श्रद्धाञ्जली

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

झुल्के घाम भनी भनेर जनले भन्छन् कराईकन ।
बाँड्छन् शीतल चाँदनी शशि खुली फिक्का छ आफ्नै मन ।।
आमा हुन् ममतामयी जगतकी वात्सल्यकी स्वामिनी ।
आत्मा रुन्छ खुदै विलाप दहमा डुब्दो छ आँखा पनि ।।०१।।

छाती ढक्क फुली छ दर्द दिलमा आमा कता छिन् कता ?
लौलौ यो घृतदीप दे अब भनी भन्छन् म जाऊँ कता ??
धर्ती शून्य बन्यो सबै सुख लुक्यो भारी भयो चेतना ।
भाग्यो होस हवास दृष्टि पथमा बड्दै गयो वेदना ।।०२।।

 

Continue reading


दीनानाथ पोख्रेल का जोर कविता

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

१) ‘सुचाल जम्नुपर्दछ’
छ प्रेम देशभक्तिको खुलोस् कला सुधारको ।
छ दण्डहीनता अझै रुँदै छ न्याय भाव त्यो ।।
सुधामयी सुशान्तिको छ मोह नित्य चेतमा ।
विचार भाव हुन् नयाँ सुधार हुन् स्वदेशमा ।।०१।।

उठोस् विचार कर्ममा खुलोस् विकास हारमा ।
रमाउँदै सुप्राप्तिले जुटौँ सबै सुधारमा ।।
सुतीसुती नछाँट रे अह्रोट भन्छ चेतले ।
उठेर लौ नबाझ रे सुप्राप्ति हुन्छ मेलले ।।०२।।

 

Continue reading


‘सुख’

Dinanath, Pokhrel, दीनानाथ पोख्रेल, pallawa. पल्लव

दीनानाथ पोख्रेल

जब सुख घर मिल्ला हाँस्छ मान्छे निदाई ।
सबसित हित नाता गाँस्छ मान्छे मिलाई ।।
परपर सब फ्याँक्दै कष्टका स्रोत छानी ।
रसमय सुख खोज्छन् दिक्क मान्दै नमानी ।।०१।।

जल थल नभ सारा हेर्छ आँखा उघारी ।
असल सडक बढ्दै जोड्छ सद्भ्रान्ति भारी ।।
सब विधि हितकारी मार्गमै देख्छ आँखा ।
विधिवश घर आफ्नै खुल्दछन् शिष्ट भाका ।।०२।।

 

Continue reading