नेपाल जाम बन्द छ

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

बन्द बन्द सधैँ बन्द नेपाल मात्र बन्द छ
यातायात कहाँ हो र ? ओँठ र मुख बन्द छ ।
रोजगारी सदा बन्द प्रेम र राम बन्द छ
अरू त के भनूँ आफ्नै विश्वास जाम बन्द छ ।

साथीमा मित्रता बन्द सद्भाव शील बन्द छ
मुरली आज बज्दैन बाँसुरी ताल बन्द छ ।
बच्चा रुन्छ सदा भोकै आमाको दूध बन्द छ
मल्हम छैन रोगीको डाक्टरी भाव बन्द छ ।।

 

Continue reading


वसन्त पराग

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

(नयाँ वर्षको शुभकामना सहित वसन्तोपहार)
कविका कविता दमदार खुले
नवयौवनका मधुमास फुले ।
रसराग पराग पिए जसरी
मधुमास मनाउँछ दिव्य चरी ।।१

वनका लतिका नव-कोकिलका
अधुरा निमुखा अब लेख्छु कथा ।
कति छन् दिलमा अनमोल खरी
सरिता नव निर्मल नाद परी ।।२

 

Continue reading


बूढीगंगा अब त जाग !

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

बूढीगंगा बग बग तिमी छालमा छाल गन्दै
पाखा बस्ती विकट वनमा चेतना प्रेम भर्दै ।
डोल्मा भन्छिन् मन मन कथा वेदना छन् दुखेका
साक्षी बस्छ्यौ कति दिन तिमी आँसुका मात्र भाका ।।

आशा बोकी जुलु पनि यहाँ घुम्दछिन् मार्तडीमा
तिम्रै बाटो शिर उपरमा चुम्दछिन् शैल छाना ।
कैयौं बाटा सुख र दुखका प्रेमका छन् कहानी
आफै नै छौ करुण दिलकी शील सैपाल रानी ।।

 

Continue reading


बूढीगंगा अब त जाग !

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

बूढीगंगा अब त जाग !
बूढीगंगा बग बग तिमी छालमा छाल गन्दै
पाखा बस्ती विकट वनमा चेतना प्रेम भर्दै ।
डोल्मा भन्छिन् मन मन कथा वेदना छन् दुखेका
साक्षी बस्छ्यौ कतिदिन तिमी आँसुका मात्र भाका ।।

आशाबोकी जुलु पनि यहाँ घुम्दछिन् मार्तडीमा
तिम्रै बाटो शिर उपरमा चुम्दछिन् शैल छाना ।
कैयौं बाटा सुख र दुखका प्रेमका छन् कहानी
आफै नै छौ करुण दिलकी शील सैपाल रानी ।।

 

Continue reading


कवि केशवराज आमोदी र ढुण्डीराज अर्यालका काव्य संवाद:

Keshav, Raj, Aamodi, केशवराज आमोदी, pallawa, पल्लव

केशवराज आमोदी

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

ढुण्डीराज अर्याल
लाखौं स्वप्न सजाएर यात्रामा निस्किएँ जब
यही माटो सुँघी बास्ना फनक्क फर्किएँ तब ।
कुञ्जमा कविता बोल्छन् माधुरी मन्द मोहिनी
चरीका लयमा मस्ती आल्हाद खोज्छु मै पनि ।।
*
केशवराज आमोदी
वनको सपना साँची वनमा रम्न आतुर-
वनमै खुल्छझैं लाग्छ शिव सत्य र सुन्दर ।
हेरे खुल्छ स्वयं आफैं वनको स्वप्न सौरभ
हरियो वनमा नाच्दा अथाह हुन्छ गौरव ।।

 

Continue reading


वैदिक परम्परा र नारी

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

आफ्नै आँगनमा जुही मखमली फुल्छन् बडो प्रेमले
लाखौं प्यार समेट्न सक्छ ममता पूर्वीय संसारले ।
मेरो वेद सुसेल्छ कान्ति लयमा नारी ऋचादर्शिनी
सूर्या मन्त्र उपासिका र ऋषिका हुन् रोमशा शाश्वती ।।

हुन् गार्गी विदुषी समस्त गरिमा शास्त्रार्थ गर्ने जन
नारीकै महिमा छ आर्यकुलमा यी विद्वताका धन ।
मान्छेका गुण बिर्सिदैन युगका ती चेतनाका स्वर
भक्ति ज्ञान विवेक उत्तम कला नारी स्वयं ईश्वर ।।

 

Continue reading


शिशिरको माया मीठो

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

शिशिरको माया मीठो वैशाखको पानी
आरु फुल्न थाले सखा चुलबुले नानी
धर्ती मेरो फुल्ला अब जाडो घट्दै जाला
पियारीको गला राम्रो साइतको माला ।

डाँडाकाँडा रुखासुखा पतझर बेला
वैरागी भै हिडेका छन् मायाकै छ खेला
न्याउलीको न्या हो न्या हो मायालुको आँखा
उजाड नै मीठो लाग्छ शिशिरको पाखा ।

 

Continue reading


ध्रुवसत्य बताइदे !

