*गजल*

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

आईदिन्छन कोही नयनमा, झलमल हाँसो वनेर
गईदिन्छन कोही क्षितिजमा, टलपल आँसु वनेर ।।

आउनु र जानुको नियतीमा, जीवन वगाई खहरे
जलन वीचमा विछोड पीडा, झलझल राँको वनेर ।।

नहर खनाई आसमा सिँचाई, टारीखेत उव्जाउमा
अवरोध अनगिन्ती नहरमा, हलचल बाँझो वनेर ।।

 

Continue reading


“न वाउसे न हली”

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

खेलाउँदै कोदाली, ताछ्दै खेतका आली
सुस्ताउँदै सुसेली, असारे भाका मन खोली
रस रङ्गमा सहेली, हिलो छ्यापाईमा वहेली
डिलवस्छ थकाली, समान न वाउसे न हली ।।

बाउसे रोपार हली,खेतका गह्रा हल्लीखल्ली
आज छ खेत खाली, भोली हुनेछ हरियाली
सन्तोष मन उचाली,गोडमेलमा झार उखेली
जब झुल्छ वाला आली, पवनवीचमा वहेली ।।

 

Continue reading


*गजल*

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

(सन्दर्भ: साईत र रित्तो गाग्री)
भन्ने गर्थे वुढापाका अपसगुन हुन्छ, देखेर रित्तो गाग्री
भन्थे वन्दैन रे काम सोचे आँटेको, हेरेर रित्तो गाग्री ।।

खै के हुने हो आजको दिन साईत, ठीक वेठिक कुन्नी
एकाविहानै जम्का भेट भयो आज, नजरमा रित्तो गाग्री ।।

मान्नु कि नमान्नु विश्वास कि कहावत, के हो राज यस्को
फर्कन्थे वावुवाजे साईत विग्रियो भन्दै, रोकेर रित्तो गाग्री ।।

 

Continue reading


गजल

Dev, Raj, Joshi, देवराज जोशी"खाल्टेली", pallawa, पल्लव

देवराज जोशी”खाल्टेली”

वयल्दै अनौठो हाउभाउमा, रङ्ग देखायो जवानीले
वदलाव तनमा नमिल्ने भयो, भोटो फटायो जवानीले ।।

मिल्दैन कुरो कसै गरे नि, व्यवहार फरक भै गयो
संस्कार सम्बन्ध विरानो, नाता टेड्यायो जवानीले ।।

एकोहोरो पनमा रमाई, गजधम्म आफ्नै पारामा
हाँसिखुशी आफ्नै दमली, हाँसो जगायो जवानीले ।।

 

Continue reading