आमाको स्मृतिमा’ बनेको ‘सत्यप्रेमी’को आँसुको दह छिचोल्दा….

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

Laxmidatta, Bhatta, Satyapremi, लक्ष्मी दत्त भट्ट 'सत्यप्रेमी', pallawa, पल्लव

कृतिकारः लक्ष्मी दत्त भट्ट ‘सत्यप्रेमी

सुदूर पश्चिमाञ्चलको साहित्यको रथका एक सारथी रहँदै गीत, गजल र कविता रचनामा सक्रिय जुझारु स्रष्टा लक्ष्मीदत्त भट्ट ‘सत्यप्रेमी’का ‘हाम्रो कर्तव्य र गन्तव्य’ (खण्डकाव्य, २०६३), ‘चाँदनीको व्यथा’ (गजलसङ्ग्रह, २०६८) र ‘आमाको स्मृतिमा’ (शोककाव्य, २०६९) गरी तीन कृतिहरू प्रकाशित भएका छन् । तीमध्ये यस आलेखमा ‘आमाको स्मृतिमा’ शोककाव्यकृतिको सङ्क्षिप्त मूल्याङ्कन गर्न खोजिएको छ । यसमा आफ्नी ममतामयी आमाको शोकमा मनका व्यथाहरूलाई मार्मिक ढङ्गमा प्रकट गर्न खोजिएको छ ।

 

Continue reading


सगरमाथा साहित्यमा मनोहर कुमार पोखरेल . . .

DSCF2983DSCF2988

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

राजविराज, ११ असोज । सगरमाथा अञ्चलको जेठो साहित्यिक संस्था सगरमाथा साहित्य परिषद् अर्थात सगरमाथा अञ्चलभरि बोलिने भाषाका श्रष्टाहरुको साझा र जेठो संस्थाकारूपमा २०४४ साल कात्तिक २५ गते राजविराजमा विधिवत स्थापना भएको थियो । सेही संस्थाकोतर्फबाट विजयादशमीको शुभकामना अदन–प्रदान गर्ने गरी अयेजित संस्थका बार्षिक साधारण सभाले अगामि कार्यकालका लागि मनोहरकुमार पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमितिकोगठन गरेको छ । संस्थाका उपस्थित सम्पूर्ण सभाषद सदस्यहरूको सर्वसम्मतीले गठित कार्यसमितिको उपाध्यक्षमा साधना झा, सचिवमा नन्दलाल आचार्य, सहसचिवमा अजयकुमार झा र कोषाध्यक्षमा कमला भन्साली रहनु भएको छ ।

 

३ कपि फोटो सहितको बाँकी समाचार पढ्नका लागि तलको पहेलो अक्षरमा क्लिक गर्नुहोस । Continue reading


अग्रगामी परिवर्तनका लागि क्रान्तिको ‘शङ्खघोष’

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

समीक्षित कृति

समीक्षित कृति

‘शङ्खघोष’ नामक प्रस्तुत पुस्तक झाका नौवटा निबन्धहरूको बिटो हो । यसमा समेटिएका सबै निबन्धहरू निजात्मक, आत्मपरक र साहित्यिक पाराका छन् । प्रत्येक निबन्धहरू आ-आफ्नै किसिमले पत्रात्मक ढाँचामा लेखिएका छन् । कसैलाई सम्बोधन नगरी पत्र हुन्न । यसमा रहेका प्रत्येक निबन्धमा कसै न कसैलाई सम्बोधन गरिएकै छ । रचना सम्बोधनात्मक हुनाले जसलाई सम्बोधन गरिएको हुन्छ उसैलाई माध्यम बनाएर सबै कुराहरू भनिएको हुन्छ । यस प्रकारको प्रस्तुतिमा आत्मीयता, निकटता र विश्वसनीयता प्रकट हुन्छ । यी विशेषता प्रस्तुत सँगालामा समेत प्रशस्तै पाइन्छन् । ‘यत्र नार्यस्तु पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ’ भन्ने मान्यताले ओतप्रोत भई अखबारी र साहित्य लेखनमा सक्रिय र्सजक करूणा झाको सद्य निबन्ध कृति ‘शङखघोष’ प्रकाशमा आएको छ । यो विशेष गरी महिला मुक्तिका आवाजहरू घन्काइएको निबन्ध सङ्ग्रह हो ।

 

Continue reading


आँखामा दुई व्यक्तिः रूप बेग्लै विचार एकै

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

सुनुसुनु मिथिलाके युवक जन, सुनु हमर ई प्रार्थना यौ

एहन सुन्नर मिथिला नगरी नही करू विध्वंस यौ ।

राग–द्वैष, इष्र्याके छोडि’क प्रेमके ज्योति जगाउ यौ

प्रेम’क चुम्बन सबसँ बाढि’क, प्रेमसँ सबके तानु यौ ।

बोरिया मा.वि., सप्तरीकी शिक्षिका किरण झाका यी गीती शब्दहरूका साथ कलम दौडाउन रुचाएँ । चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छु, स्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुई ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न ।

 

 

नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’ भिन्न, भिन्न स्थान र समयमा दुबैको एक आवाज सुन्न पाउँदा म हर्षले चकित भएँ । मेरो पत्थर हृदय पुलकित भयो । ती दुई ग्रामीण महापुरुष हुन्– उदयपुर, मुर्कुचीका तेजनारायण शेर्पा ‘रञ्जन’ र सप्तरी, पडरियाका आसिन मियाँ ।

