बग्न मन छ छताछुल्ल हुनेगरी

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

प्रेमको आभासमा जब मन
मृगतृष्णाले छट्पटिन्छ
ओइरो लाग्छन् अनगिन्ती चाहातहरू
आँतमा अङ्कुराएका रहरहरू
कल्पनाको उडान भर्छन्
नयाँ नयाँ पङ्ख टाँसेर रहरभरि
मन बरालिन्छ अचम्मै
अझै छचल्किएर पोखिन खोज्छन्

अनुरागका घडाहरू
हिमताल भरिएर
बाहिरिन बाटो खोजेजस्तै
त्यसैले
भत्काइदिऊँ जस्तै लागेको छ–

 

Continue reading


दूगा तिवारी का बेही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

(दुखेसो मनको)
निकै नहुने खिल अनि दर्द भो जिन्दगी
न यताको न उताको, व्यर्थ भो जिन्दगी
अनुभूतिको सुनौलो क्षितिज मात्र हेर्दा
छुरा झैँ लाग्ने धारिलो कर्द भो जिन्दगी ।।

मुस्कुराउदै छु आज आँसु पिएरै पनि
फाटेको मनका धाँजाहरू सिएरै पनि
सम्झौताको बन्दकी मात्र रै’छ जीवन
बाँड्दैछु सधैं खुसी आफू रित्तिएरै पनि ।।

 

Continue reading


दुर्गा तिवारी केही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिमी मेरो नजिक हरदम खै के सम्झेर आयौ
थियो स्वार्थ केही र यसरी गरी मरिहत्ते धायौ
ढाकौँला मलाई कञ्चन आकाशले झै ठानेथें हेर
झरी बगाउन नयनबाट कालो बादल बनी आयौ ।।

तिम्रै लागि कति पिर गरेँ कति कति धरेँ हेर
नजिक हुन तिम्रो म कति सरें कति गरेँ हेर
बैमानी रैछौ भरोसामा धमिरा लगायौ आज
नबुझेरै आँखामा आँसु भरेँ रुदै खोली तरेँ हेर ।।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

जिएछु आज बिरानो सहरमा
कल्पेर सधै अधुरा रहरमा
पालेका रहर बिख्रेर गएछन
छोडेर मुस्कान तिम्रै अधरमा ।।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga,, Tiwari,, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

तिम्रै छेउछाउ भको आभास गर्दैछु म
होइन! साथैपो छौ भनी दङ पर्दैछु म
मीठो अनुभूतिमै कोल्टे फेरेछु कति प्रहर
सपनिकै भएनी खयालमा रङ भर्दैछु म ।।

मेरै लागि दुई अक्षर केरिदेउ मायाले
नयनमा नयन जुधाई हेरिदेउ मायाले
गरेकिछु अनुभूति प्रेमिल भएझै प्रिय
तिम्रो त्यो अंगालोमा बेरिदेउ मायाले ।।

 

Continue reading


दुर्गा तिवारीका केही मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

सोचनै जब गिरेको छ भने तिम्रो त्यो धाकको के काम
आफ्नैलाई अपमान गरि लगाएको तिम्रो सांखको के काम
पर्दा काम नलाग्नी धन र मर्दा काम नलाग्नी मलामी हजुर
दिन दुखी देख्दा मुन्टो बटार्छ्यौ तिम्रोत्यो लाख के काम।।

अरुले तपाई भनुन नभनुन आफैले मपाइत्यो गाएपछि
मनमा मैलो जति भयपनि बाहिर सुकिलो लाएपछि
जमना तेस्तैको रैछ यहाँ सोझाको त गुन पनि बिक्दैन
जसै तेस्ताको सफलता मिलिहाल्छ चाकडीमा धाएपछी।।

 

Continue reading


दुर्गा तिवारीका मुक्तकहरूः

Durga, Tiwari, दुर्गा तिवारी, pallawa, पल्लव

दुर्गा तिवारी

आफ्नै बोली नबिक्नेके अरुलाइ के बिकाउने यहाँ
आफै संकार भुल्नेले अरुलाई के सिकाउने यहाँ
बाहिर आदर्सका कुरा भित्र अफै खोक्रो भएपनी
उनैछन भेष पाखे भनिआगन्तुक भेष झिकाउने यहाँ ।

फुलबारीमा खोजे प्रिय मनभित्रपो फुल्दै रैछौ
पारी सम्म खोजे प्रिय परेलिमै झुल्दै रैछै
मिठास खोज्दै खोज्दै तिमी मेरै वरपर यहाँ
मनको बगैँचामा प्रिय भमरा भै डुल्दै रैछौ ।

 

Continue reading