स्टाच्यु अफ लिवर्टीमुनिबाट

dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’  , pallawa, पल्लव

डा. घनश्याम ‘परिश्रमी’

तिम्रो उचाइ हेर्दै धेरै तलबाट
नूतन अनुभूतिको तरङ्गमा
महासागर बिचमा ठिङ्ङ उभिएर
मैले प्रतिविम्बमा चलमलाएको देखेँ
एउटा जडवत् सालिक,
ए स्वतन्त्रताकी प्रतिमा !
तिम्रो हातको पुस्तकको नाम के हो ?
तिमीले समातेको मसालको उज्यालो
कसका लागि हो ?
पुँजीवादको हवाला दिँदै
अमेरिका गर्व गर्दछ–

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

निदाउँदै र बिउँझिदै बिताउँदै छु जिन्दगी
समयको राजमार्गमा गुडाउँदै छु जिन्दगी

प्रशस्त मोड छन् यहाँ उकालिने ओरालिने
उतारमा चढावमा हिँडाउँदै छु जिन्दगी

कुनै बखत अचानकै तुफान सक्छ अाउन
समुद्र बीच नाउझैँ बगाउँदै छु जिन्दगी

 

Continue reading


अमेरिका अहा कस्तो !

dr. Ghdr. Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’  , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम ‘परिश्रमी’

अमेरिका अहा कस्तो सफा, शुद्ध मनोहर
संस्कृति छैन जस्तो छ, सभ्यता तर सुन्दर

साना बाटोहरू राम्रा राजमार्ग फराकिला
बाहिर देखिने उस्तै छन् सबै चिज बान्किला

व्यवस्थित सबै बस्ती, प्रकृति क्या हराभरा
सुनिन्छ चिर्बिराएका सङ्गीते ध्वनिमा चरा

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

चाहिन्छ केही बाँच्ने आधारको निमित्त
इच्छा छ गर्ने केही संसारको निमित्त

वास्ता भएन घरको परिवारको निमित्त
उर्जा सक्यौ तिमीले दरबारको निमित्त

हुन् दृष्टिहीन भन्ने थाहा थियो तथापि
ऐना किनेर ल्यायौ उपहारको निमित्त

 

Continue reading


गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

सुनेका कुरा नै सुनायो कसैले
नसुन्दा नसुन्दै सुनेँ आज मैले

न छन् तर्क बलिया न राम्रा प्रमाण
कुरैटेहरू जित्न खोज्छन् कुरैले

फुपूको थियो धन, गरेँ दान भन्दै
दिए सूचना यो मलाई उनैले

 

Continue reading


परिश्रमीका परिचय सहित तीन गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

(एक)
सुनेका कुरा नै सुनायाे कसैले
नसुन्दा नसुन्दै सुनेँ अाज मैले ।

न छन् तर्क बलिया न राम्रा प्रमाण
कुरैटेहरू जित्न खाेज्छन् कुरैले ।

फुपूकाे थियो धन, गरेँ दान भन्दै
दिए सूचना यो मलाई उनैले ।

Continue reading


घनश्याम परिश्रमीका केही हाइकुहरूः

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

निला आँखामा
मैले खोजेको आँसु
सुरा रहेछ

गन्तव्य टाढा
नजिकै देखिँदै छन्
प्रिया प्रकृति

उज्यालो कोठा
कसैले बनाएछ
अँध्यारो दिवा

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

नाफामुखी उनी छन् ठूलो पसल छ उनकै
महँगो गरेर के भो व्यापार चल्छ उनकै ।

कस्तो विडम्बना हो, यस्तै हुँदो रहेछ
पित्तलको खेती गर्छन् सुनचाँदी फल्छ उनकै ।

डेरा गरेर बस्छन् विद्वान बुद्धिजीवी
बुझ्छन् स्वयं किराया भाडामहल छ उनकै ।

 

Continue reading


गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

म राष्ट्रभित्रका कुरा सुनाउँछु
र राष्ट्रवोदको ध्वजा उठाउँछु ।

मलार्इ हुन्न कत्ति दुःख उक्लिन
चढेर उच्च शैलमा रमाउँछु ।

तिमी विदेशियौ कताकता पुग्यौ
स्वदेशभित्र नै मजा म पाउँछु ।

 