अब म शेर्पा र मियाँको जीवन दर्शन कोट्याउने धृष्टता गर्दै छु । आफ्नो जीवनबारे मियाँ भन्छन्–‘सातमास मात्रै पुगेर जन्मेका मेरा पिताजी दुःखन मियाँ परिवारको एक्लो सदस्य हुनुहुँदो रहेछ । ‘एकटा बेटा के बेटा आ एकटा टका के टका’ भनेर साराले हजुरआमालाई अर्को विवाह गर्न उक्साएछन् । पिता गर्वमै छँदा हजुरवुवा अल्लाहकहाँ स्याहाश्रेस्ता बुझाउन निस्कनु भएकोले अर्को सन्तानको कुनै गुञ्जाइस् थिएन । अर्को विवाहपश्चात् मात्र अरू सन्तान हुनसक्ने अवस्था थियो । हाम्री हजुरआमाको अल्लाहप्रतिको अटल विश्वासका अगाडि समय पनि झुकेछ । यही एक छोराबाट म घरभरि सन्तान भएको हेरेर मात्र मर्छु भन्ने कुरामा उहाँ विश्वस्त हुनु भएछ । नभन्दै ठेलिया गाविस, गोरपारमा काकाकाकीको संरक्षणमा रहनुभएकी हाम्री माताजी भदलोसँग उहाँले विवाह गर्नुभएछ । जेठो सन्तानको रूपमा म वि.सं. २००६ सालमा जन्मेँ । म पछि ३ भाइ र ३ बहिनीले पनि जन्म लिए । घरभरि सन्तान हुँदा हजुरआमाको सपना र जपना त पूरा भयो तर आर्थिक दुरावस्थाले हाम्रो परिवारलाई नराम्ररी गाँज्यो । उमेर पुगेपछि गाउँकै मदरसामा मौलवी (शिक्षक) राखेर पढ्न थालेँ । पछि विवाद भएकोले मौलवी उठेर गयो अनि म चनौरा पडरिया नि.मा.वि.मा पढ्न थालेँ । पछि के.अ. स्कूलमा कक्षा ६, कक्षा उत्तीर्ण गरी राम्रो पढाइको अपेक्षा लिएर प.वि.मा.वि. मा भर्ना भएँ । परशुराम हेडसरको नेतृत्वमा त्यो स्कूलको पढाइ ज्यादै राम्रो थियो । आर्थिक कठिनाइका बाबजुत कोदाको रोटी खाएर र टेर्निङ्गको हाफ सर्ट–पेन्ट लगाएरै भए पनि कक्षा ८ उत्तीर्ण गरेँ । भाइबहिनीको लालनपोषणमा ध्यान पुर्‍याउन वाध्य हुनुभएकोले मातापिताले मेरो पढाइमा लगानी गर्न सक्नु भएन । पढाइलाई अधुरो छाडेर म सलाई कारखानामा मजदुरी गर्न थालेँ । त्यसले पनि नपुगेर मिल मजदुर भएँ । पछि खलासी भएँ । गुरुजी कहलाउन पनि सफल भएँ । ट्याक्टर, ट्रक, दिवा बस हुँदै मेरो गुरुजी कर्म नाइट बस चालकसम्म पुग्यो । जाँड–रक्सी नखाने र होसियारीका साथ गाडी हाँक्ने मेरो बानी थियो । त्यसैले म

चालक भएको गाडीमा नै यात्रुहरू यात्रा गर्न रुचाउँथे । म पनि सबैसँग विश्वासिलो व्यवहार गर्थेँ । सबैको प्रेम पाएको आभाष हुन्थ्यो । मैले रोजगारी भेटेको थिएँ भने गाडी मालिकहरूले पनि मेरो कार्यकालमा प्रशस्त मुनाफा आर्जन गरेका थिए । म कसैसँग निउँ खोज्दिनथेँ तर कतिपय मालिकहरूका नजरमा म प्रतिकूल पात्र ठहरिन पुगेको पनि छु । त्यसैले मैले गाडी चेन्ज गरिरहनु परेको तीतो अनुभव छ । म जहाँ पुग्थेँ, सबैको भलो हुन्थ्यो । मैले जागिर छाड्न विवश भए पछि भने मालिकहरूको जययात्रामा विराम लागेको पाएको छु । म लोलोपोतो गरेर मालिक रिझाउने पात्र नभई स्वाभिमानी शिर उच्च पारिरहने नेपाली मुसमानको बच्चो भएकोले म कसैले दबाउँदैमा दबिन मान्दिनथेँ । जीवनको उतारचढावलाई मैले सहर्ष पचाउँदै दुईचार पैसा कमाउँदै गएँ । अल्छी कुन चराको नाम हो भन्ने मलाई थाहा थिएन । गरिवीको रापले सेकिएर मलाई इस्पात बनाएको थियो । म कर्मद्वारा नौलो संसार रचना गर्न चाहन्थेँ । दु.खको स्वाद चाखिसकेकोले सुखको सुवास लिन रुचाउँथेँ । सबै खाले चाहना पूरा हुन सम्भव पनि छैन । धर्मपत्नीलाई पित्तमा पत्थरी भएको थाहा पाए पछि म साह्रै विचलित भएँ । पत्नीविनाको जीवनको कल्पना नै गर्न नसक्ने अवस्थामा थिएँ । बनेपा हस्पिटलमा पत्थरीको इलाज हुन्छ भन्ने थाहा भएपछि अलिक प्राण आयो । आफूले पाउने नौ हजार तलब मालिकसँग मागेँ । उनले आलटाल गरे । दिन मानेनन् । बीस हजार जुटाउनु थियो । मेरो लागि महासागर तर्नुझैं गाह्रो भयो । त्यस बेला आवेगमा आएर मैले मालिकलाई भनेको थिएँ– हेर्नुस् मालिक ! तपाईंको कारणले मेरी पत्नीको ज्यान तलमाथि भयो भने म गाडीसहित त्रिशुलीमा आत्मदाह गर्दिन्छु । उनीविनाको जीवन मैले कल्पना गरेको छैन ।

आवेशमा जे भने पनि जीवनका लागि जुध्नु नै थियो । जुधेँ । र, जितेँ पनि । पत्नीलाई मृत्युको मुखबाट बचाएँ तर जागिर चट भयो । सुखमा हाईहाई, दुःखमा बाईबाई गर्ने मालिकहरूको रवैयाबाट वाक्कदिक्क भएँ । केही दिन पछि माँ कंकालिनी नाइट बसमा जागिर भेटेँ ।

