जब म जन्मिए,
मेरो आफ्नै जन्म घर थियो ।
खाना खाने किचेन थियो ।
जब म खेल्थे,
मेरो छुट्टै प्ले ग्राउन्ड थियो ।
डुबुल्की मार्न स्विमिङ्ग पुल थियो ।
मेरो बाल भोक बुझ्नेहरु मैले नमागी,
आफू टोक्नै आटेको गाँस सुम्पन्थे ।
मेरो शरिरको जाडो सम्बोधन गर्दै ,
आफ्नो ओडनी ओडाउथे ।
मेरा आखाको अभाव देख्नेहरु,
खल्तीबाट रातो याक निकाली थमाउथे ।