महोत्सव

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

आज आनन्दको वृष्टिमा दृष्टि छ
तृप्तिको दीप्तिमा चम्किँदो सृष्टि छ ।
छन् हिलोमा फुलेका हली, सुन्दरी
वाह रे ! क्या मजाको असारे झरी ।।

धोइए वृक्षका पात – हाँगाहरू
वेगमा ओर्लिए शैल छाँगाहरू ।
फुक्न थाले सबै खुम्चिएका मन
अग्लिए व्योम – पातालमा वामन ।।

 

Continue reading


गजल

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

तिमी भूकम्प भै आयौ ढलेँ धरहरा भई
फेरि राहत ली आयौ ठडिएँ टहरा भई

अनादिदेखि छौँ हामी जोडिएका यसैगरी
तिमी वृक्ष भई फल्दा म जिएँ लहरा भई

अविच्छिन्न छ यो यात्रा सिन्धुमा हिमतालमा
फाँटमा यो नदी बन्छ लेकमा छहरा भई ।

 

Continue reading


नारायण नेपालका केही टुक्राहरूः

Narayan, Nepal, Dang, नारायण नेपाल, pallawa, पल्लव

नारायण नेपाल

चमेलीसित मागेथेँ सुगन्ध यसरी दिइन् ।
ममा सुगन्ध छर्केर मलाई तन्तनी पिइन् ।।
अबदेखि चमेली र म दुवै एउटै भयौँ ।
सामान्य जीव हौँ हामी प्रेमले देउतै भयौँ ।।

यी कोइलीस्वर उनै हरिबाँसुरी हुन्
यी कोपिला कुसुमका मनमाधुरी हुन् ।
लीला अखण्ड छ उही नव दृष्टिमात्रै
सौन्दर्य सङ्गति उही नव सृष्टिमात्रै ।।

 

Continue reading