आम्दानीको ढोका पुनः खुल्यो । सुरुआतका दिनमा ठीकै थियो । पछि चालकहरूकै चुक्लीमा फँस्न पुगेँ । यस मियाँलाई धपाउनुपर्छ भनेर कतिपय चालकले खलासीसँग मिलेर मेरा विरुद्धमा कुरा लगाएछन् । पछि कुरा बुझ्दा थाहा पाइयो । न्युट्रलमा गाडी चलाउँदा रहेछन् र तेल कम खाँदो रहेछ । बदलामा प्रत्येक दिन दुई सय भत्ता पाउँदा रहेछन् । मलाई खलासीले आइडिया सुनायो । मैले पनि ओरालोमा त्यही विधि लागू गरेँ । काठमाडौं–राजविराज आवतजावत गर्दा सबैभन्दा कम तेल मैले हाँकेको गाडीले नै खाएको देखियो । त्यस दिनको अनुभवले म आत्तिएको थिएँ । मालिकबाट दुई सय बक्सिस त पाएँ तर त्यो पैसा मैले समाइन् । आफ्नो र यात्रुको जीवन हत्केलामा राखेर

दुई सयको प्रलोभनमा फँस्नु उचित लागेन । गाडीको इञ्जिन पनि थोत्रिने र दुर्घटनामा समेत परिने सम्भावना वताएर मालिकलाई सतर्क पार्न खोजेँ । ‘विनाशकाले विपरीत बुद्धि’ भनेझैं मालिक मेरा कुरामा विश्वस्त हुन सकेनन् । फलस्वरूप मैले जागिरबाट हातै धुनु पर्‍यो ।

जसो गरे पनि धोका बाहेक अर्थोक भेटिनँ । मैले जागिर त्यागेको एक हप्ता नवित्दै मुग्लिङ्ग क्षेत्रमा गाडी दुर्घटना परेर झा थरका चालक ठहरै भए । मनमा विरक्तता छायो । त्यस पछि एक दिन म मुस्लिम धर्मको इस्तमा (प्रवचन) सुन्न गएँ । मैले जीवन जिउने नौलो उपाय थाहा पाएँ । मान्छे मरेर केही लिएर जाँदैन । मात्र आफ्नो इमान, आफ्नो धर्म, अल्लाहको भक्ति लिएर जान्छ । भैंसी बेचेर खर्च जुटाई चार महिने इस्लाम ज्ञान सिकाइ मार्गमा होमिएँ । चार महिनामा धेरै ज्ञान सिकेँ । त्यसपछि मान्छे गुडाउने चालक नबन्ने निर्णयमा पुगेँ । चराचर जगत्को चालक नै साथमा भए पछि किन चालक बन्नुपर्‍यो र ! इज्जत दिने, दिलाउने, जियाउने, पिलाउने, बचाउने, हँसाउने, रुवाउने एक मात्र चालक अल्लाहको शरणमा पुगेपछि उनैले हरअसम्भवलाई सम्भव पारिदिन्छन् भनेर भक्तिमार्गमा एकोहोरिएँ । भगवान्सँग विन्ती गरेँ–मलाई आफ्नो घर मक्कामा बोलाएर हज गराई आफ्नै काम गर्न फर्काऊ । नभन्दै धर्मपत्नीका साथ हज गर्ने सौभाग्य मिल्यो ।

हज गरेपछि भने हलाल–हराम छुट्याउने, मानव–पशु भेद पर्गेल्ने दिमाग शिक्षाले मात्र दिन्छ भन्ने ठाने र आफ्नै निजी लगानीमा वि.सं. २०६६ सालमा सरकारी स्कूल खोलेँ– मदरसा आशिनियाँ दारुल उलुम राजविराज–२, चनौरा । सरकारी स्तरबाट शिक्षक व्यवस्थापनका लागि एक लाख अठसठ्ठी हजार वर्षको प्राप्त हुन्छ । त्यसमै केही रकम थपेर तीन शिक्षक र एक पियनलाई जागिर दिलाएको छु । त्यसमा उर्दू र फारसी १००÷१०० पूर्णाङ्कको समेत पढाइ हुन्छ । अहिले रातोदिन विद्यालयको पछि लागेको छु । जिशिका सप्तरीले ट्वाइलेट बनाउने खर्च दियो । दुई कोठे ट्वाइलेट निर्माण गरेको छु । विद्यार्थीहरूको चापलाई ख्याल गर्दै नयाँ पक्की भवन बनाइरहेको छु । अल्लाहले साथ दिएर सुविस्तै राखेमा यस मदरसा आशिनियाँ दारुल उलुम स्कूललाई उच्च मावि बनाउने धोको छ । अहिले विद्यालयको नाममा दुई कठ्ठा आधा घूर जग्गा छ । पछि आवश्यकता परेमा अरू थप्नेछु । बाँचुञ्जेल विद्यालय विकासमा समर्पित हुने र मरेपछि पनि विद्यालय सेरोफेरोमा नै समाधीस्त हुने इच्छा छ । कब्र (चिहान)का लागि स्थानसमेत चुन्ने इच्छा छ । मेरी धर्मपत्नी हाजी सगिरा मियाइन र म हाजी आशिन मियाँ दुबैको कब्र विद्यालय सेरोफेरोमा हुनेछ । बाँचुञ्जेल विद्यालयका पछि छौं, मरेपछि पनि यसका छेवैमा रहने परम इच्छा छ । यो सङ्कल्पलाई औपचारिक रूप दिन भने दिइएको छैन । चाँडै घर–सल्लाहमार्फत् औपचारिक निर्णय सार्वजनिक गर्नेछौँ । विद्यालय भवन, फर्निचर, बाटोघाटो, पुस्तक, पोशाक आदि क्षेत्रको व्यवस्थापनमा कमी छ । विद्यार्थी चापलाई समेट्न जनशक्ति व्यवस्थापनमा अभाव छ ।

मैले थालेको शिक्षाको यस जागरणलाई सफल पार्न हिन्दू–मुस्लिम–बौद्ध–क्रिस्चियन आदि सबै समूदायलाई हात र साथ दिन अनुरोध गर्दछु । सबै वर्ग÷समुदाय अट्न सक्ने र अटिरहेको पवित्र थलोको रूपमा विकास गरिरहेको छु । यसलाई हुर्काउन÷फुलाउन हार्दिक आह्वान् गर्दै आफ्ना भनाइलाई विश्राम दिन रुचाउँछु ।’

