गजल

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

हाम्रो साहित्यको दियो निभ्ला बन्धू तेल थपौँ।
नत्र हाम्रो जिन्दगी यो निभ्ला बन्धू तेल थपौँ।

ती पूर्खाले आफू बली बाल्दै बाल्दै ल्याइदिए
र पो राम्रो रूप लियो निभ्ला बन्धू तेल थपौँ।

यै दियाको उज्यालोले, विश्वसँग दाँजिएर
अघि बढ्न बाटो दियो निभ्ला बन्धू तेल थपौँ।

 

Continue reading


गजल

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

तिमीले दिएका ती वाचाहरूलाई।
सम्हालेर राख्या’छु आशाहरूलाई।

तिमी आऊ नआऊ त्यो तिम्रो खुशी हो
दिने छैन उठ्नै निराशाहरूलाई।

म बिर्सिदिउँला नि! सपना भनेर
पिरतीका झुटा तमाशाहरूलाई।

 

Continue reading


टेकनारायण रिमाको चार मुक्तक-

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

प्रीतिमा सबथोक जायज़ हुन्छ
त्यो लगनखेलमा सायद हुन्छ
बूढा पुराना अर्तिहरूको
टुडिखेलमा क़वायद हुन्छ ।

पीड़ा देखेर पीड़ा दुख्छन्
पहरा छाती फोरी चुहुन्छन्
निर्दोष निमुखा आँखाहरूमा
आँसू देखेर आँसू रुन्छन् ।

 

Continue reading


नारी

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

(विश्व नारी दिवस विशेष)
नारी तिम्रो सहन क्षमता पृथ्विको तत्व हो कि
हाँसी हाँसी बलि चढिदिने तेजको तत्व हो कि
पानीजस्तै तरल दिलकी पानीकै रूप हौ कि
राम्रै राम्रा गुण प्रकृतिका रूपकी रूप हौ कि।

नारी तिम्रो हृदय रचना खास मौका चुनेर
यौटा भिन्नै स्तर र गुणको तर्जुमा नै रचेर
सिर्ज्यो पक्कै पनि नियतिले शान्ति सम्पूर्णताले
‘आमा’भन्ने मृदुल ममतापूर्ण चोखो छटाले।

 

Continue reading


एउटै इच्छा

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

(१)
इच्छा छैन भनाउँ लेखक ठुलो,प्रख्यात ठूलो कवि
इच्छा छैन मलाइ यो जगतमा देखाउँ राम्रो छवि
इच्छा छैन बुलंद नाम-यशको संसारका-पारका
इच्छा मात्र छ एक पुछ्न म सकूँ आँसू निराधारका।
(२)
इच्छा छैन बढाउँ बैंकहरुमा बैलेन्स पैसा भरी
इच्छा छैन बनाउँ बिल्डिँग ठुला ढुङ्गा कुँदी मर्मरी
इच्छा नै छ सजाउँ जीवन न ता कल्पी कथा प्यारका
इच्छा यत्ति छ नित्य पुछ्न म सकूँ आँसू निराधारका।

 

Continue reading


कौशिकका मुक्तकीय टुक्राहरू

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

पाता फर्काएर कस्न चाहन्छु
गोमन बनेर डस्न चाहन्छु
मेरो देशलाई खँगार्ने पापी
गरिबीको पूरै भस्म चाहन्छु।

त्यागीकन एकोहोरो ढिपी
योजनालाई राम्ररी खिपी
मोती टिप्थेँ कि तहमा डुबे?
खालि पाएँ सतहमा सिपी।

 

Continue reading


रिमालका केही मुक्तकहरूः

Take, Narayan, Rimal, टेकनार्रायण रिमाल , pallawa, पल्लव

टेकनार्रायण रिमाल

ऊँचो हिमाललाई प्यारो नेपाललाई
स्वर सम्राट नारायण गोपाललाई
प्रत्यक्ष देखेझैँ महसूस भयो आज
प्रत्यक्ष देख्दा रामकृष्ण ढकाललाई।

स्वर सरिताको तरंगित ताललाई
राग रागिनीको प्रकम्पित चाललाई
नजिकबाट अनुभूति गर्न पायौँ आज
नजिकै पाउँदा सागर हिमाललाई।

 

Continue reading