धनराज गिरीका तीन टुक्राः

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

१) गजल
घुमाएर सारा सखी पोखरामा
पुगी दूर रारा कुना कन्दरामा

पुगौंला पियारी नदीमा गुफामा
कतै उर्वसीमा कतै अप्सरामा

रमाएर आऊ तिमी साथ मेरो
दिई ध्यान प्यारी पहाडी चरामा

 

Continue reading


नराजका वेदना

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

पाएन यो बाटिकाले भनेजस्तो माली
प्रमाणित यही कुरा भयो यसै पाली

फुल बन्न नपाउँदै झरे कोपिला यी
रोएको छ एकान्तमा चमेलीको डाली

मौरी भनी दियौं बास पर्यो अरिंगाल
फेरि पनि ठगिए है पुरै मेची काली

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

किन यति चर्चा हुन्छ उनको हरेक बोली
गर्छ तारिफ दुनियाँले हृदयनै खोली

उनको हरेक शैलीलाई बनाएर आख्यान
लगाई दिन्छ समयले फूलबुट्टे चोली

योजना छ उनको मनमा पक्कै केही गर्ने
हुनु पर्यो साथ दिने विवेकीको टोली .

 

Continue reading


धनराज भित्रको मनराज

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

बसी राजधानी पसी पोखरीमा
नुहाएर आयौ भदौरे झरीमा
तिमी राग मेरो तिमी गीत मेरो
तिमी धीत मेरो तिमी प्रीत मेरो

बनाएर राजा मलाई तिमीले
खुवाएर खाजा मलाई तिमीले
गरी धेर माया बनाएर रागी
भएँ भाग्यमानी थिएँ है अभागी

 

Continue reading


म बोल्ने मान्छे

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

न बोल्ने मान्छेको मन जब पढें यो जगतमा
कठै मात्रै लाग्यो बिरह थपियो यो लगतमा
छ कुण्ठा धेरै नै अनल मनमा क्रोध अति नै
छ पीडा पीडा नै विकल मनमा रोष अति नै

यही छामी छामी सफर गरियो छक्क परियो
बनी जोगी यस्तै गज़ब दशनामी ठहरियो
अहो कस्ता मान्छे दनकपुरमा रन्किन गए
बनी क्रोधी सारै कनकपुरमा थन्किन गए

 

Continue reading


नेपाल नेपाल होस्

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

आयो एक भएर लालनगरी हल्ला भयो लोकमा
कोही ढुक्क भए यहाँ नगरमा कोही परे शोकमा
छिर्के दाउ कतै थियो मुलुकमा ब्वाँसा थिए घातमा
गाँठो कस्सिन गो भयो गज़ब यो आहा भयो रातमा

धेरै घाउ बने कठै विगतमा रोयो चरी बेसरी
धेरै साहु बने अहो मुलुकमा राजा बने के गरी ?
राजा एक गए बने अझ बढी श्रीपेचधारी यहाँ
सत्ता खेल कठै बिचित्र हुन गो सारै गनायो यहाँ .

 

Continue reading


साहित्य सन्तोष

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

‘तिमी अऋणी हुन त चिट्ठा पर्नुपर्दछ साधुराम सेठ’– हरिकुमार शाहीको गर्जन । साधुरामले आफ्नै एकमात्र पुत्ररत्न दीपकको सामुन्नेमा आफ्नो पीडा सुनाए । दीपकले यो कुरा सुनिरह्यो । हो, अभावनगरमा मज्जासित भोकलाई नै भोजन बनाएर रमाएको थियो दीपक । मज्जासित भात खान पाएका दिन ऊ भन्थ्यो, ‘खाइयो’ । साधुराम धेरै सोझा र इमानदार । उनले कसैलाई पनि बेवकुफ बनाउन जानेनन् । ठग्ने कुरा त परै रह्यो । त्यो जमानामा चाहेको भए जमिनदार बन्न सक्थे । बाटोमा हिँड्दाहिँड्दै नयाँ कोट फेला पारे । कोट कसको थाहा पाए । कोटको भित्री गोजीमा रू. ४,००० । रू. ५०० ले एक बिगाहा जमिन आउने युग ।

 

Continue reading


यो कस्तो निर्णय हो ?

