धर्मानन्द भट्ट का जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) तिमी
मेरो प्राण तिमी तिमी हर खुशी लाग्दै छ त्यो जून हौ
लाग्ने गर्छ तिमी नसा रगत हौ औ सागको नून हौ ।
बाँच्ने आश तिमी तिमी अझ भनूँ हौ गास खाना पनि
गाना हौ रसिला तिमी कसम हौ छाना र नाना अनि ।।

स्वर्णै हार र धार लाग्छ खुकुरी औ लाग्छ संसार हौ
गाता पुस्तकको भई म सहजै बाँच्ने नि आधार हौ ।
खप्ने लात तिमी दुखी सडक हौ बाढी र गाडी म हूँ
फुल्ने फूल तिमी र पूल सरिता सिस्नो म झाडी त हूँ ।।

 

Continue reading


मेरो आँखाले देखेको ‘मन्दिर र माओ’ कवितासङ्ग्रहः

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

रामकुमार पण्डित क्षत्रीद्वारा लेखिएको प्रस्तुत पुस्तक २०७४ भाद्रमा शब्दार्थ प्रकाशन चाबेल,काठमाडौंबाट प्रकाशित भएको हो । लेखकको यो कृति ‘ देशको खोजी ‘ लघुकथा सङ्ग्रह -२०७१ र ‘ बुद्ध विचार ‘ बालकविता सङ्ग्रह -२०७३ पछिको तेस्रो हो । छोटोमा धेरै भन्ने प्रतीकात्मक शैली तथा कलात्मक व्यङ्ग्यको तीखो प्रस्तुति दिने कवि क्षत्रीले यसमा समेत त्यो शैली छोडेको पाइन्न नै । आफ्नो लेखनको दोस्रो दशकका कविको कृति मन्दिर र माओमा मेरा आँखा यसरी लाग्छन् :

 

Continue reading


धर्मानन्द भट्ट का तीन कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) नाच्दै छ जन्मस्थली
पैसा मोह भई उडेर म गएँ खोला हजारौं तरी
पुग्दा आज बिदेशमा मन उतै डुल्दै छ पाखाभरि ।
कामैकाम हुँदा हरेक क्षणमा सम्झें मुमा झल्झली
साँच्चै देश तथा दुबै नयनमा नाच्दै छ जन्मस्थली ।।

आमाका पदमा सधैं पदहरू जोड्ने म गर्थें उता
ए आमा म कुमार्गमा फसिगएँ डुल्दै छु ऐले कता ।
एक्लो आज यहाँ पहाड मनको भत्कीगयो खल्बली
मट्टी,पत्थर औ हवा,जल तथा नाच्दै छ जन्मस्थली ।।

 

Continue reading


धर्मानन्द भट्टका जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) ‘कर्म’
मौरी फूल चुसी हरेक दिन नै संगाल्छ मीठो मह
माछाले दिनरात दु:ख नभनी खेल्दै छ पौडी दह ।
चारो टिप्छ चरा उडी पवनमा पाल्नेछु बच्चा भनी
सानो हुन्छ तथापि बोक्छ कमिलो भारी ठुलो नै अनि ।।

मान्छे कर्म गरी न मर्छ बरु त्यो कैले नमर्ने हुने
खाए झैं खिचडी भरिन्छ मन यो राम्रा कुरा नै सुने ।
ढुङ्गा फल्छ बुझे यहाँ हर कुरा फल्नेछ हाम्रो घर
अल्छीसाथ बसे कुनै बखतमा फल्दैन केही तर ।।

 

Continue reading


आऊ घर

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

बाआमा,बहिनी र भाइहरुले औ भाउजूले अनि
तिम्रा यी पदचापका कणहरू छोरा र छोरी पनि ।
छोडी देश चटक्क नै किन गयौ ? टाढा कता हो पर
भन्दैछन् सब एकसाथ मनले फर्केर आऊ घर ।।

