नेपाल जागारण

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

सक्छौ मार्न भने कुभाव मनको, सर्लक्क मार्ने गर ।
सक्छौ जित्न भने स—क्रोध मनको, हाँसेर जित्ने गर ।।
सक्छौ खान भने बिभिन्न रसमा, त्यै रीस खाऊ बरु ।
सक्छौ प्यून भने सुशान्त मनले, श्री भक्ति पीए बरु ।।१।।

पैरन्छौ पहिरे इमान भनिने, त्यो शब्द बिश्लेषण ।
बोल्छौ बोल्न सिके सु—सत्य महिमा, मर्दैन कैल्यै मन ।।
लिन्छौ लेउ सुयोग्य के छ लिनमा, बिश्वाश औ साधना ।
दिन्छै देउ सुयोग्य के छ दिनमा, हो प्रेम संसारमा ।।२।।

 

Continue reading


कान्छी, साउने संक्रान्ति र बैंक ।।

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

स्याखु ओडेर कान्छाले, हल गोरु धपाउदै ।
हलो, जुवा र कोदालो, बिउ मुठो समाउँदै ।।१।।

पुगेछ खेतमा कान्छो, खेत जोत्न शुरु ग¥यो ।
सकेर जोतने काम, लिड्को ऊ लाउँदै थियो ।।२।।

कान्छाकी श्रीमती रातो, पिरो मुख बनाउँदै ।
पुगिछे खेतमा छिट्टै, अखबार समाउदै ।।३।।

 

Continue reading


बिचित्र छ पोखरा र मौसम

Narayan, Baral, नारायण बराल, pallawa, पल्लव

नारायण बराल

चैतैमा महिना भदौ सरहले, बर्षा भयो झर्झर ।
यन्त्रैमा तिन बज्नुमात्र त थियो, आषाढको तर्खर ।।
डम्मे बादल ढाकियो सगरमा, काले र नीले गरी ।
पारी क्षीतिजमा तथा बिचमहँ, मिल्मिल गरी मिल्किई ।.

क्वै बेला असिना तथा बरफले, बाटै पनी ढाकिने ।
क्वै बेला सगरै फुटेसरी गरी, निर्घात बर्षा हुने ।।
क्वै बेला रबिको रबाफ कसिलो, चर्का पिरा घामहुने ।
यी यस्तै घटना बिज्ञानहरुले, जल–बायुको नाम दिने ।।

 

Continue reading