वि.सं. २००२ बैशाख ११ गते नामेटार–३, चित्रेथानमा आँखा खोलेर रौता–९, मुर्कुचीमा साहित्यको कलम समाउँदै, चित्रकारिताको कुची पक्रदै, काष्ठकलाको छिनो समाल्दै, मूर्तिकलामा घुँडा धस्दै र आयुर्वेदमा जडीबुटी घोट्दै जीवनरथ हाँकिरहेका तेजनारायण शेर्पा ‘रञ्जन’लाई नचिन्ने र नजान्ने मान्छे विरलै होलान् । ‘पूर्णिमा’ (इ.सं. १९७०, हिन्दी, नेपाली, मैथिली कविता सङ्ग्रह), ‘रौता महारानी भगवती चिनारी’ (२०५३, काव्य), ‘अधुरो’ (२०५६, कविता सङ्ग्रह), ‘कविको कविता मनभित्र’ (२०६९, कविता सङ्ग्रह) गरी चार कृति नेपाली साहित्य मन्दिरमा समर्पण गरी साहित्य, कला र जडिबुटीका माध्यमबाट लोककल्याणको मार्गमा दर्बिलो पाइला टेक्ने शेर्पा देशभक्त नेपाली हुन् ।

‘मुक्तिमार्ग’, ‘अक्षर’, ‘जडिबुटी विज्ञान’, ‘शरीर विज्ञान’, ‘आरोग्य विज्ञान’ गरी पाँच वटा पुस्तकका पाण्डुलिपी हातमा राखी प्रकाशक वा आर्थिक सहयोगीको खोजीमा निस्केका शेर्पाको अधिकांश समय जङ्गलमा वित्छ । उनी भन्छन्– ‘अरू ज्ञानविज्ञानका लागि सहर पस्छन्, धन कमाउन जागिर खान्छन्, कला सिक्न गुरुकहाँ धाउँछन्, ख्याति कमाउन ठूलाबडाको पाउ मोल्छन् । म भने सिर्फ जङ्गल पस्छु । त्यही ज्ञानविज्ञान छ, धन छ, गुरु छ, प्रशिद्धि छ ।’

सेतै फुलेको वयोवृद्ध काया लिएर आसिन मियाँ लोकोपकारी कार्यमा जुट्छन् । नेपाली मुसलमान भन्न रुचाउने उनी मैथिली कलासंस्कृति र भाषाभेषभूषामा गर्व गर्दछन् । मैथिली भाषीप्रेमी मात्र नभई उनी मैथिली जनजागरण मञ्चका केन्द्रीय अध्यक्ष समेत हुन् ।

आफ्नै वरबुताले खुलेको नजिकको विद्यालयका विद्यार्थीलाई नास्ता खुवाउन प्रत्येक शुक्रबार आफैं जुट्छन् । आफ्नो आम्दानीको केही अंश दीनहिन असहाय बालबालिका, वृद्धवृद्धाका लागि समर्पण गर्नु आफ्नो सनातन धर्म ठान्दछन् । रातोदिन कर्मपथमा सरिक भइरहने मियाँ मुखले भन्नुभन्दा बढी कार्य गरेर देखाइदिन्छन् । मियाँ थप्छन्– ‘हामी मिले स्वर्गीय सुख कसैले छिन्न सक्दैन । हामी नाडी हौं । काम गर्ने थरीथरीका औंला छन् । ती औंला दर्बिला हुन नाडी दह्रो हुुनुपर्छ । व्यक्तिभन्दा माथि उठेर समाजको सर्वाङ्गीण पक्षलाई नियाल्ने हो भने हामी सगरमाथाझैं अग्लिन सक्छौं । ईश्वर–अल्लाह आफ्ना ठाउँमा छन् । मानव कल्याणको धर्म गर्नु नै ईश्वर–अल्लाह प्राप्तिको श्रेष्ठ उपाय हो । हामी जतासुकै भौतारिए पनि गन्तव्यको राजमार्ग एकै छ । संसारको यस सृष्टिको एक उदाहरण बन्न मान्छे आतुर हुनुपर्छ ।

यसका लागि लोकोपकारी कार्यमा समय र साधन लगाउनुपर्छ । हाम्रो सानो योगदानले अरूले प्रोत्साहन भेट्छन् भने किन हामी नजुट्ने !’ उनी कुरैकुरामा शेर्पा अघि थप्छन्– ‘म केके गर्दै छु, त्यो यही छ । म शेर्पा हुनुपूर्व नेपाली हुँ । त्यसपूर्व मान्छे हुँ । मान्छेले

मान्छेसँग मानवीय व्यवहार गर्छ । दानवीय व्यवहार देखाउने मानव हुन सक्दैन । दानव भनिरहन पर्दैन । म दानवबाट बचेर अहिलेसम्म मानवकै श्रेणीमा उभिएको छु । मानव बन्न खोज्दा नै ९ वर्षको उमेरमा दरभङ्गा पुगेँ । होटलका जुठाभाँडाकुँडा समालेँ । पान, बिँडी, सलाईको बिक्रेता भएँ, ढोकाको रखबारी गरेँ । कैयौँ पटक सडकलाई बिस्तारा तुल्याएँ । ’

उनले सबै कुकुर काशी जान थाले गुहु कसले खाने भन्ने फुपूको प्रश्नको जवाफ खोज्दाखोज्दै संस्कृतमा शास्त्री समेत गरे । आइ.ए. परीक्षामा सफलता प्राप्त गरिसकेपछि बी.ए. तिर लम्कने सोच हुँदाहुँदै काकाज्यूको गुलियो बोलीमा मख्ख परे । उनी थप्छन्– हाम्रा छिमेकी र नातेदारहरू अमेरिकातिर लागे । म पनि प्रभावै प्रभावमा जान ठिकठाक परेँ । सोच्न थालेँ–अमेरिकामा गएर डलरमा साटिन्छु । गुन्दै जाँदा त कठिन श्रम र साधनाले एउटै मात्रै परिवार पालिँदो रहेछ, एउटै मात्र परिवार उक्सदोँ रहेछ । सारा नेपालले त मबाट केही पाउँदो रहेनछ । म संसारमा भएको चिनारी अमेरिकाले दिने कुरा आएन । मैले आफ्नो छोरालाई अमेरिका लखेटेको छु भनेर नेपालले भन्ने कुरा आएन ।