भन्ने बा अब ता सबै भइसके हुर्केर छोरा यता
छोरा जन्म हुँदा तिमी गगनमा उड्दै गएथ्यौ कता ।
बाआमा सबका यता भइसके चल्नै नसक्ने कर
पैसा हैन ठुलो बुझी घर तिमी फर्केर आऊ घर ।।

 

Continue reading


दशैंको दिन

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

अघिल्लो दिनको थकाइले म बिहान सात बजे उठें । घामले मेरो कोठामै पाइला टेकिसकेको थियो । जुरुक्क उठें । बाहिर गएँ ।मलाई आँखा निमोठ्दै गरेको देखी आमा,”छोरा गोरु,बाख्रा वनतिर खेदेर आइज” भन्दै कराउनुभयो । मैले आमालाई, ”आमा आज दशैं हो …किन तपाईं खेतमा ? ” भनें । आमा दशैं आइसक्यो र छोरा भन्दै घाँस काट्न छोड्भएन । मैले सम्झें कठै वर! बिहान जाँतो,टाढाबाट पानी,गोबर,आँगन … सबै मेरो आँखामा आए । म काठमाडौंबाट घर आएको तीन दिनमात्र भएको थियो । म गाउँमा दशैं मनाउन नै आएको थिएँ ।

 

Continue reading


बडाको दशैं !!!

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

हाम्रो आँगनमा उमङ्ग र खुशी बोकेर आयो दशैं
हाँस्दै गाउँ तथा सबै शहरमा नाचेर छायो दशैं ।
हाम्रो पर्व बुझी सबै मनहरू फर्केर आए घर
आशीर्वाद लिने दिने समय हो लिन्छन् र दिन्छन् वर ।।

धर्ती हाँस्छ निकै र हेर्छ सबको आस्था छ कस्तो भनी
भन्ने गर्छ उही यहाँ गरिब औ देख्दै छु मैले धनी ।
दुर्गाको मनमा बसी सब जना फालौं नराम्रो पनि
राम्रा सोच विचारले मन भरी धर्मै कमाऔं अनि ।।

 

Continue reading


धर्मानन्द भट्टका जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) नेपालका भाषा
नेपाली,अवधी,धिमाल,पहरी,थारू,उरौ,चाम्लिङ
सन्थाली,खरिया,किसान,मगही,लिम्बू,दरै,खालिङ ।
ह्यौल्मो,भोजपुरी,दुमी,मुसलमान्,उर्दू,घले,वालिङ
माझी,लिङ्खिम,याम्फु,हायु,अरबी,छिन्ताङ,नाछीरिङ ।।

शेर्पा,बेलहरे,भुजेल,चिनिया,जोन्खा,कुकी,कूलुङ
पन्जाबी,खस,कागते,बहिङ,लाप्चा,सोनहा,थूलुङ ।
अङ्ग्रेजी,सुनुवार,आठपरिया,साङ्केतिकै,जेरुङ
हिन्दी,स्पेनिस,मैथिली,बरम,मेवाहाङ औ तीलुङ ।।

 

Continue reading


धर्मानन्द भट्टका जोर कविता

Dharmanand, Bhatt, धर्मानन्द भट्ट, pallawa, पल्लव

धर्मानन्द भट्ट

१) यो देश हाम्रो घर
नौ रङ्गी छ चरी हिमाल बसने बिन्ती सुरक्षा गर
रक्षा गर्न फराकिला मनहरू लौ है तराई झर ।
आमासाथ बसी सहन्छु जहिले जे दु:ख पाऊँ तर
बाँच्नैपर्छ जुगौंजुगौं खुश भई यो देश हाम्रो घर ।।

वैरी दुश्मनले म बेच्छ कि भनी मान्दै छ आत्मा डर
ए सन्तानहरू लिएर खुकुरी मै मार्छु भन्दै सर ।
आँसु लोचनका सुके बगिकनै छोरा, म चाहिन्न र !
हाँस्नैपर्छ भनी म भन्छु नि मुमा यो देश हाम्रो घर ।।

 

Continue reading