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

आर्यघाट छ के हाल कति व्यस्त तँ खट्दछस् ?
मान्छेको जुनि यौटे हो जलाइ खाग पार्दछस् ।
ब्रम्हनालसँगै प्राण जिन्दगी रित्तिए पनि
सिङ्गै अस्तित्व माटोमै जीवनी सकिए पनि ।।

न्याय जोख्ने तराजु होस् चितामाथि चढाउँछस्
धनी गरीब जो आओस् लास भन्दै जलाउँछस् ।
के गरिस् पनि सोध्दैनस् चुपचाप डढाउँछस्
सानो ठूलो तँ भन्दैनस् प्रीतिको ज्वार बाल्दछस् ।।

 

Continue reading


नाममा के छ खै ?

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

नाममा के छ खै ? नाम सङ्केत हो
नाम नै कर्म हो कर्म नै राम हो ।
नाममा जीवनी नाममै चिन्तन
कामका पाखुरा नाममा कीर्तन ।।

नामले सृष्टिको दृष्टि नै फेर्दछ
कामले नामको अर्थ पर्गेल्दछ ।
कर्मको धर्म हो नाम अर्थ्याउने
कामले नाममा प्रीति अग्ल्याउने ।।

 

Continue reading


जङ्गलका पात्रहरू

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

कैयौं दिन बिते यस्तै निराशाभित्र छिन्छिन
नौलो कार्य कतै छैन संवृद्धि म त देख्दिन ।
बिहानी राप नै छैन उषा छैन उराठ छ
सूर्यमा कान्ति नै छैन शंकाको अनुहार छ ।।

ऐजेरु जाल बुन्दैछ हाँगा सुक्दै झरे कतै
रुखमा पात नै छैन जरा पत्थरमा कठै ।
सिंह शिकार गर्दैछ लुछाचुँडी छ स्यालको
ब्वाँसाले जिउँदै लुच्छ कल्चौँडो अग्र भागको ।।

 

Continue reading


सम्झेर आफ्नै घर

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

आमाको पटुकी अहा ! हृदयको मातृत्व पोल्टा भरि
साँच्चै सुन्दर चाँदवाग जननी भूस्वर्गकी हुन् परी ।
आफ्नै प्यार सुगन्ध चिन्न नसकी दौडेर कुद्ने पर
साथी फर्क न फर्क देशतिर नै सम्झेर आफ्नै घर ।।

काला ती कनिका मकै मयलका टाला सधैँ खोज्दछन्
थैलीका खुजुरा सुका डबलले ऐश्वर्य सम्झाउँछन् ।
पाक्चे काफल छैन खै मरिसक्यो धारा सुक्यो मास्तिर
साथी फर्क न फर्क देशतिर नै सम्झेर आफ्नै घर ।।

 

Continue reading


शारदी मौसम

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

आऊ आऊ शरद ऋतुको मादमा जून चुम्न
कोशेली छन् सुन झिलझिले टल्किएका बिहान ।
लाली छर्छिन् रमरम सुधा मत्मते मात लाग्ने
मुर्झाएका मन तरुलता जीवनी प्यार जाग्ने ।।

लाखौं तारा सगरभरि छन् चाँदनीका तिलस्मी
मातेकी झैं झुमझुम धरा साँझमा दिव्य रश्मि ।
धर्ती जस्तै अब मखमली फूल गोदावरीमा
बास्ना भर्ने सुललित उषा जादुयी या कलामा ।।

 

Continue reading


नाङ्गै हिडौँ सगौरव

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

छोटा छोटा धुजाधाँजा लुगा लगाउँदा मजा
देखिने भित्र जामामा सुहाउँछ अझै मजा ।
फाटेका छिद्रमा प्वाल आँखीझ्याल कलैकला
स्वतन्त्रता यही नै हो भोगौँ यौवन चञ्चला ।।

पाखेहरू उतै रुन्छन् पखेरा खेतका गरा
डोकेहरू उतै चुम्छन् आदर्श रीतका कुरा ।
ढिँडो र सिस्नुको खोले खानेको बुद्धि के छ र ?
ब्यूटिपार्लरमा थाइ मसाज रुप सुन्दर ।।

 

