! साथैपो छौ भनी दङ पर्दैछु म
मीठो अनुभूतिमै कोल्टे फेरेछु कति प्रहर
सपनिकै भएनी खयालमा रङ भर्दैछु म ।।

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

 

Continue reading


प्रदिप प्रखर पोखरेलका केही मुक्तकहरूः

Pradip, Prakhar, Pokhrel, प्रदिप प्रखर पोखरेल, pallawa, पल्लव

प्रदिप प्रखर पोखरेल

सञ्चै छ?भनि सोध्छन मन दुखाउनेहरू
मल्हम किनेर दिन्छन तन दुखाउनेहरू
के साँच्चै दिलको घाउ पुरीएला र रूपैयाँले
बिमा गर्दिन्छु भन्छन जिवन दुखाउनेहरू

सुर्य आयो कि नजिक गर्मी बढ्यो यार
कम होइन अत्याधिक गर्मी बढ्यो यार
हाकिम सापको गर्मी एसीले छलिदिन्छ
भन्छ बिचरो श्रमिक गर्मी बढ्यो यार

 

Continue reading


बहरबद्ध गजल

Bhijal, Magar, Bhabuk , भिजल मगर भाबुक, pallaw, पल्लव

भिजल मगर भाबुक

यता गाउँ घरका कुरा बुझ्नु पर्छ
उता त्यो शहरका कुरा बुझ्नु पर्छ।।

इसारा बुझेनौ तिमीले सदनमा
त्यसैले नजरका कुरा बुझ्नु पर्छ ।।

रिसाएर आजs कता हिड्न थाल्यौं?
तिमीले सफरका कुरा बुझ्नु पर्छ ।।

 

Continue reading


भानु तिमी आऊ है !

Parbati, Bhatta, पार्वती भट्ट, pallawa, पल्लव

पार्वती भट्ट

तिम्रो जन्मजयन्ति हेर्न जगमा -भानु तिमी आऊ है !,
भाषा-संस्कृति-सभ्यता विगतको- आएर सम्झाऊ है!
तिम्रा कर्म समग्र जीवन कला – साहित्यका साधना,
भुल्ने छैनन् तथापि यी जगतले – लेलान् नयाँ प्रेरणा
।।१।।
घाँसीबाट लिएर अर्ती तिमीले – साहित्य यात्रा गर्यौ ,
छर्कि काव्यकला बनी हिमायती -दुर्भाव सबका हर्यौ
सच्च साधक राष्ट्रका आदिकवि -भिन्नै छ तिम्रो छवि,
तिमी सर्जक अनुवादक महान – हौ काव्यका सौरभी
।।२।।

 

Continue reading


गजल

Ram, Kumar, Pradhan, राम कुमार प्रधान, pallawa, पल्लव

राम कुमार प्रधान,

भोको पेटलाई दुई छाकको मात्र पिर छ ,
धनीको घरमा चौरासीब्यञ्जन र खिर छ |

केही गरौँभन्ने आँटले पाईला चाल्नखोज्दा,
अभागीको भाग्यमा जता गए पनि भिर छ ।

गरिबको छोरा योग्य भए पनि हली बन्ने ,
धनी र भ्रष्टकै छोराको भाग्यमानी शिर छ ।

 

Continue reading


चन्द्रप्रसाद जैशीका केही मुक्तक्हरूः

Chandra, Prasad, Jaisi,  चन्द्रप्रसाद जैशी, pallawa, पल्लव

चन्द्रप्रसाद जैशी

हिजो औधी थियो माया लाग्थ्यो रहर पनि
सुनौलो र सुघन्धित भई जाग्थ्यो शहर पनि
प्राण धान्ने मुटुपनी निचोरि दियो आज्
पिडा भन्दा सहज लाग्छ लिदा जहर पनि

देशलाई आधार बनायार प्रती आरोप गर्छन किन्।
कामै गर्न नसक्नेले राजनीतिक शात्र पढ्छन किन्।
बन्द हर्ताल नारा जुलुस ढुङा मुडा गर्ने किन्,,
सक्दैनन र बिकल्प खोज्न यस्मै अघी बड्छन किन।।

 

Continue reading