दुर्गाप्रसाद ग्वालटारे का तीन गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

गजल– १,
बिजोग भयो गोठभरि गोबर भएको छ
सफा गर्ने गोठालो नै लोफर भएको छ ।

विश्वासमै ताला- साँचो सुम्पेको हुँ उसलाई
खै के गरुँ आशाहरू सोतर भएको छ ।

चुहिएको डुँगामाथि यात्रा गर्दो छु म
घटुवारे मजाक गर्ने जोकर भएको छ ।

 

Continue reading


कुकुरको पुच्छर

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

त्यसै पनि हेपिन्छ कुकुर
त्यसमा पनि उसको पुच्छर
गनोस् कसले
र, मुल्यवान भनेर भनोस् कसले !

अहँ, किमार्थ !
विचार त होला आआफ्नै शूरको
तर मुल्यवान छ है पुच्छर कुकुरको ।

के थाहा छ यहाँलाई ?
कति तन्काइए र छोडिए
इजरायल र प्यालेस्टाइनहरू –

 

Continue reading


‘भड्खालो’

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

अरू घृणा गर्छन्
तर मलाई मन पर्छ
भड्खालो ।
म सानो छँदा
भड्खालोमा हराएको छु कैयन पटक
भड्खालोमै बस्तुभाउ चराएको छु पटक पटक
जिभ्रोमै झुण्डिएको छ भड्खालोको बयरको स्वाद
भुल्नै सक्दिन पहिलो पटक सुनेको तित्राको आवाज ।
-तीन तारा तित्रिक्क् ।
भड्खालो खेतभन्दा सुन्दर थियो
भड्खालो स्कुलभन्दा स्वतन्त्र थियो ।

 

Continue reading


भो अब म लेख्दिन कविता !

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

समय बोल्नुपर्छ कविताले
बन्द द्वार खोल्नुपर्छ कविताले
खै ?
न त बेलालाई बोल्न सके
न त दैलालाई खोल्न सके
केवल शब्दको रास भो साथी !
म अब लेख्दिन कविता ।
बाधालाई ठेल्नुपर्छ कविताले
अड्चनलाई पेल्नुपर्छ कविताले
तर खै ?

न त पन्छाउन सके बाटाका पहिरा
न त भत्काउन सके नाकाका तगारा
केवल मसीको नास भो साथी !
म अब लेख्दिन कविता ।

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

जब डरै छैन भने स्वयं कालसँग
किन लत्रिनु बन्दुकको नालसँग ।

ठुस्किई राखून् खैराँते गद्दाहरू
प्रेम बसेको छ गुन्द्री र त्रीपालसँग ।

कहिलेसम्म मुसार्छ माझीले मायाँ गर्दै ?
सोधौं त उध्रिएको थोत्रो जाल सँग ।

 

Continue reading


दुर्गाप्रसाद ग्वालटारेका केही मुक्तकहरूः

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

सासै जाला जस्तो हरे ! चर्को ठेलमठेलमा
बरू सहज हुन्थ्यो होला, पस्दाखेरि जेलमा
हवाइजा”जमा उड्नु पर्ने, देखिस् तिरिमिरी
बरू सहज हुन्छ होला, रक्सौलको रेलमा ।

सानो-ठुलो
ठूलो छ एक कणको पनि सानु अंश
ठूलो छ एक अणु सक्दछ पार्न ध्वंस ।
पृथ्वी समेत पनि केबल एक गुच्चा
ठाने त सानु जगतै पनि हो समुच्चा ।।

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

खै किन हो छुस्स झुसे दारी पाल्न थालेको छु
बिटा-बिटा घंगारूका लठ्ठी काट्न थालेको छु ।

नसिकाऊ कहिँ कतै सीमा हुन्छ मर्यादाको
अचेलभरि बुझेर नै सीमा नाघ्न थालेको छु ।

हाँसो हैन मेरो हाँसो, थाहा छ यो तिमीलाई ?
जबर्जस्ती रुन्चे हाँसो खिस्स हाँस्न थालेको छु ।

 

Continue reading


आजित् हुँदैछिन् उनी

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

जन्माईन् अतिकष्टले छिचिमिरा पिडा खपी बेस्सरी
बाँडिन् स्नेह सधैं सबै तरहले सन्तान हुँदो गरी
आमा हुन् धरती समान तर खै सन्तान निस्के खुनी
हेरी ती मतिभ्रस्ट सन्ततिहरू आजित् हुँदैछिन् उनी ।

