गजल

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

छोडी गयौ निष्ठुरी भै ऑसु पिई बसेको छु
एउटा फोटो थियो तिम्रो त्यही लिई बसेको छु ।

बाँच्नै पर्‍यो जीवन मैले पीडा भित्र सधैंभरि
धुजैधुजा भयो मन त्यसलाई सिई बसेको छु ।

न त सकें त्यो पल भुल्न न त साथमा रमाउन
विक्षिप्त भै यो संसारमा मुटु खिई बसेको छु ।

 

Continue reading


शुभकामना छोरालार्इ

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

तिमी रूदा पहिलो चोटि
तिम्री आमा हाॅसेको दिन
मृत्युको प्रहार सहेर
ऊ बाचेको दिन
जहाँ तिम्री आमाले, हामी
बा,आमा भएको खुसी बाॅडेकी थिई
र तिम्रो बाबाले जिम्मेवार बन्दै
आस्थाको क्यान्भासमा
भविष्यको चित्र कोरेको
त्यो दिन आजै हो छोरा
तिम्रो उमङ्गले भरिएको जन्मदिन
तिमी टुकु टुकु हिड्दाको खुसीमा–

 

Continue reading


मेरो छायॉ . . . . . .

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

मेरो छायॉ
मेरो सुख दुःखमा
एकान्त र कोलाहलमा
मेरो छायाॅ मसॅगै हुन्छ
मलाई पछ्याइरहन्छ।
काला औंशीका रातहरू भुलेर
चन्द्रमाको जूनसॅगै रमाउने मेरो छायाॅ
क्षितिज पारिको मीठो मुस्कान ममा पस्किदिन्छ
शीतका थोपा सुकाएर फक्रने फुलसॅगै रङ्ग पोखिदिन्छ
म मेरो अतीत मेरो वर्तमान
यसै भित्र पाउँछु, केवल यसै भित्र
टुकीको उज्यालोमा जब उसलाई पाउॅछु ।

 

Continue reading


निलकण्ठ सुवेदीका जोर गजल

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुवेदी

गजल– १,
सपनामा नआऊ तिमी कॉडे तार लागिसक्यो
पहिले जस्तो सहज छैन ठुलै बार लागिसक्यो ।

आकाश धर्ती एउटै हुन्न किन डुब्छ्यौ कल्पनामा
मौका छँदा सम्हालिनौ अर्कै सार लागिसक्यो ।

चिप्ला मिठा कुरा गर्‍यौ विश्वासमै अडिग रहें
सम्झिल्याउँदा विगतको जीवन हार लागिसक्यो ।

 

Continue reading


गजल…..

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

निष्ठुरीले असल केटो शहर तिरै पाइछन् क्यारे
बोल्न छाडिन् आजभोलि माया अन्तै लाइछन् क्यारे ।

पोहोर साल कलेज पढ्दा छुट्टिन नै मान्या हैन
यसपालि त के भएछ सम्पतिमा धाइछन् क्यारे ।

किसानको छोरा परें खेतको काम नि गर्नै पर्‍यो
ठुला ठुला महल छान्दै उस्कै गीत गाइछन् क्यारे ।

 

Continue reading


गजल…..

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

गोबर फाल्दा हात गन्हाउँछ मेरो घर आयौ भने
अप्ठेरोमा परौली नि अहिल्यै कसम खायौ भने !!

खुसी रहून सन्तान भनी कराउँछिन् हाम्री आमा
धेरै कराइन् बूढी भन्दै छुद्र बचन लायौ भने !!

एक रथका दुइ पङ्ग्रा दु:ख सुख बॉडने बेला
आशिर्वादलाई गाली सम्झी माइत तिरै धायौ भने

 

Continue reading


गजल….

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

यो दिल तिम्रो तिमीसँग बस्ने हो कि होइन
प्रेमको वर्षा त्यो मनबाट खस्ने हो कि होइन !!

सम्झनामै तड्पिएर महिना वर्ष गुज्रिसके
मायालुको न्यानो तापमा पस्ने हो कि होइन !!

हृदयमा सजाएर कहिलेसम्म राख्ने होला
आफ्नो अँगालोमा तिम्ले कस्ने हो कि होइन !!