म विलखबन्दमा परेँ । जसले मलाई प्राण दियो, वायु दियो, जल दियो, अन्न दियो र उभिने धर्ती दियो त्यसलाई चटक्कै छाडेर हिँड्नु कृतघ्न हो भन्ठानेँ । जसले जन्मायो र टुकुटुकु हिँड्दै, कतिपय ठाउँ पछार्दै संसार देखायो, चिनायो बाँकी जीवन उसकै पाउमा समर्पण गरे उसैले पालनपोषण गर्छ, उसैले नाम दिन्छ । माम दिने काम पनि उसैको हुन्छ ।

जन्तरमन्तरमा विश्वास नगर्ने, धामीझाँक्रीलाई पाखण्ड मात्र ठान्ने मेरो जीवनलाई परिवर्तन गरिदिने काममा एउटा छेपारोको भूमिका छ । एक जना छिमेकीले छेपारालाई मोहनी लगाएछन् । खालि त्यो उनकै पछि दगुथ्र्यो । त्यो देखेर मैले पनि मन्त्र सिकेँ । प्रयोग गर्ने मन भयो । केमा गर्ने त ! केही दिन पछि नजरमा छेपारो नै आयो । सिद्धीप्राप्त भएकै थियो । मेले प्रयोग प्रारम्भ गरेँ । प्रभाव पर्दै गएछ । छेपारो मलाई पछ्याउन थाल्यो । म भाग्न थालेँ । जति भाग्थेँ, छेपारो उत्ति नजिक हुन थाल्यो । डरले मेरो होसहवास गुम हुन थाल्यो ।

भाग्ने क्रममा नै बलिरहेको आगो नाघेर म अघि बढेँ । मलाई पछ्याउँदै आएको छेपारोले बाटो मोडेन । सिधै आउँने हुँदा आगो पर्‍यो र जलेर खाग भयो । यस घटनाले मेरो मन अमिलो भयो । मैले मन्त्रसाधना पनि त्यागिदिएँ । यो लोककल्याणको बाटो नभएको ठहर गर्न पनि पछि परिन ।

मैले गरेको कामबाट ज्यान जाने होइन जोगिने काम हुनुपर्छ । म मानव कल्याणमा समर्पित रहनुपर्छ । मान्छेले सम्झिरहने मान्छेमा गनिनुपर्छ । ठगेर अकल्याण गर्नु भनेको धिक्कारको जीवन हो । त्यस्तो जीवनप्रति घृणा छ । म बढी सोच्ने, चिन्तन गर्ने र गुरुविना सिकेका र सिकिरहेकोे मान्छे हुँ । गुरु नथापीकनै मैले केही कुरा जानेँ । जानेका कुरा बाँडेँ । तर, गुरु हुन रुचाइन । गुरु जे भन्छन्, त्यत्तिमे सीमित हुनु दुर्भाग्य हो । मेरा गुरु जङ्गल हुन् । गुरुले अथाह ज्ञान दिइरहेका छन् । मैले सिक्न सकेको छैन । मेरो अर्को गुरु किताब हो । हर घडी थरिथरिका ज्ञान भेटिरहेको छु । त्यसकै आधारमा म अहिले ‘छेटु शेर्पा’ भनेर चिनिएको छु । धर्म गर्दिनँ, गुरु बन्दिनँ, ऋण बोकाउदिनँ, पाखण्ड लाद्दिनँ । तैपनि सामान्यदेखि असामान्यसम्मलाई सिकाइराखेको छु । दर्जनौं युवायुवतीलाई हर्वो तालिम दिएको छु । भर्खरै ६५ जना धामी÷झाँक्रीलाई प्रशिक्षण दिएको छु । रोगमुक्त समाज खडा पार्ने काममा जुटेको छु । शारीरिक पीडा कम गर्दै हरण गर्ने कार्य गर्दै आएको छु । हुन त किताबलाई आधार बनाएको छु तर मेरो ब्रह्मले सत्य ठहर गरेबमोजिम मात्र ओखतिमुलो गर्ने गरेको छु । चेतना छर्ने काममा होस् या होस् जगाउने काममा होस् आफूलाई हरपल होसियार बनाउँदै आएको छु । सात दशकको यो बुढ्यौली कायालाई विश्राम दिएको छैन । दिने मन पनि छैन ।

मेरो स्पष्ट मत छ– धामीझाँक्री समाजका अभिसाप होइनन्, बरदान हुन् । बरदान सावित हुन आजका धामीझाँक्रीले सुझबुझले काम चलाउनुपर्छ । पेटमा चुका भएको बिरामी होस् कि गानोगोला भएको वा बच्चा पेटमा रहेकी महिला नै किन नहोस् तिनीहरूलाई धामीझाँक्री कोशले विकार ठान्छ । त्यो विकारलाई निर्मूल पार्न भनेर अन्य झारफुक गरेर कहाँ हुन्छ । वैद्य–डाक्टरहरूबाट मात्र निदान सम्भव हुन्छ ।

मैले धामीझाँक्रीहरूलाई यी र यस्तै कुराहरूमा हरबखत सचेत पारिराखेको हुन्छु । नठगौँ । कालो भाले र बोकाको खोजी नगरौँ । काम नगरी दाम लिने काम अपराध हो भन्ठानौँ । जनसेवा नै परलोक सपार्ने उत्तम उपाय हो । अधर्मीले इहलोकमा केही समय मोज गर्ला तर परलोकमा कतै सुख मिल्दैन ।

Nanda Lal Acharya,  नन्दलाल आचार्य

 


मुर्कुचीका शेर्पा र पडरियाका मियाँः एकै मनका दुइ मुर्ति

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

व्यक्तिचित्रण
चालीस वसन्त फुलाइरहँदा मैले अनेकन् मान्छेहरू भेट्टाएको छु । सानो मनको मान्छे म ठूलो पार्ने ध्याउन्नमा बेस्कन किचिन्छु । थिचिन्छु । कहिलेकाँही मुण्टो उठाएर हेर्छुस्वार्थी संसारको एक पात्र आफूलाई भेट्छु । आफ्नै संसारलाई मतलव राखेन भने मुखमा माड नलाग्ने, मतलव राख्दा वैयक्तिक धरातल माथि उठ्न नसकिने अचम्भको लीलामा अल्झेको भेट्टाउँछु । मेरो सुझबुझले बुझेअनुसार मैले दुइ ठाउँ एकै मनका मान्छे फेला पारेँ जो दुनियाँ पहिले सोचेर पछि आफूलाई सोच्दछन् । ‘हामी, हामी हुनुभन्दा पहिले नेपाली हौँ, त्यस पछि मात्र दुनियाँ थरी हौँ । नेपालीको कर्तव्य पूरा नगरी हामी भन्नुको तात्पर्य रहन्न । नेपाली बनी सकेपछि मात्र हामी कोही मधेसी बन्छौं, कोही पहाडी हुन्छौं र कोही हिमाली कहलिन्छौं । त्यसपछि मात्रै शेर्पा कहलिएलाऔं, मियाँ भनिएलाऔं ।’

