‘‘म मूला हूँ’’

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल, pallawa. पल्लव

दुर्गाप्रसाद पोख्रेल

म मूला हूँ
बारीबाट उखालिएको
पानीले पखालिएको
अनि कराहीमा हालिएको ।

म कुनै समाजमा छैन
म कुनै कामकाजमा छैन
म कुनै लोकलाजमा छैन
म मूला
बारीबाट उखालिएको
पधेरानेर ढालिएको
अनि गुन्द्रुकसँग गालिएको ।

 

Continue reading


म यस्ती कविता लेखूँ ???

Durga, Prasad, Pokhrel, दुर्गाप्रसाद पोख्रेल,  pallawa, पल्ल

दुर्गाप्रसाद पोख्रेल

म यस्ती कविता लेखूँ जनले मनले पढोस्
हटेर दुःख आपत्ति सम्पत्ति सबको बढोस्
शव्द चातुर्यले युक्त भाव माधुर्यकी झरी
ती मेरी कविता देख्दा तृप्ति होस् जिन्दगी भरी ।१।

अधुरो जिन्दगी होला मधुरो कविता नहोस्
मधुरो जिन्दगी होला अधुरो कविता नहोस्
जिन्दगी कविता बाँचोस् म बाँचू कवितासँग
नबितोस् स्वप्नको साँझ व्यर्थका रमितासँग ।२।

 

Continue reading