 

Continue reading


गजल…

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

जनतालाई खुसी राख्ने राम्रा नेता आए हुन्थ्यो
दु:ख थियो तीनकोटीलाई अब सुख पाए हुन्थ्यो

मिठा मिठा भाषण गर्दै मख्ख पार्दै हिडाई रहे
झुठो नारा प्रचार किन,पुग्ने मात्रै गाए हुन्थ्यो

राहत छैन जनतालाई छाक टार्नै मुस्किल पर्छ
कमाउनको नियत नभै सत्कर्मले खाए हुन्थ्यो

 

Continue reading


गजल….

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

आमाको साथ औधी नै प्यारो ठमाइ बसौंला
बॉझो छ बारी खोस्रेर आफ्नै कमाइ बसौंला

सपना पूरा गर्नेछु आमा सम्झेर नरूनु
विरानो देश छोडेर घर जमाइ बसौंला

नझारे ऑसु सम्झेर छोरा मुग्लान बसेका
साहुको ऋण भुक्तान गरि थमाइ बसौंला

 

Continue reading


गजल…

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

धेरैलाई जीवनमा उतार चढाव आए होलान्
सधैं भरि दु:ख पीडा औधी हन्डर खाए होलान्

हॉसो भन्दा रोदन धेरै मानिसको जीन्दगीमा
आफन्तले आफन्तकै खुटृा तान्न लाए होलान्

सम्पत्तिमा रमाउनेको होडबाजी कति कति
सुर न तालमा नाच्दै तिन्ले गीत गाए होलान्

 

Continue reading


‘ए नयाँ वर्ष’

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

ए नयाँ वर्ष
तिमी सगरमाथाको शिखरबाट
शान्तिको सन्देश छर्दै आऊ
बुद्धको देश भनेर
म गर्व गर्न सकुँ
अन्तुको घामसंगै हॉसी खुसी रमाउँदै
सुनौलो बिहानी लिएर आऊ
थाती रहेका यात्रा सहजै पूरा गरी सुनौलो भविष्य नियाल्न सकुँ
वागमतिको आशिर्वाद लिएर आऊ
जहाँमेरा पुर्खाहरुको बिडो थाम्न सकुँ
तीनकोटी नेपालीमाझ
साझा आशा ,

 

Continue reading


अपरिवर्तित मानसिकता

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

गरिबका नाममा युद्ध छेडिए
तिरस्कारले सँधै बेरिए
संस्कारमा परिवर्तन आएन
जनताले राहत पाएन
राजनीतिको नाममा जुवा खेलियो
गरिबको नाममा झेल गरियो
सत्ताका लागि मिठा भाषण ठेलियो
परिवर्तनको नाममा होली खेलियो ।
सुख र शान्तिको श्वास फेर्ने
विकासको नाममा नाम फेरिए
यहाँ
गाउँ पञ्चायत वाट
गा.वि.स.,गाउँ पालिका –

 

Continue reading


‘अपरिवर्तित मानसिकता’

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

अपरिवर्तित मानसिकता
गरिबका नाममा युद्ध छेडिए
तिरस्कारले सँधै बेरिए
संस्कारमा परिवर्तन आएन
जनताले राहत पाएन
राजनीतिको नाममा जुवा खेलियो
गरिबको नाममा झेल गरियो
सत्ताका लागि मिठा भाषण ठेलियो
परिवर्तनको नाममा होली खेलियो ।
सुख र शान्तिको श्वास फेर्ने
विकासको नाममा नाम फेरिए ।।

 

Continue reading


गजल….

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

सपना घरको ब्यथा छ ठुलो बिरानो देशमा
बेलामा छैन औषधी मुलो बिरानो देशमा ।

बिरामी पर्दा न कठै भन्छन् विदेशीहरूले
जोखिन्न काम छैन नि तुलो बिरानो देशमा ।

बेलामा खान पाइन्न यहॉ कामैको चटारो
काम गरे मात्रै बल्दछ चुलो बिरानो देशमा ।

 

Continue reading


गजल….

Nilkantha, Subedi, निलकण्ठ सुबेदी, pallawa,पल्लव

निलकण्ठ सुबेदी

मायॉलु तिमी हृदय खोली हॉसेर बोलिदेऊ
असाध्यै राम्रो पीरती आफै गॉसेर बोलिदेऊ ।

अधुरा भए चाहना सबै दिक्दारी मनमा
पुराना कथा लुकाई ब्यथा सॉचेर बोलिदेऊ ।

कसरी खोल्ने मनको कुरा दोमन भएर
समय बित्यो आएर आज ऑटेर बोलिदेऊ ।

 

Continue reading