 

Continue reading


छ जना सहिद

 

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

चारैतिर सुनसान छ । गाडीहरूको आवाज पनि बन्द भइसकेको छ । रात गहिरिँदो छ । लेखक लेख्नमै मस्त छ । बिजुली छैन । पङ्खा घुम्दैन । इन्भटरको उज्यालोमा ऊ शब्द चुहाइरहेको छ । पसिनाले न्रि्रुक्क भिजेको छ । लेख्ने धुनमा पसिना पुछ्ने फुर्सद पनि छैन । लेखिरहेको कापी पनि भिजिरहेको छ ।  त्यस कोठामा हावा पस्न मनाही छ । हावासँगै मच्छड पनि छिर्ने भएकाले ढोका नउर्घार्न चेतावनी दिएर श्रीमती रात्री विश्राममा छे । ऊ गाउँकी नारी हो, सहर पसेकी छे । मच्छडबाट तर्सेछे । तर्सँदै निदाउन प्रयत्न गर्छे नभन्दै ऊ घुरेको आवाज लेखकको कानसम्म पुग्छ तर त्यसको हेक्का राख्दैन । पहिले नै कोठाभित्र छिरिसकेका कीराफट्ङ्ग्रा इन्भटरको त्यस उज्यालोमा भुम्मिन्छन् । त्यसको पनि उसलाई वास्ता छैन । एकोहोरो जोतिँदो छ ।

 

Continue reading


डाइस्पोरिक चिन्तनमा ‘धेरै पछि’का गीतकार ‘गगन’

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

धेरै पछि गाउँतिरै सानु बिर्से गाउँघरले आफ्नै गाउँमा भएँ म नौलो चिनेनन् कसैले ।  लेख्नु स्वयम् हिमाल चढ्नुझैं एक जटिल कार्य हो । अझ त्यसमा पनि गीति विधामा कलम चलाउनु समर लड्नुभन्दा गाह्रो काम हो । मनभित्र गुम्सेका गन्थनलाई लेख्य रूप दिन केही सजिलो होला तर ती कुराहरूलाई लेख्य रूप दिनु चानचुने कुरा पक्कै होइन । यसका लागि आँखाले देखेका कुरा हुबहु कागजमा उतार्न सक्ने सरल मन चाहिन्छ, तरल मन चाहिन्छ । वैयक्तिक संवेदनाहरुबाट अग्लिनुपर्छ । आफू स्वयम् अनुभूतिहरुमा पग्लिनुपर्छ । अनि मात्र प्रसव पीडा भोग्दै सन्तान जन्मिएझैं जन्मन्छ नवीन सिर्जना र प्रारम्भ हुन्छ नूतन अध्याय । त्यस्तै लामो समयदेखि विदेशी भूमिमा रहेर लेखन यात्रामा अविरल हिँडिरहेका र्सजक हुन्- केदार श्रेष्ठ ‘गगन’ ।

 

Continue reading


प्रेम जीवन मात्र हैन मृत्यु पनि

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

प्रिय मित्र,
कान हुनेसँग शब्द सुनाइन्छ, मन हुनेसँग मन साटिन्छ । अहिले तिम्रा लागि भनी शब्द सुनाउनुको कुनै अर्थ छैन । तिमीकहाँ मेरो मन पठाउने ध्येयले निर्रथक शब्दहरूको लहर बनाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु । एक छोरी र एक छोराले घेरिएकी, काखमा तिम्रो अनुहार हर्ेन नपाएको गर्भे टुहुरो छोरालाई लिएकी, रूञ्चे र श्वेत वस्त्रमा प्रस्तुत भएकी, बेल्टारको कुनै घरको आँगन पोलेर भित्र्याएकी त्रि्री धर्म पत्नीको दिनचर्या केवल घाम ताप्नुछ, त्रि्रै यादमा आँसु बगाउनुछ र पछुतोका शब्दहरू जोडेर एक्लै, एक्लै बरबराउनुछ ।

 

Continue reading


पत्र एकः प्रसङ्ग अनेक

 

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

प्रिय विनोद,
अटुट सम्झना !

 यता हामी स-परिवार कुसलमङ्गल छौँ । त्यता तिमी पनि कुसल छौँ र कुसलताका साथ दैनिक जीवनचर्या चलाइरहेका छौ भन्ने कुरामा विश्वस्त हुँदै पत्र लेख्न बसेको छु । निश्चय नै यस पत्रले लामो आयाम लिन सक्छ, धर्ैयतापर्ूवक पढेर प्रतिउत्तर लेख्ने छौ भन्ने आशामा छु । साथै, यसै पत्रमा अर्को पत्र गाँसिएर आउन सक्छ । अर्कै प्रसङ्ग समेत घुस्न सक्छ । त्यसलाई पढेर पनि तिमीमा एक किसिमको चेतना आउनेछ र गन्दे विगतलाई फ्यालेर नयाँ ऊर्जा प्राप्त हुनेछ भन्ने आश छ । अचेल त्रि्रा बारेमा अझ थपिएको छ चिन्ता । शङ्का छ, यत्रतत्र, र्सवत्र । कतै चिन्तामा परेको छ कि ! रोइरहेको छ कि ! भोकै परेको छ कि  ! शोकमा डुबेको छ कि ! कर्तव्य पथबाट चुक्दै छ कि ! घरपरिवार समझेर आफ्नो जीवनलाई धिकार्दै छ कि ! रहरलाई तिलाञ्जली दिएर वाध्यताको शिकार हुनु पर्दा असहजताको महसुस गर्दै छ कि ! जीवनको अध्याय यसै गरी पल्टाइरहनु पर्ला कि भन्ठान्दै छ कि !

Continue reading


कमजोरी समाजको कि शैक्षिक जगत्को !

