जयदेव गोविन्द का तीन कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

१) नेपाल मेरो घर !!
छानो पर्वत, छाउनी हिमछटा अग्लो चुलीको धुरी
छन् भित्तासरिका अखण्ड पहरा छेकेर आँधीहुरी
माटो लेप लगाउने लिउन हो हो आड झैं पत्थर
थुम्का आट र फाँट आँगन पिँढी, नेपाल मेरो घर !

उठ्छन् दैनिक टाकुरा अभयले सौभाग्य टेवासरि
माया बाँड्छ अरण्यले पथिकमा हावा दिई सर्सरी
गौरी-शङ्कर, बुद्धको, जनकको सिद्धान्त लेख्ने भर
ब्रह्माको अति सिद्धहस्त रचना नेपाल मेरो घर !!

 

Continue reading


प्राकृति संवाद

Jaya, Gobjnda, Nuwakot,  जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द,

जिस्क्याउँदै छन् वक कागलाई –
“तिम्रो छ कालो किन रूप भाइ ?
हाँडी र मोसोसित पोतियौ कि ?
“कालो” मिसेको रङ छर्कियौ कि ।”

बोले चिबे, कोकिल, काग आई-
“पाखण्ड खोक्रो गफ छाड दाइ !
अङ्गार झैं होस् अनुहार कालो
चाहिन्छ भित्री गुणको उज्यालो !!

 

Continue reading


¹तन्द्रा, देश र कविता‘ !!

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

थाकी हरायो कवि कल्पनामा
तन्द्रा उठ्यो सिर्जनको नशामा
मातृत्व बोकी सपना दिएर
“नेपाल” बोलिन् अलि झर्किएर ।

“छोरा ! तिमी चिन्तन मात्र गर्छौ
‘वियोगका दर्शन’ मात्र भर्छौ
चिन्ता लिई धेर मसी नफाल
सङ्ला-उज्याला दिन खोज्न थाल !!

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) आत्मालाप
आहा रहेछ कति सुन्दर जिन्दगी यो
मानौँ पिई नसकिने महको नदी हो
मीठा सुगन्ध नचिनी मरुमा हिँडेछु
आधा उमेर भ्रममै अलमल्लिएछु !!

“जाई-जुही-मखमली” मसितै रहेछन्
सौन्दर्यदायक थुँगा नटिपी झरेछन्
मीठा सुवास मनले नसुँघी गुमेछन्
मोहान्ध झैं नयन यी तममै घुमेछन् !!

 

Continue reading


चिन्तन (भाग:- चार)

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

छानो नै च्यातिएको क्षत महल कुनै ओत राम्रो दिँदैन
नाफाका लागि मात्रै वर घुमिरहने मित्र सच्चा हुँदैन
पानीका दिव्य धारा मरुतिर जसरी पर्नुको अर्थ हुन्न
त्यस्तै बोक्रे महात्मा-सित बहस कुनै गर्नुको अर्थ हुन्न  !

चौतारीमा पुगेको थकित जन चिसो वायुको गर्छ चाह
केही सिक्तै गरेका शिशु गुरुजनका खोज्दछन् “वाहवाह”
ज्ञानी सत्कर्मवादी समयगति बुझी धैर्यले कर्म थाल्छ
आफैंलाई नचिन्ने खल शठ परको दोष मात्रै नियाल्छ  !

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) समय
जति मच्चियो उति बसिन्छ थच्चिई
जति उफ्रियो तल झरिन्छ पोखिई
जति लम्कियो पयर टेक्तछन् छुरा
कति गर्नु यो समय “काल”का कुरा !!

न शरीर नै स्वर-मिजास ढङ्ग छ
न सुहागको महक, योग्य रङ्ग छ
न छ चोल वो चरणछाप पाइला
मन घोचिने समय हो कि यो “किला” ?

 

Continue reading


जीवन, ईश्वर र भ्रम [ भोग : दुई ]

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

प्रभु ! जीवन फूल कि पत्थर हो ?
मृत यो जिउँदो रहने भर हो ?
गुलियो सपना कि त ठक्कर हो ?
कि त यो भ्रमको विष-सोगर हो ?