Continue reading


गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

बन्दुक समाउँदै छन् बारुद भरेर काेही
छन् ज्ञान दान गर्दै अक्षर छरेर काेही

बाेली मधुर छ जसको, उनलेे अवश्य जित्छन्
पुग्दैन माथि साथी! गाली गरेर काेही

सन्तुष्टि छैन धेरैलाई यो जिन्दगीमा
सुख छैन वारि भन्छन् पारि तरेर काेही

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

आयो विचित्रको यो कस्तो जमाना आयो
जसले इमान बेच्यो उसले इनाम पायो ।

बागडोरको महत्त्व जसलाई थाहा छैन
सारथि भए उनी नै कस्तो विडम्बना यो ।

ज्याला मिलेन भन्दै ज्यामीहरू कराए
मालिक सुनेर नसुनेजस्तो गरी निदायो ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

(मजदुरहरूप्रति समर्पित)
मजदुर हुँ एउटा म बोझा उठाउँदै छु
विक्री गरेर निद्रा पसिना बगाउँदै छु ।

तिम्रो अहित हुने क्यै कहिल्यै गरेँ र मैले
जल्दै म मैन जस्तै जीवन चलाउँदै छु ।

तोरी फल्यो नि मेरै श्रमले गराहरूमा
भो तेल तिम्रो लागि, म पिना सुकाउँदै छु ।

 

Continue reading


परिश्रमीका केही हाइकुहरूः

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

राता राता छन्
जिन्दगीका सपनाहरू
मेरा आँखामा ।

लुकाइराख्छु
मुटुको गोजीभित्र
तिमीलाई म ।

पोखरी ठूलो
पानीको मात्रा थोरै
भ्यागुता मख्ख ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कतै बिगारियो, कतै बनाइयो
उदास चेहरा कतै सजाइयो ।

जरुर कुकर्म हो बुझेर के हुनु
अमृत भनी कतै जहर खुवाइयो ।

चलिरहेछ यस प्रकारकँ प्रथा
कतै रुवाउँदै कतै हँसाइयो ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

भएको छ भन्छौ सुधार
खुसी झन् छ कालो बजार

अँध्यारो हट्यो भन्छ मात्रै
उज्यालो रुँदै बारबार

दिएनन् युवालाई मौका
पुनः भो बुढाकै करार

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

अनुहार सफा मनका काला
होला तिनको कस्तो चाला ।

सिद्धान्त यही लागु छ जगमा
जसले सक्ला उसले खाला ।

देख्दिनँ लाउन लायक कोही
कसका लागि ल्यायौ माला ।

 

Continue reading


मात्रिक बहर गजल

dr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लव

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

घर घर पस्दै छन् सौदागर
तिनकै स्वागत गर्छन् तस्कर

दुनियाँमा किन मालिकसामु
नोकर अझ पनि काँप्छन् थर्थर

प्रश्न अनौठो आयो उनको
कसरी दिन्छौ यसको उत्तर

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कुकर्मको बखान छ
निकै दुखी इमान छ ।

अभद्र जुन छ नायक
उही बडो महान छ ।

छ अन्धकार मस्तमा
तनावमा बिहान छ ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

कहिले प्रसन्न मन यो, कहिले त हुन्छ खिन्न
हुन् मित्र जिन्दगीका सुखदुःख यी अभिन्न ।

गर्दै विरोध चर्को सुल्टा कुराहरूको
उल्टो हिँडेर कहिल्यै गन्तव्यमा पुगिन्न ।

चाहिन्छ ज्ञान व्यापक संसार बुझ्नलाई
सतही बनेर सहजै गहिराइमा डुबिन्न ।

 

Continue reading


बहरबद्ध गजल

dr. Ghdr., Ghanashyam, Neupane, Parishramee, डा. घनश्याम न्याैपाने ‘परिश्रमी’ , pallawa, पल्लवanshyam Parasarimi

डा. घनश्याम न्याैपाने ‘परिश्रमी’

रुँदै छन् आर्त पीडामा
छ को संलग्न सेवामा

सबै सन्तान टाढा छन्
खुसी छैनन् यहाँ आमा

अँध्यारोमा फस्यौँ हामी
उज्यालो छैन आँखामा

 

Continue reading