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

-प्रोफेसर अजीब,नाम अजीब काम पनि अजीब | घरका मान्छे छक्क,स्टाफ जिल्ल |”यो मान्छे यहाँ जन्मिन नहुने “स्टाफको
खासखुस |ऊ आफैंमा खुश |सदबहार मान्छे |कलेज आयो,पढायो,फुर्सदमा गफ लायो,हाँस्यो हँसायो | उनैको एउटा निर्णयले सारा
स्तब्ध |”के हो निर्णय ?”
—-हरेक साल प्रोफेसर अजीबले केही गरिब र जेहन्दार विद्यार्थीलाई बिशेष सहयोग गर्दै आएका छन् –बिगत पैंतीस सालदेखि
|बिद्यार्थी छनोट गर्ने उनको आफ्नै शैली छ |घर घर जाने,अभिभावक भेट्ने –घरको स्थिति हेर्ने र अनुशासन पहिलो प्राथमिकतामा
|कलेज टप गरेमा अझ उत्तम |उनको यो योजनाले धेरै असहायको कल्याण भयो |

 

Continue reading


यस्तै छ यो जिन्दगी

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

को मेरो ?पर को ?यहाँ शहरमा जानिन्न जानिन्न है
थोरै बात मिठो गरे स्वजन हो मानिन्न मानिन्न है
अप्ठेरो जब हुन्छ यो सफरमा जो साथ आयो भने
पायो साथ भने यही कहरमा सारै रमायो धने

केही रीस र राग छैन मनमा हो क्रोध वैरी सदा
कोही मित्र सखा कुनै निकटका छैनन् पियारा भदा
सारा एक समान यो नगरमा यो भाव स्थायी बन्यो
लोभी एक गधा थियो नजरमा हा दैव गाई बन्यो

 

Continue reading


‘‘कविता’’

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

उही पानी जस्तै सललल बगे हुन्छ कविता
हिंडे बाटो बाङ्गो धुरु धुरु सखे रुन्छ कविता
हिमाली हावाझैं सर सर बहे रम्छ कविता
बने नौनी जस्तै हिम शिखरमा जम्छ कविता

उज्यालो बत्ती हो झलमल हुने घाम कविता
कतै सीता जस्तै जनकपुरमा राम कविता
चमेली बेली हो सरस कविता सार मनको
सबै प्राणी रम्ने पुलकित हुने तार मनको ।

 

Continue reading


एकता –जिन्दावाद

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

मिलेको राम्रो हो मिल मिल सखे भन्छ धनले
गरी हातेमालो चढ़ शिखरमा गन्छ जनले
बनी मौरी हामी पर पर पुगी कोशिस गरी
भरौं खाता हाम्रो रस मह चरी जाँगर भरी ।

अरे मावोवादी सनक अघिको दिक्क बरिलै
गरी लीला आयौ दनक अघिको दिक्क बरिलै
कुमाले एमाले घटक बहुतै काम छ कता ?
हिंडे खोज्दै रोज्दै नगर वनमा दाम छ जता ।

 

Continue reading


लीला

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

लीला यो युगको सुनाउन भनी आयो धरामा गिरी
योगी हो तर ऊ सखे मुलुकमा बस्दैन कानै चिरी
देख्यो यो भवमा अनेक बटुवा जोगी भिखारी धनी
गायो गीत सधैं झुम्यो गजलमा साथी सबैको बनी

लेख्यो धेर कथा व्यथा जगतको लीला अनेकौं पढी
पायो साथ कतै कतै बिरहमा खायो अनेकौं छडी
स्वार्थी हो दुनियाँ बुझ्यो अझ रुझ्यो चाख्यो महाभारत
पायो कष्ट कठै हरे टुहुरियो छोडेन कैले सत

 

Continue reading


‘ब्लक’

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

— ५५ बर्षीय नेहा | बसाइ जर्मनी | एकल | नेपाल कहिलेकाही आउने | प्रकृतिले उनीमाथि अन्याय गर्यो —जीवनसाथी छिट्टै लगिदियो | अनि न्याय पनि गर्यो, उनी यो उमेरमा पनि ३२/३३ झैं देखिने |एउटी छोरी –प्रिया ,उतै | छोरीकै भरमा ,कोही छैन घरमा | मुहार पुस्तिकामा भुल्ने बानी लाग्यो |साथी बने प्रा.डा .राधेश्याम नेपाली | हरेक दिन कुरा हुन थाल्यो | सर्ज़क नेपालीको सिर्जनाको फ्यान बनिन् | थोरै समयमा नेहाको मनमा नेपालीले डेरा जमाए | एक दिन —