यदि जीवनको विधि हुन्छ भने
किन जीवन निम्न र उच्च बने ?
जब जन्म हुँदो सम हुन्छ कलो ?
तर भिन्न बने किन ‘भूमि-तलो ?

 

Continue reading


बाल्यस्मृति

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

झसङ्ग पार्दै वय बर्बरायो
“वोर्द्धक्य तेरो नजिकै करायो
निर्धो भए नेत्र, फुले कपाल
टाढा भए बैंस र बाल्यकाल !!”

ओहो ! म बूढो कसरी भएछु ?
फुल्नै नपाई द्रुत वैलिएछु
पाऊँ कहाँ सुन्दर बाल्यवेला ?
के फेरि सानो हुन पाइएला ?

 

Continue reading


मूर्च्छित मानवता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

आफैँ जान्दछ “मर्नुपर्छ सबले निख्रेर नाङ्गै भरे”
धारे होत लगाउँदै मफतमा गर्जिन्छ मान्छे हरे !
औँला पार्छ तनक्क ऊ विवशको निर्देशका खातिर
तेर्सिन्छन् तर चोर उग्र गतिले बन्दै कडा जन्जिर ।।

ताली ठोक्तछ ठेसले सफरमा अल्झेर अर्को लडे
फेदै ढाल्छ खसाल्छ पौरख गरी उक्लेर टुप्पो चढे
खुट्टो तान्छ अगडि लम्किन हिँडे यो कर्म सच्चा गरे
गोही आँसु खसाल्छ तोडन सही तड्पेर कोही मरे ।।

 

Continue reading


जयदेव गोविन्दका जोर गजल

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

बहरबद्ध गजल– १,
कठै जिन्दगी मोह भारी बनायौ
महा-द्वन्दका खेत, बारी बनायौ ।।

हिजो रूपको मूर्ति कुर्दै हराएँ
निहत्था र खोक्रो पुजारी बनायौ ।।

नियात्रा बन्यो जङ्गली झाङ जस्तै
बिलो खोसिएको सिकारी बनायौ ।।

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) प्रणय र आशा
हे हावा ! तँ नचल् न उग्र गतिले ! हल्लिन्छ मेरो मन
तेरो उग्र बहावले अधरको फिक्का भयो चुम्बन
हे हे जून तँ अल्पिदे ग्रहणमा, अर्कै कुनै भागमा
कोठाभित्र उदाउँछिन् जगतकी मेरी प्रिया चन्द्रमा ।।

हे हे भास्कर ! छोपिदे अब उषा, सप्ताहको रात दे
प्यासी “चन्द्र-चकोर”का हृदयमा उन्माद दे मात दे
चढ्दै शैल अनारको फल टिपी खाऔँ अघाऔँ सँगै
एकै सास र एक धड्कन बनी फर्केर आऔँ सँगै ।।

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) धर्ममा लाग मान्छे !!
तपतप जल थोपा जोडिई सिन्धु बन्छ
कणकण कमिलाले खोस्रिई प्वाल खन्छ
मत फरक बनाए शक्ति नै बन्छ फिक्का
दलबल हुल मिल्दा बज्र झैँ बन्छ ढिक्का ।।

हर बखत जराले वृक्षको बोझ लिन्छ
जलधर जल झारी वृष्टि सौगात दिन्छ
अघिपछि नहटेमा सर्न सक्तैन कोही
कठिन इलम एक्लै गर्न सक्तैन कोही ।।

 

Continue reading


राष्ट्रचिन्तन

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

बन्यो निर्धो मेरो अटल घर नेपाल विचरो
लुगा फाटेजस्तै धरधर कठै ! दीन चिथरो
उठे दागा धर्दै प्रतिगमनका तिक्खर टुसा
कुदे बाली फाँडी ‘सलह र बिराला अनि मुसा’ !!

स्वदेशी खाल्डाका जलतिर विदेशी कमल छन्
स्वदेशी बाटाका वरपर विदेशी पसल छन्
घुमे चोटाकोठा पर-मुलुकका रावणहरू
धरा चिर्दै पड्के मफत गुलिया भाषणहरू !!

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) मृत कलम !!
मुलुक छ चिर रोगी ‘औषधी सिद्धिँदै छ
समय गति विभेदी ढङ्गमा हुत्तिँदै छ
वसन डगमगाई लाज खस्तै छ मेरो
किन कलम सुते झैं मौन बस्तै छ मेरो ?