 

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव
नन्दलाल आचार्य

प्यारी चेली,

सत्यङटनाका यि पत्रः एक शिक्षक

सन् २०१२ को मार्च ८ हिजो मात्र थियो र त्यो पनि हिजै सकियो । ठूल्ठूला नेतानेतृ र नीति निर्माताहरूले भव्य मञ्चमा भव्य कुराहरू गरे । ती कुराहरू आलिसान महलका मखमली विस्तारामा बसेर कथिएका थिए । ती उनीहरूकै लागि थिए । तिमी, हामीहरूका लागि थिएनन् । ती अहङ्कारीहरूका ललिपप चटाउने गफ थिए । थिए, ती जुरुक्कै उचाल्ने र छानामा पुर्‍याउने अनि एकै चोटि फ्यात्त भुइँमै खसाउने खालका !
हुन त प्यारी चेली ! तिमीलाई यी शब्द सुनाउनुको कुनै अर्थ छैन । र्सार्थकताविहीन, निर्रथक शब्दहरूको बिस्कुन फिँजाउँदै छु । घर जलिसकेपछि दमकल आउनुको कुनै मूल्य हुन्न । मन बुझाउने प्रयत्नस्वरूप मन खोल्दै छु । सिकेका सबकहरू फैलाउँदै छु ।

 

Continue reading


निःशुल्क नोकर्नी

Nandalal, Aacharya, -नन्दलाल आचार्य, pallawa, पल्लव

-नन्दलाल आचार्य

शनिबारको दिन थियो । ऊ ढिलै गरेर उठ्यो । दलानमा विद्यार्थी भरिएका रहेछन् । शनिबार पनि विद्यार्थी ! केही सोध्न आए होलान् भन्ठानी हत्त न पत्त दाँत माझ्यो, मुख धोयो । उनीहरू सामु बस्न तयार भयो ।
“सर ! अरू दिन मौकै पाइन्न । व्याकरणमा समस्या छ ।” किताब दिँदै छात्रा सोनाले भनिन् । उसले पनि उनीहरूसँग एक घण्टा वितायो ।
झल्याँस्स सम्झ्यो । ए ! आज शनिबारका दैनिक पत्रिकाहरूले मेरा रचनाहरू त छापिनन् भन्दै पत्रिका पसलतिर दौडियो । समयमा नपुगे पत्रिका किन्न त के हेर्न पनि नपाउने राजविराज क्षेत्रको शिक्षक थियो ऊ । नभन्दै एक दैनिकले ‘चार लघुकथा’ शीर्षकमा उसका लघुकथा छापिदिएछ । खुशी हुँदै रु. १०।- तिरेर पत्रिका लियो र साइकलको डालीमा राख्यो ।

 

Continue reading


अपाङ्ग प्रधानाध्यापक

Nandalal, Aacharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

‘जो परीक्षामा निरीक्षक बन्दा वा रिजल्ट निकाल्दा पदीय जिम्मेवारी निर्वाह गर्दैन, त्यसको नामावली मलाई दिनुस् । सख्त कार्वाही हुनेछ ।’ विद्यालय निर्देशकले आदेश दिएका थिए । मलाई बोर्डिङ्ग स्कूलको अपाङ्ग प्रशासक बन्नु जीवनकै दुर्भाग्य हो भन्ने महसुस थियो । त्यसैले पनि फुकिफुकी पाइला चाल्नुको विकल्प थिएन । शिक्षक कर्मचारीहरू कोही जानेर त कोही नजानेर काम बिगार्छन् । नजान्ने भन्दा पनि बुझपचाउनेहरूको सङ्ख्या बढी हुन्छ । कार्वाहीको सुरुवात कसबाट केका लागि गर्ने – म आफैँ निरुत्तर थिएँ । निरीक्षण गरेर कापी बुझाउने दिन २८ गते थियो । मैले सूची तयार पार्नु थियो । पार्नै पर्‍यो भनी सुरु गरेँ । स्कुल नै नआउनेको नामावली- रमेशकुमार, वसन्त, अजय ।

 

Continue reading


तामा खाने दुम्सी

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।
त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । ‘कस्को बच्चा रोयो’ भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो । उल्टै घरभित्र लगेर मलाई बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो ।
बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभएको थियो । बच्चा रुन सुरु गर्दा हामी सबै कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थ्यौँ । केही दिनसम्म यही क्रम दोहोरिरह्यो । तामाहरू चोरिँदा भए ।

 

Continue reading


देउता

nanda, lal , acharya, नन्दलाल आचार्य, pallawa

नन्दलाल आचार्य

म सानै थिएँ । धेरै कुरो बुझ्ने उमेर पनि भएको थिएन । एकदिन मानिसहरूले देउता ठानेर ढुङ्गो पुजेको थाहा पाएँ । कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै पर्‍यो भनेर एक रात मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति पुकारे पनि त्यसले आवाज निकालेन । ‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला, देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ । चारैतिर सुनसान थियो । बाहिर दलानमा बुबा मस्त न्रि्रामा हुनुहुन्थ्यो । म उहाँसँगै सिरकमा गुट्मुटिएँ ।

 

Continue reading


रहस्यमयी जीवनको खोज र प्राप्ती

Nandalal, Aacharya, नन्दलाल आचार्य, pallawa, पल्लव

भावानुवादः नन्दलाल आचार्य

– मूल लेखकः ओशो,
मेरा प्रिय आत्मन्,
आउँदा तीन दिनमा जीवनको खोजका सम्बन्धमा केही कुरा तपाईंहरुलाई भन्नेछु ।
भोलि बिहान मैले जीवनको खोजका सम्बन्धमा केही भन्नु अघि प्रारम्भिक रुपमा के भन्नु आवश्यक छ भने हामी जसलाई जीवन भन्दछौं, त्यसलाई जीवन भनी बुझने कुनै कारण छैन । र, हामी जसलाई जीवन भनिरहेका छौं त्यो जीवन होइन भन्ने स्पष्ट नहुञ्जेल, यथार्थ जीवनको खोज प्रारम्भ हुन सक्दैन ।
अन्धकारलाई नै कसैले प्रकाश मान्ने हो भने प्रकाशको खोज हुन सक्दैन ।
र, मृत्युलाई नै कसैले जीवन मान्ने हो भने जीवनबाट वञ्चित हुन पुग्छ ।
हामी जे बुझछौं, यदि त्यो गलत छ भने हाम्रो समस्त जीवनको परिणति पनि गलत नै हुन्छ । हाम्रो बुझाइमा हाम्रो खोज निर्भर हुन्छ ।
सबैभन्दा पहिला निवेदन गर्न चाहेको कुरा के हो भने असाध्यै थोरै व्यक्तिहरुलाई मात्र जीवन उपलब्ध हुन्छ ।