 

Continue reading


शिखरमा पुग्दैन पुग्दैन रे

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द

(छन्द कविता)
केही हो कविता सबै शिखरमा पुग्दैन पुग्दैन रे
आत्माको स्वर यो सबै सुरसिलो बन्दैन बन्दैन रे
सुन्दा भावकले जुरुक्क उठने पढ्दा फुरुक्कै हुने
यस्तो हो कविता पिता र जननी सुन्दै र गुन्दै रुने

हो हो त्यो कवि हो बिचित्र छवि हो ऊ ब्यास हो खास हो
हो हो जून उही र हो रवि उही ऊ आश हो सास हो !!
जन्मेकै कवि हुन्छ यो जगतमा चाहेर बन्दैन है !!!!
हल्लाखोर गरी मरी सकसले गाएर बन्दैन है !!!!!!!!!

 

Continue reading


कामना

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

यो नयाँ सालमा देश नेपालमा !!!!
सर्व कल्याण होस् माम होस् थालमा
वाटिका फूलको घुम्न पाए सदा !
प्रीतको जिन्दगी चुम्न पाए सदा !

मान होस् बुद्धको शान होस् शुद्धको
शान्ति होस् बासमा दूर होस् युद्ध त्यो
राम झैँ कृष्णझैं हुन् सबै फूल यी
शान्तिको प्रीतको लौ बनून् मूल यी ।

 

Continue reading


‘तिमी तीर्थ मेरो तिमी धाम मेरो’

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

हरायौ तिमीले जितायौ तिमीले
नबोली नबोली बितायौ तिमीले !
जुधाएर आँखा झुकायौ परेली
लियौ प्राण मेरो जुनेली सहेली ।

परें मख्ख आएँ रमाएर गाएँ
दियौ हात प्यारी समाएर गाएँ
पिलायौ तिमीले सुधाको पियाला
अघाएँ पियारी बने पुष्ट गाला ।

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

यात्रा मिलिजुली गरे, बन्छ हाम्रो देश
ढिलो होला ,तर भरे, बन्छ हाम्रो देश ।

नेपाली नै मसिहा हो नेपालीको निम्ति
भित्रैदेखि लागीपरे, बन्छ हाम्रो देश !

सिर्जनामा मात्र होइन यथार्थमा पनि
गरिबको दुख हरे, बन्छ हाम्रो देश ।

 

Continue reading


इष्टमित्र

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

(गुरुदेव “गोबिन्दराज़ विनोदी “भन्नुहुन्छ”)
म साथी साराको सरल मनका मित्रहरूको
विनोदी प्याराको प्रणय मनका चित्रहरूको
भने आमोदीजी अनलपथमा आउनपर्यो
गिरी मेरा यारा बहर गतिलो गाउनपर्यो ।

बडे क्षेत्री दिल्ली छतिवन गयौं तीन बिरही
भयो यात्रा हाम्रो कलम जगमा चित्त मन दी
बने धेरै आफ्नै भरतपुर आलोकित भयो
बछौली प्यारो भो सनकपुर आलोचित भयो ।

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

गज़ल लेख्ने रहर भए सुन चेली इन्दु
कसैलाई यौटा गुरु चुन चेली इन्दु !!!!!

पैलो शेर मतला हो अन्तिम हो मक्ता
उला-सानी माला जस्तै उन चेली इन्दु ।

शब्द विन्यास गर्दाखेरी झलकोस् सीप तिम्रो
कठोर शब्द दोबाटोमै थुन चेली इन्दु !!

 

Continue reading


गजल

Dhanraj, Giri, Aananda, धनराज गिरी ‘अानन्द’, pallawa, पल्लव

धनराज गिरी ‘अानन्द’

मान्छे राम्रो लागेपछि , अरु तपसिल
अविश्वास भागेपछि, अरु तपसिल !!!!

गाली पनि ताली हुन्छ, झर्के मीठो गीत
हृदयमै दागेपछी , अरु तपसिल !!!!!!!!!

सपनीमा बिपनीमा हरेक निमिषमा
उनैलाई मागेपछि ,अरु तपसिल !!!!

 

Continue reading