उपरतिर लुतो झैं “चाकरी रोग” लाग्यो
तल विकल गुहारी भन्दछन् “भोक लाग्यो
कदमकदम नाच्छन् घूसका जाल-झेल
किन कलम मरे झैं बन्न लाग्यो अचेल ?

 

Continue reading


जयदेव गोविन्दका तीन कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) बाँचिन्न नेपालमा
आफ्नै वस्त्र फुकाल्नु-पर्छ जगमा नाङ्गाहरूले जिते
कुप्रो झैं हुनुपर्छ राष्ट्रभर नै बाङ्गाहरूले जिते
बोले सत्य छिनाल्नुपर्छ रसना पापिष्ठ सञ्जालमा
सुँघ्दै गोबर “फूल” भन्न नसके बाँचिन्न नेपालमा ।।

बाली नष्ट गराउँछन् सलहले दुर्गन्ध पारी घर
कुर्दै फेद मनुष्य दर्शक बने टुप्पा चढे वानर
सुन्दै मादल नाच्नुपर्दछ यहाँ उफ्रेर बेतालमा
कुर्सीतर्फ झुकेर “ढोग” नगरे बाँचिन्न नेपालमा ।।

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) आत्मकथन
अति निम्न नहोस् अतिसार नहोस्
छल-वञ्चनको व्यवहार नहोस्
तन सक्षम होस् मन निर्मल होस्
शिर उच्च गरी उभिने बल होस् !!

ठिक साधन वा धन तागत हून्
नति, चैन, खुसी, सुख औसत हून्
व्यवहार चलोस् भर जन्म ठिकै
भुज माथि परून् दुखिया नजिकै !!

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) आँसु, शोक र शक्ति
वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि
आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि
रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर
रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।।

रोइन् धर्धर वस्त्रको हरणमा लज्जा झरी द्रोपदी
हान्यो कर्तुतको छडी शकुनिले फैल्याउँदै त्रासदी
उम्ल्यो अग्नि बनेर आँसु रणमा गर्जेर पैँचो तिरी
सारा कौरव मासिए पलकमै घाँटी र छाती चिरी ।।

 

Continue reading


जयदेव गोविन्दका तीन कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) प्राकृत संवाद [भाग तीन]
जिस्क्याउँदै छन् वक कागलाई –
“तिम्रो छ कालो किन रूप भाइ ?
हाँडी र मोसोसित पोतियौ कि ?
“कलो” मिसेको रङ छर्कियौ कि ।”

बोले चिबे, कोकिल, काग आई-
“पाखण्ड खोक्रो गफ छाड दाइ !
अङ्गार झैं होस् अनुहार कालो
चाहिन्छ भित्री गुणको उज्यालो !!

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

१) बाल्यस्मृति
झसङ्ग पार्दै वय बर्बरायो
“वार्द्धक्य तेरो नजिकै करायो
निर्धा भए नेत्र, फुले कपाल
टाढा भए बैंस र बाल्यकाल !!”

ओहो ! म बूढो कसरी भएछु ?
फुल्नै नपाई द्रुत वैलिएछु
पाऊँ कहाँ सुन्दर बाल्यवेला ?
के फेरि सानो हुन पाइएला ?

 

Continue reading


जयदेव गोविन्दका जोर कविता

Jaya, Gobjnda, Nuwakot, जयदेव गोविन्द, pallawa, पल्लव

जयदेव गोविन्द

कविता १, वार्द्धक्य चिन्तन
जुँगा-दाह्री पाके शिर-वदन सेता हुनगए
दुवै गोडा थाके धरमर निहत्थासरि भए
गयो बढ्दै स्वाँस्वाँ लघु कथनमै रुद्ध छ गला
छली भागे टाढा मिलन-सुखका सुन्दर पला ।।

बन्यो ढोकै टाढा कदम पर चाल्नै सकस छ
तुना गाँठो पारी ठिकसित फुकाल्नै सकस छ
भयो साथी लौरो र नजर दुवै धूमिल बने
बने “कन्था” आन्द्रा अनि उदर साह्रो नसहने ।।

 

Continue reading