रोप्थे पीपल बर् समी लहरमा बाटो-किनारा तिर
मुद्दा झैझगडा परे कहिँ कतै मिल्थ्यो त्यहीँ आखिर
कस्को आज कुदृष्टि भो जगतमा मान्छे भए बैगुनी
भोग्दा बेथिति यत्रतत्र बहुतै आजित् हुँदैछिन् उनी ।

 

Continue reading


मोसो पोतिएको समाचार

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आज
अस्वाभाबिक लागिरहेछ
मैलाई मेरा हातका धमनीहरू
मानौं, यी नसा हैनन् शरिरका
र हुन्, पम्पले पानी फाल्दै गरेका पोलिथिन पाइप ।
मेरो अनुहार मजस्तो छैन आज
कहाँ गयो मेरो वास्तविक हुलिया-
गहुँगोरो वर्ण ?
म देखिरहेछु आफ्नै अनुहार
कंकालिनी देवीको जिभ्रोझैं- लाल लाल
साँच्चै अस्वाभाविक ।

 

Continue reading


गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

आशा बग्ने कुलो थियो, किन थुन्यौ मुहानमै ?
जानीजानी गर्‍यौ, या त भयो त्यसै अन्जानमै ?

खर्चिएँछु यो जिन्दगी केबल तिम्रै लागि मात्रै
आधा काव्य लेख्न तिम्रो, आधा तिम्रो बखानमै ।

सपनीमा तिम्रै साथमा, डुल्छु फिर्छु कुरा गर्छु
कहाँकहाँ पुग्छु संगै, उठ्दा हुन्छु ओच्छ्यानमै ।

 

Continue reading


‘प्रश्न’

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

“घरेलु हिंसा न्यूनीकरणमा सासूको भूमिका” बिषयको कार्यशाला गोष्ठीमा करीब दुई दर्जनजति महिला सहभागिहरू थिए । यसमध्ये धेरैजसो विवाहित गृहिणीहरू र केही अविवाहित केटीहरू पनि थिए ।
छलफल चल्दैथियो । आ-आफ्नो जीवन-भोगाइको आधारमा सासुको चित्रण गर्दै पालैपालो धारणा राक्नु पर्ने क्रम आयो ।
“सासू भनेका कृतघ्नी जात हो, जत्ति गरेपनि खुसी राख्न सकिँदैन” भन्दै एउटी अधबैंसे महिलाले आफ्नो कुरा टुङ्ग्याईन् ।

 

Continue reading


दुर्गाप्रसाद ग्वलटारेका जोर गजल

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

गजल– १,
माहुरी भन्दा बच्छ्यूँ धेरै सल्बलाए, चौपटभो
जाँतो भन्दा हातो बढी सक्सकाए, चौपटभो ।

दिन्छु दिन्छु भन्दै ढ्वाङ् फुक्यो उसले मजैसँग
जसले गर्ज्यो उसकै ओठ पो थर्थराए, चौपटभो ।

जिमिदारीमा मोज गरे टाट परे बाबुसाहेप
बाउबाजेको गुठुरी नै टक्टक्याए, चौपटभो ।

 

Continue reading


आलु-बोडी-तामा

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

राजा साहेबको दरबारमा प्राय: मिठोमसिनो नै पाक्ने गर्दछ । झन् आलु-तामाको तरकारी भनेपछि त हुरुक्कै ।

भण्डार कोठामा माटाको भिउँटमा राखेको मग्मग हरक आउने तामा र बाँसको पेरुंगोमा झुण्ड्याएको शैलुङ्ग लेकको आलुको बीचमा बढो गहिरो मित्रता थियो । कसरी लपक्क मिलेर परिवारमा खुसी दिने भनेर बेलाबखतमा कुराकानी गर्दथे उनीहरू । कोठाको कुनामा राखेको डालाको बोडी पनि दुबैसंग मित्रता कायम गर्न पाएकोमा खुसी थियो ।

 

Continue reading


गजल

 

Durga, Prasad, Gwaltare, दुर्गाप्रसाद ग्वालटारे, pallawa, पल्लव,

दुर्गाप्रसाद ग्वालटारे

किनमेल गर्न बजार जानु, करङ्ग सेक्नु परे
संसद भवन गए पुग्छ, नाटक देख्नु परे ।

कोहुन् भन्दै बस्ती–बस्ती, नजाऊ खोजी गर्दै
भेँडी–गोठमा सिधै छिर्नु , जनता हेर्नु परे ।

तालीम लिनु राजनीतिका- पार्टीहरू सँग
कुरै कुरा टेको लगाई, आकास थेग्नु परे ।

 

Continue reading