 

Continue reading


बोर्डिङ्गे माष्टर नन्दलाल आचार्य

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् ।
‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।
‘कथी भेलौ बौवा !’ -के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् ।
‘के हुनु र आमा ! स्कूलमा मरेर काम गर्छुयहाँ पनि स्कूलकै काम गर्नुपर्छ । गरेको देख्ने कोही होइन । काम पछि माम भेट्नुपर्ने हो तर यहाँ बाँच्नसम्म पाइन्न । भोकै र तिर्खै खटिरहनुपर्छ । यसो केही भन्न खोज्यो कि तलब दिएकै छ नि त भनिन्छ ।’ उनले दुखेसोका साथ स्पष्टीकरण दिए ।

 

Continue reading


नसिब

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

‘सर ! हम बहुत दुःखी लोग छी । कहियौ सुख नही भेटलियै ।’ -सर ! म धेरै दुःखी मान्छे हुँ । कहिल्यै सुख भेटिनँ ।) ठेलावालले पसिना पुछ्दै मनको पीडा ओकल्यो । ‘दुःख र सुख जीवनका दुइ पाटा हुन् । यी साथै रहन्छन् । एकलाई पन्छाए अर्काको समेत नाम रहन्न । दुःख पचाउनेले सुख भेट्छ, सुखलाई जतन गर्नेले लाभैलाभ आर्जन गर्छ ।’ मेरो कथन सुनेर ऊ आर्श्चर्यमा पर्‍यो ।
‘बात नही बुझलिए । कनि निक सँ कहु न ।’ -कुरा बुझिनँ । अलिक राम्ररी भन्नुस् न ।)
‘दुःखमा पनि हाँस्नुस् । सुखमा पनि सचेत रहनुस् । मैले भन्न खोजेको कुरा यही हो ।’ ‘कि हाँसब आओर कि सचेत हैबै । हमरा सभक नसिब खराब अछि ।’ -के हाँस्नू र के सचेत हुनू ! हामीहरूको भाग्य नै खराब छ ।) उसको जवाफले म अवाक भएँ र जवाफ फर्काउन नसकेर घोरिन थालेँ ।

 

Continue reading


वैष्णव

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

“कि कहै छी तूँ ! तोरा लग पानिनों नही पिवैत छी ।” -के भन्छस् तँ ! तँकहाँ म पानी पनि पिउदिनँ ।) गोरगाम्मा गाउँमा बस्ने शिवकुमारले फोनमै जवाफ फर्कायो ।  मसँगै १० वर्षउठबस गरेको मान्छे २ वर्षपछि नै किन यस्तो उट्पट्याङ्ग कुरा गर्दै छ । मेरो मनमा खुल्दुली मच्चियो । ऊ गाउँकै मान्छे भए पनि मेरो वारेमा मसँगै यस्ता बदनाम हुने कुरा नभन्नुपर्ने हो । म सोचमा डुबेँ । सफासुग्घरमा उसभन्दा एक कदम अघि छु । जागिर छ । समाजमा उसको भन्दा बढी सम्मान छ । म वैज्ञानिक चिन्तनले युक्त मान्छे, ऊ पनि एस.एल.सी.सम्म त विज्ञान पढेकै मान्छे हो । उसले जागिर पाएन त के भो ! घरपरिवार समालेर बसेको छ । दुइ वर्षअघिसम्म धर्मकर्मका कुरा मसँग नै सिक्ने गथ्र्यो ।

 

Continue reading


हावामा सर्टिफिकेट

nandalal, acharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

“कहिले राजधानी धाउँछु, कहिले घर पुग्छु, कहिले कहाँ हुन्छु, कहिले यहीं रहन्छु ! कुन बेला कुन चिजको खाँचो पर्छ भन्नै सकिँदैन ।” एकाएक रामाधिन एक्लै भुत्भुताइरहेका भेटिए ।   “भएको चाहिँ के हो -” मैले प्रश्न तेर्साएँ ।     उनको मनको फेहरिस्त बुझ्दा पत्ता लाग्यो- बल्लतल्ल राजी गराएछन् । विदेसबाट पैसा आएछ । त्यो पैसा लिन नागरिकताको फोटोकपी चाहियो रे । कहाँबाट नागरिकता पाउनु ! राजविराजमै छाडेर राजधानी भित्रेको तीन महिना टेकी सकेको थियो । प्राइभेट क्याम्पसको जागिर छाडेर पी.एच.डी. गर्ने कोसिस गरिरहेका थिए । सफलता हात परेको थिएन । कसै गरेर साथीहरूसँग आर्थिक सहयोग जुटाएर काठमाडौंमा टिक्ने ध्याउन्नमा थिए । विदेशमा बस्ने साथीको तर्फाट पैसा आएको थियो । पैसा निस्कन सकेको थिएन । घर पुगेर नागरिकता लिएर फर्किंदा, आएको पैसा पनि फर्की सक्ने प्रबल सम्भावना थियो ।

 

Continue reading


महाकवि विरुद्धको विचार

Nandalal, Aacharya, नन्दलाल आचार्य, pallawa, पल्लव

नन्दलाल आचार्य

१,
कविजी ! सुन्दर, शान्त, विशाल
त्यत्तिखेरको तिमो आँखाको नेपाल
र, आज छटपटाइरहेको
हाम्रो आँखाको वास्तविक नेपाल
तुलना गर्ने हिम्मत गर्दै छु,
कविजीका विरुद्ध उभिँदै छु ।
-हीरा सानो हुन्छ,/ मोती सानो हुन्छ,
अनि, मिष्टभाषी निर्मल शिशु सानो हुन्छ,
शरीर चलाउने मुटु सानो नै हुन्छ ।

 

Continue reading