Continue reading


उपाधि, सम्मान र विभूषण

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

चाहिन्नन् पदवी विभूषण कुनै सम्मानका खातिर
तक्मा सुन्दर स्वर्णका पदकले झुक्दैछ मेरो शिर ।
छैनन् उच्च कला पुरस्कृत कतै खोटो छ रारा पनि
फेवामा किन चाहियो जलपको सन्त्रास लाग्ने जुनी ।।१

आमाको मन खिन्न हुन्छ कसरी थापूँ अलङ्कार म
साँच्चै इज्जत धान्छ के रहरले रुञ्चे कलाकार म ।
लेकाली सुन प्याउली र पसिना फैलाउने ज्ञान खै ?
पाखा पर्वत टारमा पदकका उत्कृष्ट सम्मान खै ?? २

 

Continue reading


श्रीपति कुलगौरव

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

लोकनाथ महापूज्य हुन् श्रुतिधर वाक् मणि
रेश्मिराज तपस्वी र लाटोसाथी शिरोमणि ।
दुर्गाप्रसाद ज्ञाता हुन् काव्यमर्मी सुधाकर
प्रसादी कुलको मात्र त्याग मेरो कहाँ छ र ?१

अर्याल कुलको वंश अर्जै हो मूल थात्थलो
गुल्मेली मर्भुङे पुर्खा श्रीपति घरको बलो ।
खाँबो गाडेर सत्यार्थ लोककल्याणमा सदा
गीताकै दर्शना पुज्ने कर्मशील सु- सर्वदा ।।२

 

Continue reading


ढुण्डीराज अर्यालका जोर कविताः

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

१) हाम्रो शान हाम्रो गौरव
मेरो देश पहाड खोँच छहरा सौन्दर्यको संगम
अग्ला शान बिहानका हिमचुली छन् स्वर्ण झैं चम्चम ।
खुल्छन् चाँद मुसुक्क हाँस्छ हिउँमा संगीत बज्छन् घरि
डाँफे नाच्छ हिमाल हाँस्छ वनमा कालिज हुन् उर्वशी ।१

रारा सुन्दर प्याउली सुनचरी हुन् स्वर्गकी अप्सरा
फोक्सुण्डो घर देश घुम्छ अहिले संकल्पमा कन्दरा ।
फेवामा म छु पोखरा हृदयमा छन् अन्नपूर्णा धुरी
गंगासागर बुन्न खोज्छ मिथिला सद्भावना मञ्जरी ।।२

 

Continue reading


छन्दमा जीवन

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

छन्द जीवनको भाका छन्द नै ब्रम्ह सिर्जना
सुसेलीमा बगेको छ छन्दको लय मूर्च्छना ।
गाउँ पाखा पखेराले छन्दमा गीत गाउँछन्
छन्दमै मुटु फोक्सोले सारेगम बजाउँछन् ।।१

छन्दमा चन्द्रमा घुम्छन् छन्दमै वायुमण्डल
छन्दमा सास फेर्दैछौं जीवनी चाल चल्मल ।
कालिदास यतै घुम्छन् शाकुन्तल सुसाउँछ
छन्दमा भानुभक्तको घाँसी पो गुन्गुनाउँछ ।।२

 

Continue reading


‘काठमाडौं’

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

काठमाडौं तँ होस् पापी स्वार्थी जाली र निष्ठुर
अरूको पसिना सित्तै खाने तँ सुन तस्कर ।
धुलो धुवाँ उडाएर वायुपङ्खी त नर्कट
ढुङ्गा हृदयमा जोड्ने कलाकार तँ कंकट ।।१

ढिलासुस्ती महामस्ती कुम्भकर्ण प्रतीक तँ
हिलाम्मे खेत झैं बाटो ठेक्का दे धान रोप्छु म ।
मेलम्चीको कुलो खन्दै काकाकुल बनेको तँ
दाताको आशमा ढुक्दा झिंगा झैं झोल माथि तँ ।।२

 

Continue reading


‘आमा’

Dhundi, Raj, Aryal, ढुण्डीराज अर्याल, pallawa, पल्लव

ढुण्डीराज अर्याल

आमा हुन् मुटु ढुक्ढुकी हृदयकी निश्वार्थ लेख्ने खरी
आमा हुन् लय गण्डकी मधुरिमा संकल्प धाैलागिरि ।
आमाका पद पाइला मनभरी टाँसेँ र गाँसेँ जब
साँच्चै सुन्दर काखको मधुरता सम्झेर आएँ अब ।।१

स्वप्नामा पनि देख्छु स्नेह ममता पोख्दै हिडेकी तिमी
उज्यालो नहुँदै हिमाल सुषमा लाली बनेकी तिमी ।
मेरो लेक पहाड जङ्गल छटा मुस्कानका माधुरी
आमाकै लय छन्दमा कुसुमका फुल्छन् मुना चाँचरी ।।२

 

Continue reading