गजल

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

जसरी सुक्छ चैतमा मूल बिस्तारै बिस्तारै !
त्यसरी हुन्छ बैंसमा भूल बिस्तारै बिस्तारै !!

सायद मेरो तक्दिर यस्तो लेख्योकि भाविले !
हेरेर झर्यौ फुलेको फूल बिस्तारै बिस्तारै !!

पुलमा बसी बगर हेर्दै टिप्पणी गरियो !
सपना थियो भाँचियो पुल बिस्तारै बिस्तारै !!

 

Continue reading


दीपक नेपालका ५० मुक्तक

Deepak, Nepal,, दीपक नेपाल, pallawa, kNnj

दीपक नेपाल

१,
कसैको सामु पीर र चिन्ता सारेर भएन !
दुःख छ भन्दै चाहना सबै मारेर भएन !!
हुनेछ प्राप्ति संघर्ष गर्यौं विगत नभुली !
जीउनु पर्छ जसरी पनी हारेर भएन !!
२,
भौतिक शरीर दिनमा सोह्र घण्टा भएको छ अधीन !
प्रवासमा भने एक साथीले चेहरा बनाऊदै मलिन !!
विलाप गर्दै आफुले आफुलाई धिक्कार्दै अश्रु झारी !
सुनाऊँदै थिए गाऊँमा बाँझो छन् मेरा सारा जमिन !!
३,

 

Continue reading


दीपक नेपालका केही मुक्तकीय ट्रक्राहरूः

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

केहि नसोचि दाँयाबाँया यौवन फुकायौं तिमीले !!
दर्द छर्लङ्ग देखिन्थ्यो आँखामा लुकायौं तिमीले !!
देखेनन् देख्नेले नदेख्नेले चाल पाउदै पाएनन् !
दबाएर मन भित्र नै पिडा अश्रु सुकायौं तिमीले !!

मानव रूपी अजिंङगरको आहार बाट !
देश खोक्रो भैसक्यो भ्रष्टाचार बाट !!
बेथितिहरू पन्छ्याई देश विकास गर्ने !
आस छैन कुर्सी मोह सरकार बाट !!

 

Continue reading


दीपक नेपालका १५ मुक्तक

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

लोकतन्त्र हो सबको बोल्न पाउने हक थियो !
त्यसैले हर सदस्यको मत फरक फरक थियो !!
घरमा न उज्यालो छायो न कोहि स्वास्थ भए !
थिनत श्रीमान डाक्टर छोरा शिक्षक थियो !!

जिन्दगीका सफरहरू सगैं चाल्न शुरू गरूँ !
विश्वासमा खुशीका दियोहरू बाल्न शुरू गरूँ !!
आज सम्म जती गरे हाम्रा लागी गरे अब !
भए बुडा बाआमा हामिले सम्हाल्न शुरू गरूँ !!

 

Continue reading


दीपक नेपालका केही मुक्तकहरूः

 

deepak, nepal, दीपक नेपाल, pallawa, पल्लव

दीपक नेपाल

फरक तरिका दाईजो स्वरूप धन सम्पती गन्छौं !
यो घर सुन्दर त्यो ब्यक्ति धनी आपसमा भन्छौं !!
यो कस्तो बिडम्बना छोरी चेलिहरूको महाशय !
जन्म दिन्छौं हुर्काउछौं फेरी ऊसैको ग्राहक बन्छौं !!

आफु बद्लिएर समाज बदल्नु छ देश रोएको बेला !
भ्रष्टाचारिलाई जरै देखी उखल्नु छ देश रोएको बेला !!
स्वाभिमानको लागी लड्न कदापि नछाडि देशका ति !!
गद्दारहरूलाई सीमापारी धकल्नु छ देश रोएको बेला !!

 

Continue reading